Saturday, October 10, 2009
Friday, October 9, 2009
यात्री
अन्त्यहिन बाटोहरु
अनगिन्ती मोडहरु
एक्लो यात्री
खोज्दैछ छ हरेक मोडहरुमा
आफनो गन्तव्य ।
तर किन लाग्दछ
उसलाई हरेक अनुहार
आफु जस्तै पीडामय र
आफना यात्राका
मार्गहरु लक्ष्यविहिन ।
अनगिन्ती मोडहरु
एक्लो यात्री
खोज्दैछ छ हरेक मोडहरुमा
आफनो गन्तव्य ।
तर किन लाग्दछ
उसलाई हरेक अनुहार
आफु जस्तै पीडामय र
आफना यात्राका
मार्गहरु लक्ष्यविहिन ।
Thursday, October 8, 2009
कागज जीवन
म कागज हुन सक्छु
जसमा तिमी
कलमको सहाराले
आफनो रीस पोख्न सक्छौ
आफनो भावना पोख्न सक्छौ
तर प्रयोग गरेपछि यसलाई नफाल
किनकी कहिलेकाँही आगो वाल्दा
काठको दाउराले मात्र होइन
त्यो कागजबाट बलेको
आगोको रापले पनि
तिम्रो जीवनमा
न्यानोपन दिन सक्छ काठको दाउरा सरह नै ।
जसमा तिमी
कलमको सहाराले
आफनो रीस पोख्न सक्छौ
आफनो भावना पोख्न सक्छौ
तर प्रयोग गरेपछि यसलाई नफाल
किनकी कहिलेकाँही आगो वाल्दा
काठको दाउराले मात्र होइन
त्यो कागजबाट बलेको
आगोको रापले पनि
तिम्रो जीवनमा
न्यानोपन दिन सक्छ काठको दाउरा सरह नै ।
आशा
हिजोको लगातारको झरी पछि
आज विहान देखि नै आकाश उघि्रएको छ
मेरो मन पनि
यो आकाश झै
उघ्रन्छ कि भन्ने आशा पलाएको छ
तर यो आशा
के को आशा हो खै
एकिन साथ भन्न म सक्दिन ।
तर आज अचानक मनमा किन
यो आश्ाा पलायो
आफैलाई शंका लाग्न थालेको छ ।
आज विहान देखि नै आकाश उघि्रएको छ
मेरो मन पनि
यो आकाश झै
उघ्रन्छ कि भन्ने आशा पलाएको छ
तर यो आशा
के को आशा हो खै
एकिन साथ भन्न म सक्दिन ।
तर आज अचानक मनमा किन
यो आश्ाा पलायो
आफैलाई शंका लाग्न थालेको छ ।
Wednesday, October 7, 2009
मन
आज परकेा झरी सँगै
यो मन पनि रुझेको छ
आकाशबाट र्दकीएको पानी झै
आँखाबाट आसँु पनि वर्षीएको छ
यो तर्कना हो कि मनको
के हो
थाहा छैन
आज मन विहान देखि नै
चिसो चिसो भएको छ
काठमाडौको मौसम जस्तै
खै किन मन
खाली खाली भएको छ
रित्तो मन
रित्ता आँखाहरु
यो मन पनि रुझेको छ
आकाशबाट र्दकीएको पानी झै
आँखाबाट आसँु पनि वर्षीएको छ
यो तर्कना हो कि मनको
के हो
थाहा छैन
आज मन विहान देखि नै
चिसो चिसो भएको छ
काठमाडौको मौसम जस्तै
खै किन मन
खाली खाली भएको छ
रित्तो मन
रित्ता आँखाहरु
Subscribe to:
Comments (Atom)
