Wednesday, December 10, 2008

१८ डिसेम्बरमा विश्व आप्रवासन दिवस मनाउने तयारी

नेपालमा विगतका वषहरु झै यस वर्षपनि आप्रवासन दिवस सप्ताहव्यापी रुपमा यहि डिसेम्बर ११ देखि १८ सम्म मनाइने भएको छ । यस वर्षभने सरकारी र गैरसरकारी सबै पक्षहरु एकै साथ साझा रुपमा सो कार्यक्रम मनाउने तयारीमा रहेका छन् ।
सो कार्यक्म अर्न्तगत सबै साझेदार संस्थाहरु एवं सरकारी ,गैरसरकारी संस्थाहरुले पनि यस कार्यक्ममा ऐक्यवद्धता जनाउने भएका छन् ।
उक्त कार्यक्रमको क्रममा प्रेस विज्ञप्ती निकाल्ने , र्‍याली , मिडिया जागरण र हस्ताक्षर संकलन गर्ने , विभिन्न फोटो पर््रदशनी गर्ने रहेको छ । त्यसै गरि प्रधानमन्त्री वा श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने , निति निर्माता र कामदारहरु बीच अर्न्तक्रिया गर्ने ,यो कार्यक्म धरान , खोटाङ्ग,पोखरा र दाङ्ग जिल्लाहरुमा सडक नाटक जनचेतना जगाउनका लागी देखाइने , त्यसै गरि वैदेशिक रोजगारबाट फर्केर आउनेलाई स्वागत र काम गर्न जानेहरुलाई विदाई गरिने कार्यक्रम समेत रहेको पिपुल फोरमका अध्यक्ष सोम लँुइटेलले बताउनुभयो ।
त्यसै गरि १८ डिसेम्बरमा श्रम मन्त्रीबाट शभकामना कार्यक्रम सरकारी र गैरसरकारी संस्थाहरुको सयक्त आयोजनामा गरिने भएको त्यसै गरि सरकारी तवरले भने विभिन्न र्‍याली र यस सम्बन्धी प्रेस विज्ञप्ती निकाल्ने भएको छ ,सरकारले मात्र गर्ने भनिएता पनि यसमा सञ्जालको पनि संलग्नता रहने बताइएको छ ।
विश्वमा आप्रवासी कामदारहरु ८ करोड ६० लाख रहेका छन् भने आप्रवासी मात्र पनि १९ करोड १० लाख रहको र त्यसै गरि संयुक्त अरब इमरेट्समा ७३.८ प्रतिशत , कुवेतमा ५१.९ प्रतिशत ,जोर्डनमा ३५.७ प्रतिशत रहेको र २०६५ असार मसान्त सम्म नेपाली कामदारको संख्या १२०४९३७ रहेको र व्रि्रेषण १ खर्ब २ अर्ब ४० करोड भएको र करिब १०७ देशमा काम गर्नका लागी खुल्ल्ाा गरिएका तंथ्याकमा दिइएको छ ।नेपालले सन् २००२ देखि नै विश्व आप्रवासन दिवस मनाउदै आएको छ ।

स्ववियु निर्वाचन प्रणाली परिर्वतन हुने तयारीमा

वि.स २०३६ सालदेखि लगातार एउटै निर्वाचन प्रणाली अर्न्तगत चलेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रणाली को ढाँचा परिर्वतन हुने तयारीमा रहेको छ । यो अब बन्ने निर्वाचन प्रणाली पनि देशको निर्वाचन प्रणाली जस्तै पुरा समानुपातिक , पुरा मिश्रति ,पुरा प्रत्यक्ष रुपमा बनाउने योजना रहेको र यसलाई त्रि.वि सभामा पारित गरिएमा मात्र यो नियम लाग हुने त्रिभवन विश्वविद्यालय विधान मस्यौदा समितिको सदस्य मुनेन्द प्रसाद अवस्थीले जानकारी दिनुभयो ।
चालु निर्वाचन प्रणालीमा स्ववियुले नै क्याम्पस प्रशासन चलाउने भएकोले ,यसले गर्दा क्याम्पस प्रशासनमा बढि भष्टाचार हुने , क्याम्पसका तीन किसिमका प्रणाली शिक्षक, विद्यार्थी , प्रशासन मध्ये यसमा बढि भुमिका स्ववियुको भएकोले र अरु भने ओझेलमा पर्ने भएकोले पनि ,यस प्रथालाई निरुत्साही गर्नपर्ने र यसले बढि भष्ट्राचार बढने र यसबाट फाइदा बढि लिने तिर ध्यान गएकोेले नै यसबाट एउटा नकारात्मक नेतृत्वको उदय भएकोले यो एउटा विकराल समस्या बनेको र त्यसमा पनि स्ववियुको निर्वाचन प्रणालीमा नै समस्या भएकोले यसलाई परिर्वतन गर्न पर्ने भएकोले यो परिर्वतन हुन लागेको पनि अवस्थीले बताउनुभयो ।
उहँाले भन्नुभयो “विद्यार्थी संगठनमा समानपातिक प्रणाली बनाएमा यसले विद्यार्थी राजनितिमा दुरगामी असर पार्ने भएकोले विद्यार्थी संगठनलाई नै निर्वाचन गर्न दिनर्ुपर्छ र यसको नियम ,ऐन बनाएर सम्बोधन गर्ने काम पनि त्रिवि सभाको नै भएको बताउनुभयो “।
उक्त वैठकमा नेविसंघका प्रतिनिधिले भने प्रत्यक्ष मा चुनाव गर्ने र वर्तमान प्रणालीमा सुधार गर्नेपर्ने धाराणा अघि सारेका छन् भने अनेरास्ववियु र क्रान्तिकारी विद्यार्थी सगंठनका पदाधिकारीहरुले समानु पातिक निर्वाचन प्रणाली मा जानपर्ने त्यस भित्र काउन्सील राख्न पर्ने धारणा व्यक्त गरेका छन ् ।
फरक फरक मत आएकोले यस प्रकृयामा पन विचार गर्नकालागी आठ विद्यार्थी संगठन र त्रि.वि सभाका पदाधिकारीहरु वीच पुनः आइतवार बैठक बस्ने त्रि.वि विधान मस्यौदा समितिका सदस्य अवस्थीले जानकारी दिनुभयो ।आज भएको वैठकमा विभिन्न आठ विद्यार्थी संगठनका नेताहरु बीच यो समस्याको निक्र्यौल हुन नसकेपछि वैठक पुनः आइतबार बस्ने भएको छ ।

Tuesday, December 9, 2008

ढुङ्गाको देवता


ढुङ्गाको देवता
धेरै गरेँ तिम्रो निम्ति
त्यो ढुङ्गाको पूजा
सबै कष्ट हरण गर्ने भगवान सम्झेर
तर जीवनमा पीडा मात्र पाएँ
त्यसैले त म भन्छु
तथाकथित भगवान्
ढुङ्गा पो रहेछ

ढुङ्गा न हो
कसैले पुज्दैमा देवता बन्छ
न मन छ न बिश्वास छ
एक टक सिन्दुर औँलामा औँठी अनि,
गलामा माला लगाउँदैमा,
दुई मनको बिहे कहाँ हन्छ
यदि त्यँहा बिश्वास र प्रेम नै छैन भने
अनि,
सारा भगवान् साक्षी राखेर गरेको
त्यो पवित्र बिहेको के महत्व
त्यसैले त म भन्छु
सँधै दुख सहने हो भने
त्यो भगवानको के महत्व

तिम्रो साथ

मैले जीवन खोज्दा
तिमीलाई पाउने आशामा
आत्मीय साथहरु गुमाएँ
प्यारा रातहरु गुमाएँ
मिलनको मीठो क्षण पनि
मेरो लागि तीतो साबित भयो
तिमीसँग हाँस्न खोज्दा
आँसु बाहेक केही पाइँन
म पल-पल रोइरहेँ
नितान्त एक्लो
मेरो भागमा
बेदना बाहेक केही परेन।

मेरो जस्तो मन, तिम्रो पनि भए

मेरो जस्तो मन,
तिम्रो पनि भए
कति राम्रो हुन्थ्यो होला
बिछोड पछि मिलनको आश
बाँकी नै रहन्थ्यो होला
व्यर्थै लाएँछु माया मैले
पत्थरको हृदयसँग
बुनेका सपना लत्याई हिँड्ने
अन्जान अपरिचित यात्रीसँग
नौलो सगरमा
तिमीसँगै अकासीने आकांक्षा थियो
मायाको बन्धन,
पिरतीका कसम
घृणाको हुरीले उडाई लग्यो

घुस विना अदालति न्याय सम्वभ छ ?

के तपाई अदालती कामको शुरुवात गर्दै हुनुहन्छ ,त्यसो भए आर्थिक अवस्था कस्तो छ तपाइँको ,बलियो छ भने मुद्दा लडनुहोला नत्र कमजोर भए त मुद्दा लडने कुराको कल्पना पनि नर्गनुस् । थाहा छ तपाइलाई मुद्दा लडन त्यति सजिलो छैन, धेरै वर्षलाग्न सक्दछ मुद्दा छिन्नका लागि त्यसो त न्याय पाउनका लागि धेरै खर्च गर्नु पर्छ यहाँ । न्याय त्यति सजिलै कहाँ पाइन्छ , मोटो रकम तिर्नु पर्छ , नपत्याए नेपालको अदालतमा गएर हेर्नुहोला ।
भर्खरै मात्र मेरो एक साथीले अदालतमा मुद्दा लडन् शरुवात गरेकी छिन । सरकारी काम कहिले जाला घाम भने जस्तै ,यँहा एउटा मुद्दाको फाइल एउटा विभाग बाट अर्को विभागमा वा जिल्ला अदालबाट पुनरावेदनमा पठाउनका लागि पनि अदालतका कर्मचारीहरु ग्राहकबाट चिया खर्च पैंसा उठाएर मात्र काम गर्ने गर्दछन् । नत्र त्यो फाइल अर्को विभागमा र्सर्दैन ,अनि बुझनहोला त्यो फाइलले पैसा खोजेको छ, अनि मात्र एकछिनमा त्यो काम हुन्छ । त्यसो त वकिलहरु पनि यस्ता कार्यबाट विमुख नभएका होइनन् । उनीहरु नै आफना ग्राहकहरुलाई त्यस कार्य तर्फअग्रसर गराँउदा रहेछन् । एक जना वकिलले भने “के गर्ने यसो नगरी काम हदैन “, हुन त सुनेको छ मैले वकिल र न्यायधिश मिलेर पनि फैसला आफनो पक्षमा पार्न सक्छन् पैंसाको भरमा यो अदालत अडेको छ यँहा ।
मेरी ती साथीले विपक्षीको घरमा म्याद पठाउनका लागि म्यादवालालाई भन्न गइन ,त्यो म्यादवालाले त्यो म्याद नै हराएको बताएछन् , अनि वकिलले ग्राहकलाई म्यादवालालाई केहि खर्च दिनुस भनेर भनेछन् ,उनले सोहि अनुरुप म्यालवालालाई अदालमा नै, करिब रु ६०० मा बल्ल बल्ल मिलाएर तिरेर त्यो म्यादवालालाई विपक्षीको घरमा म्याद बुझाउन पठाएकी थिइन ।
यहाँ असहाय ,पिडित महिलाहरुलाई विभिन्न संघसस्थाहरुले सहायता गर्ने नाममा मोटो पैसा असुली गरिहरको पाइएको छ ।मेरी ती मित्रलाई एउटा नाम कहलिएको संस्थाको महिला वकिलले केवल एउटा मुद्दा को वयानको आधारमा मुद्दा लेखेको मात्र ती वकिलले रु ६००० को माग गरेकि रहिछन् ,त्यसो त उनले त्यहाँबाट मुद्दा दर्ता गरेर लडेकि पनि होइनन र केवल मुद्दा लेखाएकी मात्र रहिछ्न । उनको कमजोर आर्थीक अवस्थाको कारण बाट उनले त्यहाँ बाट मुद्दा लडिनन् । उनले कसरी ६००० पैसा लाग्यो भन्दा वकिलले त्यो त मेरो मुद्दा लेखेको रकम हो यदि तपाइलाई यहँा बाट काम गर्न मन छैन भने मलाई ६००० तिर्नुहोस् र जानुहोस भनिछन् । तर ती साथीले अहिले आएर तपाँइले यसो भन्ने पहिला किन निशुल्क हन्छ भनेर तपाइको हाकिमले भनेको भन्दा त्यो मलाई थाहा छैन तर मैले बयान लेखेको र २ वर्षेखि तपाईसँग परामर्श गरेको रकम हो भन्न पछि परिनन् । त्यसो त उनीहरु मानिसहरुको आर्थीक अवस्था हेरी हेरी रकम असुल गर्ने गर्दछन् । राजधानीमा यस्ता धेरै संघसस्थाहरु छन् जसले नेपालमा विदेशी रकम चपाएर बहस गर्छ भन्दै मोटो रकम असल्ने गर्दछन् र न्यायको नाममा असमानता र अन्याय गर्ने गर्दछन् ।
त्यसरी नेपालको अदालतले यहाँको कमजोर आर्थिक अवस्थाको मानिसहरुको शोषण गररहेको छ । अदालत त्यो ठाँउ हो जँहा वकिलको तहको व्यक्ति देखि न्यायधिशहरु समेत भष्टाचारीको रुपमा रहेका हन्छन् भने यिनीहरुले के न्याय देलान त सोच्नु पर्ने देखिन्छ ।

एउटा जीवन म

एउटा अभिशप्त जीवन
असफल मोडहरुमा भौँतारिरहेको
तीखा काँडाहरुको घोचाइले रक्ताम्य पारेको
एउटा जीवन म ।।।
उजाडिएको र एकलासको
कैयौँ साथ बीच एक्लिएको
गतिहिन जीवन व्यतित गरिरहेको
एउटा जीवन म ।।।
अन्जान अपरिचित धमिला छाँयाहरूलाई
आफ्नै जस्तो ठान्ने यो मन
पराजित मानसिकता बोकी
लक्ष्य विहिन यात्रा गर्ने
एउटा जीवन म ।।।
मन भित्र उप्किएका घाउहरूलाई
चाहेर पनि मलम लगाउन नसकी
उल्टै व्यथा सहेर बाचेको र्घाईते
एउटा जीवन म ।।।

Reecha Sharma Tiwari

जिवन एउटा कथा रहेछ ।

जिवन एउटा कथा रहेछ ।
ितमी र म यसका पात्र
कतै दु:ख कतै सुख
िनयतीहरु िजवनका
भॊगाइहरु आ−आफनै ।
हरेक मॊडमा
हरेक मुहार
ितमी जसतै
लागछ उसतै
िकन मलाइ ?
समयकॊ खेल हॊ
ितमी र हामी
संयॊगले भेट भएकौ िथयौ
यी जीवनका मॊडहरुमा
माया िपरती लाएका िथयौ
सँगै बाचने कसम खाएका िथयौ
तर अफ़सोस ित सबै कथा भए
तयसैले लागछ आज
िजवन एउटा अपुणॅ कथा रहेछ ।

ऋचा ितवारी
यो मेरो पहिलो प्रयास युिनकोड़मा कविता लेखन कायॅ हो ।

Monday, December 8, 2008

इराक पठाउने मानव तस्कर गिरोहमा नेपालीको संलग्नता

नेपाल सरकारले इराक, अफगानिस्तानजस्ता मुलुकहरूमा रोजगारीकालागि कामदार पठाउन प्रतिबन्ध लगाए पनि नेपालबाट महंगो मूल्य असुल गरी जोखिमपूर्ण काम गर्न इराक पठाउने एक गिरोह दुबइमा जनप्रगतिशील मञ्च यूएइ च्याप्टरले पत्ता लगाई आम नागरिकका सामू र्सार्वजनिक गरेकोछ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीका भातृ संगठन जनप्रगतिशील मञ्च यूएइ च्याप्टरले ‘भी टु’ नाम दिई मिशन तयार पारी दुइ महिनाको अथक प्रयासबाट उक्त गिरोहलाई र्सार्वजनिक गर्न सफल भएको हो । मञ्चका केन्द्रिय अध्यक्ष दिपक बोहोरा, केन्द्रिय सदस्य दिपक बानीया, र क्षेत्रिय उपाध्यक्ष राजु रोक्काले उक्त मिशनको बारेमा स्पष्ट पार्नुभएको थियो । मञ्चले त्यस गिरोहले टी वन, टी टु, सेटिंग, भिसा आउटजस्ता कोड पनि प्रयोग गर्ने गरेको रहस्य खोलेकोछ ।
इराक अति नै जोखिमपूर्ण अवस्थाको मुलुक भए पनि यो मानव तस्कर गिरोहले सोझासाझा नेपालीहरूबाट ठूलो रकम अँठ्याई उनीहरूलाई केही वर्षदेखि दुबइ र शारजाह हुँदै इराक पठाउने कार्य गर्दे आएको उक्त गिरोहमा संलग्न शंकर बोगटीले स्वीकार गरेकोछ ।
जनप्रगतिशील मञ्च यूएइ च्याप्टरले नेेपाली राजदूतावासका प्रथम सचिव प्रकाशमणि पौडेलको उपस्थितिमा एक पत्रकार सम्मेलन गरी उक्त गिरोहका व्यक्तिहरूलाई आमुन्ने सामुन्ने गर्राई कसुर स्वीकार गर्न लगाएको थियो । पत्रकारहरूले सोधेका प्रश्नहरूको उत्तर दिंदै मानव तस्कर गिरोहमा संलग्न गोरखा पालुङटार घर भई हाल यूएइमा कार्यरत दामोदर गिरीले आफूले १०० जनाभन्दा बढी नेपाली कामदार इराक पठाएको स्वीकार गरे । उनले भनेका छन्- एक जना व्यक्तिसित दुइदेखि अर्ढाई लाख नेरूसम्म लिने गरिएकोछ ।
त्यस्तै त्यस गिरोहका अर्का सदस्य शंकर बोगटीले आफूले दुइ वर्षदेखि यो मानव तस्करजस्तो अपराध कार्य गरेको स्वीकार गर्दै दुइदेखि तीन सयको संख्यामा नेपालीहरू इराक पठाएको बताएकाछन् ।
जनप्रगतिशील मञ्च यूएइले गए मंगलबार बिहान ६ बजे नै दुबइबाट २०० किलोमिटर टाढा राशलखेमाको एक बस्तीमा इराक जाने युवाहरूलाई लुकाएर राखिएको घरलाई आफ्नो घेरामा लिई उक्त गिरोहका केही व्यक्तिहरूलाई समेत आफ्नो नियन्त्रणमा लिएकाथिए । यसपछि उनीहरूलाई दुबइको एभरेष्ट इन्टरनेशनल होटलमा ल्याई एक पत्रकार सम्मेलन गरी स्थिति र्सार्वजनिक गरेको थियो ।
उक्त मानव तस्करी गिरोहमा लागेका पत्रकार नारायण लम्साललाईसमेत उक्त मञ्चले पत्रकार सम्मेलनमा बोलाई आफ्नो कसुर स्वयं जाहेर गर्न आग्रह गरेपछि नारायण लम्सालले माफी माग्दै आफूलाई सुधार गर्ने प्रतिबद्धता जाहेर गरे । नेपाल टेलिभिजनमा हेलो नेपाल कार्यक्रमका लगानीकर्ता लम्सालजस्तो व्यक्तिलाई पत्रकार महासंघले कार्यवाही गरिने कुरा महासंघ यूएइ सम्पर्क शाखाका अध्यक्ष जाकिर हुसैनले बताए ।
राजदूतावासका प्रतिनिधिको उपस्थितिमा मञ्चका कार्यकर्ता र पत्रकारहरूले सोधपूछ गरेपछि तस्कर गिरोहका ती व्यक्तिहरूले यूएइ र नेपालमा रहेका केही दलालहरूको नाम बताएका थिए । तत्कालै ती व्यक्तिहरूसित सम्पर्क हुन नसकेपछि मञ्चले केही दिनभित्र उक्त व्यक्तिहरूलाई यसरी नै पत्रकारहरूमाझ ल्याई आफ्नो अपराध स्वीकार गर्न लगाएर कार्यवाही गराउने जनप्रगतिशील मञ्चका सल्लाहकार दुर्गादत्त पोख्रेलले बताउनुभएकोछ ।
राजदूतावासका प्रतिनिधिको उपस्थितिमा मञ्चका कार्यकर्ता र पत्रकारहरूले सोधपूछ गरेपछि तस्कर गिरोहका ती व्यक्तिहरूले यूएइ र नेपालमा रहेका केही दलालहरूको नाम बताएका थिए । तत्कालै ती व्यक्तिहरूसित सर्म्पर्क हुन नसकेपछि मञ्चले केही दिनभित्र उक्त व्यक्तिहरूलाई यसरी नै पत्रकारहरूमाझ ल्याई आफ्नो अपराध स्वीकार गर्न लगाएर कार्यवाही गराउने जनप्रगतिशील मञ्चका सदस्य दीपक बानियाँले बताउनुभएकोछ ।
तस्कर गिरोहका यी सदस्यहरूले यूएइमा आफूहरूसमेत, राजन खतिवडा, बिष्णु पाण्डे (चितवन), तेज आचार्य, नरेन्द्र पौडेल (झापा), कृष्ण आचार्य, टेकराज भण्डारी (हाल काठमाडौं), कुमार बुढाथोकी, इन्द्र काफ्ले, इन्द्र थापा, बिष्णु पाण्डे, रबिन्द्र आदि व्यक्तिहरु सक्रिय रहेको बताएकाछन् ।
त्यस्तै र्सार्वजनिक गरिएका यी व्यक्तिहरु र इराक जान आएका पाँज नजा युवालाई सोधपूछ गर्दा नेपालमा यस गिरोहसँग दिनेश अर्याल (मोबाइल नं. ९८५११०१८८३), सुरेश पौडेल (मो. ९८४१९८५१५), गणेश कटवाल, (सराङकोट-२) पोखराका नेत्रबहादुर थापा (मो. ९८०४१३२६३३), सराङकोट पोखरा-४ का शेरबहादुर थापा (मो. ९८४६०२३२२४), बुद्धनगर चितवनका राम कुंवर (मों. ९८५५०५६०२२), बाग्लुङका कृष्णबहादुर पुन, क्षितिज म्यानपावर कम्पनीमा काम गर्ने सतिस क्षेत्री (मो. ९८५१०८५८२९), टेकबहादुर थापा, जोनी थापा (मो. ९८४१५८८५), नारायण ढुंगाना (मो. ९८४१३५३२५७), सुरेश पौडेल (मो. ९८४१७१५९८), शर्मिला घिसिङ (मो. ९८४१४९६४१८), बर्दियाका गणेश कटवाल (मो. ९८५११०८५४९) सक्रिय रहेको बुझिएकोछ ।
यस गिरोहले नेपाली मात्र होइन अन्य दक्षिण एसियाली मुलुकका मानिसहरुलाईसमेत इराकजस्तो जोखिमपूर्ण मुलुकमा पठाउने कार्य गरेकोछ । इराक जान भनी ल्याइएका ती युवाहरूका अनुसार केही दिनअघि उनीहरूले केही श्रीलंकन युवाहरूलाईसमेत इराक पठाएका थिए । यस गिरोहसँग भारतीय, इजिप्सियन, फिलिपिनी, अरबी र ब्रिटिश नागरिकहरूको समेत संलग्नता रहेको दामोदर गिरीले बताएकाछन् । उनले इराकमा टेकराज भण्डारी भन्ने मानव तस्कर दलालसँग आफ्नो सम्पर्क रहेको बताए ।
जनप्रगतिशील मञ्चले राशल खेमाको एक बस्तीमा लुकाएर राखिएका एक सय जनाभन्दा बढी युवामध्ये पाँच जनालाई पत्रकार सम्मेलनमा बोलाएका थिए । पत्रकार सम्मेलनमा उपस्थित इराक जान यूएइ आएका सराङकोट पोखराका लोकबहादुर भुजेल, शुक्रनगर-२ चितवनका गंगाबहादुर रिमाल, कल्याणपुर-२ नुवाकोटका रबिन खडका, बिराटनगर-६ बिजुली अफिसका नारायणनन्द पुरी, पोखरा-६ लेकसाइडका विवेक अधिकारीका अनुसार उनीहरूले प्रतिव्यक्ति दुइ लाख पचास हजारदेखि दुइ लाख साठी हजारसम्म बुझाएर आएका छन् । तर, शंकर बोगटीले इराक जाने युवाहरूले सरदर पाँच सयदेखि पाँच सय पचास डलरसम्म तलब पाउने र उनीहरूसित नेरु दुइ लाख जति उठाउने गरेको बताए । उनले दुबईस्थित प्राइम प्रोजेक्टलाई मान्छे दिने बताएकाछन् । प्राइम प्रोजेक्टको कार्यालय इराकमा पनि रहेको बुझिएकोछ ।
गिरोहमा संलग्न व्यक्तिहरू र इराक जान आएका व्यक्तिहरूसित हुन आएको जानकारी अनुसार यस गिरोहले इराक जाने कामदारहरूसित सरदर अर्ढाई लाख रूपैयाँ असुल गरी नक्कली भिसा बनाई आफ्ना नेर्टवर्कमार्फत् श्रम कार्यालयबाट स्वीकृति लिएर नेपाल एयरपोर्टबाट मान्छे उडाउँछन् । त्यस्तै उनीहरूले बंग्लादेश र भारतका केही एयरपोर्टहरूबाट पनि मान्छे पठाउँछन् । सामान्यतः आउने व्यक्तिहरूलाई दुइवटा भिसा दिइएको हुन्छ । उनीहरूलाई नेपाल एयरपोर्टमा देखाउने भिसा जहाजमा बसेपछि च्यातिदिने आदेश भएको हुन्छ भने अर्काे प्रतिलिपि भएको भिजिट भिसा चाहिँ दुबइ वा शारजाहको एयरपोर्टमा देखाउने आदेश भएको हुन्छ । यूएइमा केही महिनाअघि नेपालीहरूलाई यहाँको स्थानीय सरकारले भिजिट भिसा बन्द गरेको बखतसमेत सयौं व्यक्तिहरू धमाधम एयरपोर्टमा आई इराकतिर लागेको सवैले बुझेको बेला यो भिसा कहाँबाट निष्काशन हुन्छ त भन्ने प्रश्न खडा भएको थियो । यस अर्थमा यस गिरोहको हात कहीँ माथिसम्म नै छ भन्ने कुरातर्फ इंगित गर्दछ । गिरोहका एक सदस्य नारायण लम्सालले आफूले त्यस बखत पनि भिजिट भिसाहरू निष्काशन गराएको बताएकाछन् ।
शारजाह र दुबइका एयरपोर्टहरूमा अवतरण भएका इराक जान ल्याइएका यी युवाहरूलाई शहरी क्षेत्रभन्दा दुइ सय किलोमिटर जति टाढा एउटा वस्तीको घरमा राखिनुको पछाडि पनि रहस्य लुकेकोछ । उनीहरू नेपालीबाट नै त्रसित भएर यी व्यक्तिहरूलाई त्यहाँ राखेका हुन् भन्ने र्छलंङ्ग हुन्छ किनकि इराक पठाउनु भनेको यूएइको कानूनले भने गैह्र कानूनी र्ठहर्दैन । त्यस्तै सयौं व्यक्ति दुबइ र शारजाहका एयरपोर्टभित्र हप्तौंसम्म बस्छन् । गिरोहका मानिसहरूले उनीहरूलाई राशनपानीका लागि रकम पठाउने गर्दछन् । यसबाट पनि उनीहरूको पहुँचलाई आँकलन गर्न कत्ति पनि गाह्रो पर्दैन ।
राशलखेमाको एक घरमा इराक पठाउन भनी राखिएका एक सयभन्दा बढी व्यक्तिहरूको तर्फबाट पत्रकार सम्मेलनमा आएका पाँच जना युवाले आफूहरूले बुझाएका रकम साँवा ब्याजसहित फिर्ता गर्राई घर फर्काइदिन दूतावाससमक्ष निवेदन गरेकाछन् ।
हाल यूएइमा विभिन्न स्थानमा राखिएका र एयरपोर्टहरूमा रहेका इराक जान बोलाइएका नेपाली युवाहरूलाई मानव तस्करीमा लागेका यी व्यक्तिहरूले उनीहरूले तिरेको रकम सावाँ ब्याजसहित फिर्ता गरी १० दिनभित्र नेपाल फिर्ता गर्न गिरोहमा संलग्न नारायण लम्साल, शंकर बोगटी र दामोदर गिरीले संयुक्त रूपमा कागज गरेकाछन् । यस गिरोहले हजारौं नेपालीलाई इराक पठाइसकेको छ ।
सयौं नेपाली इराकमा बिचल्लीमा रहेका, कन्टेनरहरूमा सुतिरहेकाजस्ता समाचारहरू छापामा आइरहेका छन् । कैयौंपटक नेपालीहरू त्यहाँ बेपत्ता भएको कुरा पनि समाचारहरूमा आएकाछन् । इराक जाने यी नेपालीहरूको त्यहाँ न कामको ग्यारेन्टी हुन्छ न उनीहरूको इन्स्योरेन्स भएको हुन्छ जबकि संसारकै एक जोखिमपूर्ण मुलुक हो इराक । नेपालीको समस्या बुझ्ने त्यहाँ नेपालको कुनै कुटनैतिक नियोग पनि छैन ।
इराकमा १२ जना नेपालीलाई रेटेर ज्यान लिएको बिभत्स हत्यालाई नेपालीहरूले भुल्न पनि नसेकेको बेला नेपाल अधिराज्यभरि नेपाली युवाहरूलाई इराक जान पठाउने नेर्टवर्क बनेको यस मिसनले प्रमाणित गरिदिएको बखतमा यूएइ स्थित नेपाली नियोगले अब के गर्ने त भन्ने प्रश्न जनप्रगतिशील मञ्चले तेर्स्याएकोछ । मञ्चले यस कार्यमा दूतावासको पनि सक्रियता हुन सक्ने शंका व्यक्त गरेकोछ । मञ्चले यसरी मानव तस्कर गिरोह दुबइमा सक्रिय रहेको बेला दूतावास किन चूप छ भन्ने प्रश्न पत्रकारहरूसामु राखेको छ । यस गिरोहले दूतावासका प्रतिनिधिहरूकै अगाडि आफ्नो कसुर स्वीकार गरिसकेकोले अब दूतावासले दुबइमा सक्रिय यी दुइ चारजना मात्र होइन यस गिरोहमा नेपालमा समेत संलग्न सम्पूर्ण सञ्जाल पत्ता लगाई कार्यवाही गराउन सक्नुपर्दछ ।
जनप्रगतिशील मञ्च यूएइ च्याप्टरका कार्यकर्ताहरूले यस गिरोहबाट ज्यान मार्ने धम्की समेत पाएको बताएकाछन् । उनीहरूले पत्रकार सम्मेलनमा ‘OK to board Syestem’ लगाउनुपर्ने, नेपाली पासपोर्टमै प्रतिबन्धित मुलुकहरूको नाम खुलाउनुपर्नेजस्ता कुराहरूको व्यवस्था गरी यस्ता अपराधलाई न्युनिकरण गर्न सकिन्छ भन्ने प्रस्ताव पनि अगाडि सारेकाछन् ।

source : www.nayanepalonline.com

Sunday, December 7, 2008

जीवन र मन ।

जीवन सधैंभरी यौटा परिक्षणको प्रकृया हो
र मन
जीवनको प्रयोगशाला
उठ अहिल्यै
र मनलाईविचारको टेष्ट ट्युवमा हालीहेर
हिमशिला भै जमेको जीवन
पानी बनाएर पगालीहेर
बग्न सक्छ जीवन
सलल नदि भएर
आकार देउ यस्लाई
लाग्न सक्छ अर्थ
फेरी जीवन भएर
धुँवा गुम्सिएको छाती
विचारको तापमा गालीहेर
पग्लिन सक्छ जीवन
चुहिएला फेरी टालीहेर
खन्याउ फेरी जीवनलाई
विचारकै टेष्ट ट्युवमाघोल
ईच्छा शक्तीको मिश्रण
संगमात्रा थपिन सक्छ
अग्लिन सक्छ
जीवन सगरमाथा भएर ।

Deepak "Jadit "
USA