Sunday, October 18, 2009

बैगुनी माया

आजकल सुन्दैछु
विगतमा हामीले बुनेका ती सपनाहरु
अरु सँग यर्थाथमा साटदै छौ रे
खै कँहा चुकेछ मेरो माया
मलाई छोडी अन्तै
मायाको डेरा सारेका छौ रे
के भन्नु खै बैगुनी
तिमी अनि तिम्रो त्यो स्वार्थी सम्बन्ध र मायालाई
म्ााेडिएका तिम्रा ती पाइलाहरु
अनि तिम्रो त्यो दोधारे मायालाई
खै के सजाय दिउ
तर विन्ती छ सम्बन्ध मोडिएपनि नविस्रनु
ती विगतका पलहरुलाई
मायाका ती आभाषहरुलाई
अनि तिमीले दिएको चोटको उपहारलाई
जसलाई मैले आजपर्यन्त सम्झीरहने छु
चीरकाल सम्म हृदय देखि नै ।