Thursday, February 5, 2009

नेपाली युवा र बैदेशैक रोजगार

अहिले नेपालमा धेरै नेपालीहरु बिदेसिएका छन् । वास्तविक तथ्यान्क नभएपनी मोटामोटी २० लाख्को सङ्ख्यामा भएको अनुमान गरिएको छ । यूरोप, अमेरिका, जापान, बेलायत, अष्ट्रेलियामा पनि उल्लेख्य सङ्ख्यामा नेपाली पुगेका छन्नेपालमा राजनीतिक र आर्थिक समस्याहरु चुलिदै र गहिरिदै जादा बिदेश्मै आफ्नो भबिस्य देख्ने नयाँ पुस्ताको उदय भईसकेको छ । अहिले नेपाल चल्नुमा रेमिटेन्स हो र रेमिटेन्स्नै बिकासको कारण हो भन्न समेत कतिपयले सोच्न थालिसकेका छन् । उल्लेख्य मात्रामा पैसा भित्रिदा कतिपयमा त्यस्तो भ्रम पलाउनु अस्वाभाबिक पनि होइन केही हद्सम्म बिदेश्को पैसाले अर्थतन्त्रलाई धानेको होला । धेरै जनाले पैसा पठाउदा बजारमा चहलपहल पनि होला । तर नेपाल भन्दा कैयौ गूढा बढी रेमिटेन्स जाने देश्हरुको हालत हेर्यो भने हाम्रो त्यो सोचाइ गलत साबित हुन्छ ।देश बन्न देशै बन्नु पर्छ बिदेश बनेर हुन्न अनी बिदेश बसेर हुन्न । तर अर्को तिर अल्पकालिन उपाय रेमिटेन्स हुन सक्छ । नेपालको बर्तमान राजनीतिक अवस्थामा पनि देश जेनतेन चल्नुमा रेमिटेन्सकै कारण हो । दैनिक जसोको बन्द र हड्ताल अनी मन्द आर्थिक गतिबिधीमा पनि नेपाल धरासायी हुनबाट जोगिएको छ । बेरोजगारिको समस्या बढ्दै जादा मान्छे बिदेसिदा केही हद्सम्म समाजमा सन्तुलन पनि मिल्न जान्छ । अर्कोतिर बिदेश्मा गए पछी मान्छे जिम्मेवार हुन्छ र अनुशासित पनि हुन्छ । बिदेसमा देखेका राम्रो कुराहरु आफ्नै देशमा गएर प्रयोग गर्न थाले भने त्यस्ले ठुलै फाईदा गर्न सक्छ । आफ्नो सबै उर्जा बिदेशमा खर्चेपछी उनिहरुमा जागर र उत्साह कम हुन्छ । काम त पहिले नै गरियो अब त बसेर खाने हो भन्ने मानसिकता धेरैमा पाईन्छ । कमैले मात्र सिपको सदुपयोग गर्छन् । त्यसैले समग्रमा जनसक्ती बिदेशिएर कुनै देशको भलो हुन्न ।

Som Nath Sapkota
lisboa portugal

No comments: