नयाँनेपाल अनलाईन डटकम/दोहा
शान्ती र लोकतन्त्रको लागि प्रेस स्वतन्त्रताको नारासँगै गत ५ मार्च २००९ का दिन नेपाल पत्रकार महासंघ सर्म्पर्क समिती कतारको दोश्रो साधारण सभा दोहामा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाको प्रमुख आतिथ्य तथा सर्म्पर्क शाखा कतारका सभापति नेत्र खनालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथी नेपाली दुतावास कतारका महामहिम राजदुत डा. र्सर्ुयनाथ मिश्र, एन आर एन ए आईसिसिका सचिव सागर नेपाल,आईसिसिका कतार प्रतिनिधी टि वि कार्की, आईसिसिका सल्लाहकार डा. देवकाजी डंगोल, नेपालवाट पाल्नुभएकी पत्रकार ऋचा शर्मा तिवारी लगायत एनआरएनए एनसिसिका अध्यक्ष कमलमणि गुराँगार्ँइ, नेपाल प्रवासी आदिवासी जनजाती महासंघका अध्यक्ष अमृत गुरुङ्ग, नेपाली जनसर्म्पर्क समितीका अध्यक्ष नरेन्द्र भाट, प्रवासी नेपाली सर्म्पर्क मंचका अध्यक्ष वीर वहादुर थापा, अन्तराष्ट्रिय नेपाली एकता समाजका केन्द्रिय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाली जनप्रगतिशिल मंचका अध्यक्ष जनार्दन गिरी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
कतारमा कार्यरत पत्रकारहरुको साझा संस्थाको रुपमा २००६ मा नेपाल कतार पत्रकार संघको नाममा स्थापना भएको संस्थालाई नेपाल पत्रकार महासंघले आफ्नो आधिकारिक तदर्थ शाखाको रुपमा मान्यता दिए पछि आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथी महासंघका केन्द्रिय अध्यक्ष तथा विशेष अतिथी महामहिम राजदुतले संयुक्त रुपमा व्यानर अनावरण तथा दिप प्रज्वलन गरि गरेका थिए ।
सो कार्यक्रममा शुभकामना मन्तव्य तथा उक्त सर्म्पर्क समितीलाई संवोधन गर्ने क्रममा महासंघका अध्यक्ष झाले नेपाली पत्रकारितामा अत्यन्तैे चुनौतीपर्ुण्ा अवस्थामा रहेको धारणा राख्दै महासंघले चौथो चरणको आन्दोलन शुरु गरेको जानकारी गराउदै आफु सोहि आन्दोलनका क्रममा कतारका पत्रकारहरु माझमा आईपुगेका साथै सो आन्दोलनमा पत्रकार, लेखक, बुद्धिजीवी एवं सम्पर्ुण्ा नागरिक समाजलाई ऐक्यवद्धताको लागि आव्हान गरेका थिए। महासंघको सर्म्पर्क समिती कतारमा स्थापना भएको र यसले महासंघको प्रतिनिधित्व गर्ने कुरा व्यक्त गर्दै यसलाई समाजका अगुवाहरुले निरिक्षण गर्नुपर्ने धारणा राखेका थिए । महासंघको ६० वर्षोर् इतिहासमा प्रेष स्वतन्त्रता, समाज रुपान्तरणका लागि आन्दोलन, लोकतन्त्रका लागि आन्दोलन, जस्ता कार्यलाई प्राथमिकताका साथ गर्दै आईरहेको छ । साथै महासंघले कुनै पनि अधिकारवादी आन्दोलनलाई र्समर्थन गर्दै आईरहेको वताएका छन् । विभिन्न संचारका माध्यममा समाचारलाई राजनितिकरण गर्ने गरेको तर्फसंकेत गर्दै पत्रकारितालाई राजनितिसँग तुलना गर्न नहुने तथा राजनितिलाई पत्रकारीतासँग जोड्न नहुने धारणा राख्दै यसरी जोड्न खोजिएमा दुवै खतरामा पर्न सक्ने धारणा राखेका थिए । पत्रकारिता गर्नु कुनै रहरको पेशा नभएर यो उत्तरदायित्व र जिम्मेवारी भएकोले सम्पर्ुण्ा पत्रकारहरु उत्तरदायि भएर काम गर्नुपर्ने र यसका लागि अनलाईन, व्लग तथा विभिन्न संचार माध्यमले उत्तरदायित्वको भुमिकालाई वहन गर्नुपर्ने धारणा राखेका थिए । पत्रकारिता समाजसँग तालमेल गरेर गर्नुपर्ने धारणा राख्दै जवसम्म जिम्मेवारी भएर पत्रकारिता गर्न सकिदैंन तव सम्म नेपालको पत्रकारिता व्यवसायिक हुन नसक्ने धारणा राखेका थिए । विगतका दिनमा आचारसंहिता भन्दा वाहिर गएर पत्रकारिता गर्ने पत्रकारहरुलाई निलम्वन गरिएको जानकारी गराउदैं नियम विपरित गएर कार्य नगर्न सर्म्पर्क समितीलाई निर्देशन दिएका थिए ।
शुभकामना मन्तव्यकै क्रममा नेपाली राजदुतावास कतारका महामहिम राजदुत डा. र्सर्ुयनाथ मिश्रले पत्रकारहरु उत्तरदायि भएर कार्य गर्नुपर्ने तथा समाज परिवर्तनका लागि महत्वपर्ुण्ा भुमिका खेल्नुपर्ने धारणा राखेका थिए । पत्रकारिता व्यवसाय नभएर पेशा भएको धारणा राख्दै यसलाई मर्यादित वनाएर अघि लानुपर्ने धारणा राखेका थिए । राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारिता र राज्यको तालमेल वन्न सक्यो भने देश विकासमा यसले टेवा पुग्ने उहाँको कथन थियो ।
एनआरएन ए आइसिसिका सचिव सागर नेपालले पत्रकारहरुले साँचो-झुठोलाई समाजको अगाडी राख्ने काम गरेमा यदी कसैले गरेका गल्तीलाई आत्मालोचना र आत्ममुल्यांकन गर्ने मौका पाउँछन् भन्दै यसो गर्न सके समाजमा सुधार हुने आशा व्यक्त गरेका थिए । कतारको ३ लाख नेपालीहरुको विचमा पत्रकार महासंघ सर्म्पर्क समितीले कतारले यही भूमिका निर्वाह गर्ने उनको अपेक्षा थियो । आईसिसिका कतार प्रतिनिधी टि वि कार्कीले पत्रकार माथि भईरहेका हत्या हिंसाको विरोध गर्दै यस्ता अराजक र दण्डहिनताका कार्यलाई रोक्न नेपाल सरकारले तत्काल पहल गनुपर्ने र यसका लागि नेपाल पत्रकार महासंघले दवाव दिनुपर्ने धारणा राखेका थिए । आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष अमृत गुरुङ्गले समावेसी र सन्तुलित समाजपनि अहिलेको आवश्यकता भएको हुनाले सबैलाई समेट्दै, सही र सत्य समाचार सम्प्रेषणको लागि जोड दिए । अहिलेको परिस्थितिमा पत्रकारहरुले राज्यमा भईरहेको अराजकता, पत्रकार तथा पत्रकारितामाथि देशविदेशमा भईरहेको अत्याचार र दमनको विरुद्धमा, पिछडीएका जाती जनजातीहरुको पक्षमा शसक्त आवाज उठाउनुपर्ने कुरामा जोडदिदै अध्यक्ष गुरुङ्गले पत्रकारहरु विच एकताको आवश्यकता रहेको बताए ।
अर्का विशेष अतिथी कतार तदर्थ सर्म्पर्क शाखा कतारलाई नेपाल पत्रकार महासंघसंग आवद्ध गराउन प्रमुख भूमिका निर्वाह गर्नु भएकी पत्रकार ऋचा शर्मा तिवारीले कतारमा कार्यरत् पत्रकारहरुको मेहनत र कार्यको प्रशसा गर्दे पत्रकारिताको भूमिकालाई प्रवासमा अझ शसक्त बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।यसैगरी राष्ट्रको चौथोअंग भनेर भनिने सूचना र संचारकको हक निमोठिएको छ र यसको लागि पत्रकारहरु अव चुपलागेर बस्न हुदैन भन्दै अन्तराष्ट्रिय नेपाली एकता समाजका उपाध्यक्ष तथा कतार नेपाली एकता समाजका केन्द्रिय सल्लाहकार राजेन्द्र श्रेष्ठले देशलाई विखण्डन हुनबाट बचाउन, राजनैतिक दल र नेताहरुसमेतलाई पत्रकारहरुले खवरदारी गर्नुपर्ने करामा जोड दिएका थिए । गैर आवासिय नेपाली संघका अध्यक्ष कमलमणि गुराँगाईले कतारमा कार्यरत पत्रकारहरुले निष्पक्ष रुपमा समाचार सम्पे्रषण गर्दै सवैलाई सुसुचित हुने अधिकारका लागि तथा पत्रकारका हकहितका लागि लड्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा वोल्दै नेपाली जनसर्म्पर्क समितीका अध्यक्ष नरेन्द्र भाटले पनि स्वच्छ पत्रकारिताका माध्यमवाट कतारमा कार्यरत पत्रकारहरु अधि वढ्नुपर्ने धारणा राख्दै सम्पर्ुण्ा प्रवासी नेपालीका समस्या तथा भावनालाई नेपाल पत्रकार महासंघ कतार सर्म्पर्क समितीले समेट्न सक्नु पर्ने धारणा राखेका थए । प्रवासी नेपाली सर्म्पर्क ंचका अध्यक्ष वीर वहादुर थापाले पत्रकारहरुको हकहितका लागि पत्रकारहरुले तरवारका विरुद्ध लड्न तत्पर हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा कान्तिपुर साप्ताहिकका सम्वाददाता श्यामसुन्दर शशी, राजधानी साप्ताहिकका उपसम्पादक दिपक पौडेल, राजधानी सप्ताहिकका प्रबन्ध निर्देशक आशिष शेरचन, लेखक करिम बक्स मिँयाले आफ्नो मन्तव्य राखेका थिए ।
सो साधारणसभाले कुमार कार्कीको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमितीलाई निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा क्रान्ति सिंह, सचिव तिलविक्रम थेबे, सह सचिव सरोज बास्तोला, कोषाध्यक्ष भुपति भट्टर्राई, सदस्यहरु ः स्वयम्वर सिंह लामा, कृष्ण बहादुर सुनार, रबि भट्ट रोषी र करिम बक्स मिँया रहनुभएको भने महासंघको विधान वमोजिम निवर्तमान अध्यक्ष नेत्र खनाललाई सल्लाहकार समितीमा चयन गरेकोे छ ।
अध्यक्ष, सचिव, सहसचिव कोषाध्यक्ष तथा सदस्य पदका लागि र्सबसहमतिबाट निर्विरोध चयन गरिएको थियो भने उपाध्यक्ष पदको लागि सहभागी प्रतिनिधीहरुले मतदान गरेका थिए । उक्त चुनावमा दर्ुइजना उमेदवारको प्रतिस्पर्धामा उमेदवार भोजराज श्रेष्ठ अर्का उम्मेद्धार क्रान्ति सिंहबाट पराजित भएका थिए।
Subscribe to:
Comments (Atom)
