Friday, February 6, 2009

नयाँ नेपाल निर्माण मा गैर आवसिय नेपाली को भूमिका

विदेशमा रहेका सबै गैर आवासिय नेपालीहरुको बहुमुल्य सल्लाह, सुझाव र आफनो योगदानलेनै नया नेपालको नया संविधान निर्माण हुने भएकोले सबैले यस विषयलाई आफनो संघ संस्था मार्फत बृहत क्षलफल गरेर आफनो सुझाव पठाउन सकेमा आउदो दिनहरुमा गैर आवासिय नेपालीहरुले कानुनि तथा अन्य कठिनाईहरु भोग्नु पर्ने थिएन होला । साथै हाम्रो बानी नै छ कि आफु केहि गर्न चाहदैने र अरुले गरेकोलाई टिका टिप्पनीमात्र गनॆ् । यदि समयमै केहि सुझाव दिन सके र त्यस्ले मान्यता पाएको खन्डमा हामी सबैको हित हुने थियो होला यस कारणले गर्दा, विदेशमा बसेर लामो समय देखि भोगेका, अनुभव गरेका र अध्यन गरेका थुप्रै रायहरु हुन सक्छन जस्ले नेपालको संविधान निर्माण कार्यमा साथ दिन सक्नेछ ।नेपालको संविधान निर्माण गर्दा एकदमै ध्यान पुर्याउनुपर्ने गैर आवासिय नेपालीको हक हितपनि एक अतिनै आवस्यक छ किनभने नेपालको मात्र कुरा गर्ने हो भने देश अहिले कस्तो स्थितिमा चलिरहेको छ तर नेपालको वितिय स्थिथिति अहिलेपनि सन्तोष जनकनै रहेको सबैलाई थाहै छ त्यो कसरी भयो त रु त्यस्को मुख्य कारण हो रेमिटेन्स जो अहिलेपनि विदेशमा बैदेशिक रोजगारीमा रहेका कार्यरत नेपालीहरुले आफनो कमाई देशमा पठाई रहेकाछन् । बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले गर्दानै देशको आर्थिक स्थिति एति लामो द्धवन्दमा पर्दा समेत धरासायी भएन । यसैले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाईपनि ध्यानमा राखेर नया संविधान निर्माण हुन नितान्त आवस्यक देखिन्छ । न्युन आय भएको देशका जनताहरु विदेशिने क्रम बडिनै रहेको छ र त्यसै अनुरुप नेपाली जनता खाडी मुलुक देखि विश्वका शक्तिशाली देशहरुमापनि पुगिरहेकाछन् जस्को प्रत्यक्ष लाभ नेपालले पाइनै रहेको छ । यस सत्यलाई कसैलेपनि नकार्न सक्दैन कि नेपालको आर्थिक आय श्रोतमा लगभग १६, १७ प्रतिशत बैदेशिक रोजगारीबाट नेपालले पाईरहेको छ । हालै मलेसियामा मात्र एक लाख नागी सकेको छ नेपाली कामदार र यो क्रम विश्व भरिकै देशमा बडदो छ । नेपालले बैदेशिक रोजगारीको लागी १०७ देशमा इजाजत प्रदान गरेकोले आगामी बर्षहरुमा विदेशीने नेपालीहरुको संख्या अझ बडने छ । यसैले विदेशमा रहेका गैर आवासिय नेपालीलाई देश विकासमा आउने वातावरण र निति नियम बन्न सके नेपालले आफनो विकासको गतिलाई तिब्रता ल्याउन सक्ने छ तर त्यस्को लागी लगानी गर्ने वातावरण र आर्थिक शुरक्षाको आभास नेपाल सरकारले दिन सक्नुपर्ने छ । निति नियममा विशेष ध्यान दिनुपर्ने छ ।

Som Nath Sapkota
lisbao portugal

Thursday, February 5, 2009

नेपाली युवा र बैदेशैक रोजगार

अहिले नेपालमा धेरै नेपालीहरु बिदेसिएका छन् । वास्तविक तथ्यान्क नभएपनी मोटामोटी २० लाख्को सङ्ख्यामा भएको अनुमान गरिएको छ । यूरोप, अमेरिका, जापान, बेलायत, अष्ट्रेलियामा पनि उल्लेख्य सङ्ख्यामा नेपाली पुगेका छन्नेपालमा राजनीतिक र आर्थिक समस्याहरु चुलिदै र गहिरिदै जादा बिदेश्मै आफ्नो भबिस्य देख्ने नयाँ पुस्ताको उदय भईसकेको छ । अहिले नेपाल चल्नुमा रेमिटेन्स हो र रेमिटेन्स्नै बिकासको कारण हो भन्न समेत कतिपयले सोच्न थालिसकेका छन् । उल्लेख्य मात्रामा पैसा भित्रिदा कतिपयमा त्यस्तो भ्रम पलाउनु अस्वाभाबिक पनि होइन केही हद्सम्म बिदेश्को पैसाले अर्थतन्त्रलाई धानेको होला । धेरै जनाले पैसा पठाउदा बजारमा चहलपहल पनि होला । तर नेपाल भन्दा कैयौ गूढा बढी रेमिटेन्स जाने देश्हरुको हालत हेर्यो भने हाम्रो त्यो सोचाइ गलत साबित हुन्छ ।देश बन्न देशै बन्नु पर्छ बिदेश बनेर हुन्न अनी बिदेश बसेर हुन्न । तर अर्को तिर अल्पकालिन उपाय रेमिटेन्स हुन सक्छ । नेपालको बर्तमान राजनीतिक अवस्थामा पनि देश जेनतेन चल्नुमा रेमिटेन्सकै कारण हो । दैनिक जसोको बन्द र हड्ताल अनी मन्द आर्थिक गतिबिधीमा पनि नेपाल धरासायी हुनबाट जोगिएको छ । बेरोजगारिको समस्या बढ्दै जादा मान्छे बिदेसिदा केही हद्सम्म समाजमा सन्तुलन पनि मिल्न जान्छ । अर्कोतिर बिदेश्मा गए पछी मान्छे जिम्मेवार हुन्छ र अनुशासित पनि हुन्छ । बिदेसमा देखेका राम्रो कुराहरु आफ्नै देशमा गएर प्रयोग गर्न थाले भने त्यस्ले ठुलै फाईदा गर्न सक्छ । आफ्नो सबै उर्जा बिदेशमा खर्चेपछी उनिहरुमा जागर र उत्साह कम हुन्छ । काम त पहिले नै गरियो अब त बसेर खाने हो भन्ने मानसिकता धेरैमा पाईन्छ । कमैले मात्र सिपको सदुपयोग गर्छन् । त्यसैले समग्रमा जनसक्ती बिदेशिएर कुनै देशको भलो हुन्न ।

Som Nath Sapkota
lisboa portugal

Tuesday, February 3, 2009

आज राती सपानामा
मेरो जीवनको
मृत्यु भएको
म देख्दै छु ।
न कात्रो छ
लाश छोप्न
मेरो जीवनको

न कोहि छ वरिपरी
कस्तो वेवारिसे मृत्यु
लाग्यो यो एउटा
अभाबको मृत्यु हों
न की मेरो शरिरको ।
म आफनो मृत्यु
आफै महसुस गदैछु
कस्तो विडम्बना
आफनो जीवनको
मृत्यु महसुस गर्नु ।
म बांच्दा सम्म
सबै संगै थिए
खुशीका पलपलमा
तर
पीडामा मेरो मृत्युको
रुने पनि कोहि रहेनछ ।
त्यसैले मेरो मृत्यु
मेरो सपनामा
वेवारिसे बनेको छ
अभावयुक्त बनेको छ ।

Reecha Tiwari Abhibyanjana