हिंड्दा हिंड्दै तिमी धेरै थाकेपछी भेट भयो
मैले खुशी अरुसँग साटेपछी भेट भयो
हात थामी हिंडसँगै भनौं आफु अन्तै पुग्ने
एक्लै छोडि निर्दयी झैं बनौं मेरो मन दुख्ने
दोबाटो यो छुट्टीनै पो आँटेपछी भेट भयो
मैले खुशी अरुसँग साटेपछी भेट भयो
तिम्रो पीडा हेर्दा-हेर्दै रोएँछु म थाहा छैन
तिमी अझै दुखी होउ मेरो कुनै चाह छैन
नजिकै छौं किनरा झैं फाटेपछी भेट भयो
मैले खुशी अरुसँग साटेपछी भेट भयो
Dalbir Singh Baraili 'Ghayal'
Abudhabi ,UAE
Sunday, November 14, 2010
Subscribe to:
Comments (Atom)
