Monday, November 2, 2009

कुवेतमा नेपाली पत्रकारिताको शुरुवात र नेपालकुवेत डटकमको प्रभाब

"पत्रकारिता" मानिसमा लुकेको एक कला हो जसलाई समय सापेक्ष र प्रसंगबस सहि तरिकाले बाहिर ल्याउन सकियो भने त्यसले समाजमा रहेका हरेक ब्यक्ति-ब्यक्तिमा सहि दिशाबोध गराउछ र सहि बाटो अबलम्बन गर्नमा प्रेरित गर्दछ।समाजमा रहेका वा लुकेका हरेक दुख-सुख, पिडा-बाधा, अबरोध, अबसर, घटना-दुर्घटना लगाएत हाम्रो जिबनमा प्रतक्ष तथा अप्रतक्ष रुपले सम्बन्ध राख्ने हरेक प्रकारको तत्व जसले मानिसको हाँसो अनि रोदनमा असर पार्दछ त्यसलाई सहि रुपले बाहिर ल्याउन सक्नु नै असल पत्रकारिता हो।
आज कुवेतको मरुभुमिमा कार्यरत नेपाली दाजु-भाई र दिदी-बहिनीहरुका साझा सवालहरुका बारेमा कुवेतमै रहेका सचेत नेपाली नागरिक समाज अनि संघ-संगठन लगाएत नेपालमा सम्बन्धित निकायहरुलाई घच्घच्याउनको लागि कुवेतबाट नै कलमहरु उठ्न थालेका छन।जसले प्रदेशको बसाईको क्रममा रहेका हरेक नेपालीहरुको साझा समस्याहारु र यसका समाधानका लागि अपनाउन पर्ने बाटोहरु प्रष्ट बाहिर ल्याईदिएको छ।चाहे कुवेतमा लामो समय देखि कार्यरत ब्याबसायिक हुन वा समाजसेबी, घरमा काम गर्न बाध्य खतामा हुन या कुवेतको मरुभुमिको तातो हावामा पसिना बगाउन बाध्य साधारण श्रमिक, या ब्युटिपार्लरमा कार्यरत नेपाली चेलिहरु हुन या बिभिन्न बहानामा जेलमा रहेका नेपालीहरुका बारेमा, या त यहाँ रहेका धेरै कम्पनिहरुमा कार्यरत नेपाली मेनेजरहरु वा आफ्नो कला र गला भएर पनि ठाउँ नपाएका ति कलाकारहरुको बारेमा, या त कुवेतमा रहेका एन आर एन, युनिटि लाइफ, माउन्ट एभ्रेस्ट क्लब या नयाँ नेपाल सबैका बारेमा आफ्नो कामको साथमा बचेको समयलाई सहि सदुपयोग गरि बिश्लेषण गर्नमा आज कुवेतमा रहेका सचेत नागरिकहरुको कलम चल्न थालेको छ। २१ सौं सताब्धिमा बिश्वमा भैरहेका गतिबिधिहरुलाई अहिले को अहिलेनै कम्पुटर प्रणालिबाट आफ्नो घर होस या आफिस जहाँ बसेरपनि थाहा पाउन सक्ने अनलाईन समाचारको प्रभाबले नै आज नयाँ पिँढि जो आफु भित्र रहेको कौतुहलतालाई लाई अनि आफ्नो बिचार लाई बाहिर ल्याउन चाह्न्छन उनिहरुलाई धेरै सहयोग-हौसला मिलेको छ र पत्रकारिता प्रति सबैको चासो बडेको छ।
एक पटक बितेका केहि बर्षलाई फर्केर हेर्दा कुवेतमा नेपाली पत्रकारिता साच्चै शुन्यमा थियो। जब २००४ मेइ मा म पनि आफ्नो रोजि रोटिको सुरक्षित ब्यबस्था अनि आर्थिक उपार्जनको लागि कुवेत आएको थिए त्यो समयमा आकल-झुकल मात्र कुवेतको नाम मिडियामा सुनिन्थ्यो। न कुनै संघ-संस्थाहरु सक्रिय थिए न त नेपाली-नेपाली बिच भेट-घाट अनि कुराकानि हुन्थे,सबै आफ्नो काममा ब्यस्त। मुस्किलले मालिया या फाहिलमा आफ्नो छुट्टि मनाउन जम्मा भएका १०-८ जना नेपालीहरुलाई देख्न सकिन्थ्यो।त्यति मात्र कहाँ हो र आहिलेको जस्तो नेपाली-नेपाली बिचको भेटघाट-जमघट अनि सभा सम्मेलन र कार्यक्रम हेर्न त परै जावोस नेपाली टिभि, पत्रिका वा सिडिहरुबाट पनि सायद कुवेत टाढा नै थियो होला।तर आज कुवेतको मरुभुमिमा नेपाली समाजमा र नेपाली श्रमिकहरुमा आएको परिबर्तन र नेपाली पत्रकारिता अनि जानकारि मुलक कार्यक्रम र संघ-संस्थाहरुको स्थापना साच्चैं नेपाली-नेपाली बिचको दुख-सुख अनि खुसि-रोधन बिसाउने चौतारी भएको छ। आज कुवेतमा रहेका हरेक सचेत नेपाली नागरिकहरु बिच देखिएको जागरुकताको शब्दमा ब्याख्या गर्नै सकिन्न।
केही समय पहिलामात्र कुवेतमै कार्यरत हाम्रा अग्रज अनी सार्है मेहनती पत्रकार साथीहरु राजन रिमाल,सुजन के.सी., आर. बि. बुढाथोकी लगाएत अरु केही साथीहरु र म समेतको सानो टिम बनाएर स्वच्छ अनी निश्पक्ष समाचारको साथमा मनोरन्जनात्मक अनी बिबिध खुराकहरु र भन्नै पर्दा कुवेतको मरुभुमिको बेदनाको पोको लिएर अनी कुवेतबाट नै स्वतन्त्र पत्रकारिताको लागि नेपालकुवेत डटकम ( मरुभुमिको कोशेली) को शुरुवात गरेका थियौं। शुरुका दिनहरु अली काठिन नै रहेँ तर पनि हामीहरु हिम्मत नहारिकन कुवेतमा रहेका बिभिन्न समाजसेबी, संघ-संस्था, ब्यक्ती बिशेष अनी कुवेतमा रहेका कलाकार,साधारण कामदार अनी तल्लो तह सम्म जाने कोसिश गर्यौं।र सबै कुवेतमा बस्नु हुने नेपाली समुदाय र नेपाली दिदी-बहिनी र दाजु-भाईहरुको साझा सबाललाई अगाडि ल्याउने प्रयास गरी नै रहियो।कडा मेहनत अनी हिम्मत नहारिकन सबै समुदाय संग पारीचित गर्ने-गराउने कार्य जारिनै राख्यौं र अझै हामीहरुबाट धेरै काम-कुराहरु गर्न बाँकी नै छ्न र हामी हाम्रो तर्फबाट आ-आफ्नो कलम चलाइनै रहने छौं।
यसै बिचमा कुवेतमा रहेर आफ्नो कला अनी गला भएर पनि पछाडि परेका नेपालबाट कुवेत आउन वाध्य कुवेतमा कार्यरत नेपाली कलाकारहरुलाई लिएर कुवेतको नेपाली समाज सामु नेपालकुवेत डटकम र युनिटिलाईफ मिलेर गरिएको सांस्कृतिक कार्यक्रम भब्य रुपमा समापन भयो।यस कार्यक्रमले कुवेतमा रहेका सबै दाजुभाई-दिदीबहिनीहरुको मन जित्न सफल भयो र सार्हैनै सफलताको साथ सम्पन्न भएकोमा सबै तिरबाट हामीहरुलाई बधाई आएका छन। यती मात्र होइन कुवेतमा रहेका सबै कलाकार अनी साहित्यप्रेमिहरुको जमघटबाट समिर शाक्यको संयोजकत्वमा नेपालकुवेत सास्कृतिक मंन्च गठन गरिएको छ।आज सबै तिरबाट नेपालकुवेत डटकमको अग्रसरतामा भएको कुवेतमा कार्यरत कलाकारहरुको मंन्चलाई पनि सहयोग अनी मार्गनिर्देशनको खाँचो रहेको छ।
यता धेरै बर्ष पहिला गठन गरिए पनि निस्कृय रहेको प्रबासी प्रगतिशिल पत्रकार मन्च(कुबेत)को संस्थापक अध्यक्ष आर बि बुढाथोकी को अध्यक्षतामा पुनर्गठन गरियो। यस समुहमा कुवेतमा रहेका पत्रकारहरुको ठुलो संख्यामा संलग्नता रहेको छ। हालै यस प्रबासी प्रगतिशिल पत्रकार मन्च (कुबेत) को सकृयतामा आयोजित लक्ष्मी प्रसाद देबकोटा कबिता प्रतियोगितामा प्राप्त भएको सबै कुवेतबासी साहित्यप्रेमीहरुका कबिता अनी यस संस्थाप्रती मिलेको जनलहर पनि सार्है सम्मानजनक रही आएको छ।
यती मात्रा कहाँ हो र? कुवेतमा रहेका धेरै जना पत्रकार साथीहरुले आ-आफ्नो ठाउबाट बिभिन्न बिषयमा समय सापेक्ष लेख-रचनाहरु ल्याई रहेका छन। आज सिमित २-४ जना साथिबाट शुरु भएको कुवेतमा नेपाली पत्रकारीताको ब्यापकता अनी धेरै जना साथीहरुको आत्मियताले त कुवेतबासी सबै नेपाली समुदायहरुमा खुशीको बहार ल्याएको छ।
नेपालकुवेत डटकम मार्फत आफ्नो कलम चलाऊने नयाँ-पुराना साथीहरुको सकृयाता र स्थानिय संघ-संस्था अनी ब्यक्ती बिशेषका साथमा सबै तह र तप्काबाट र नेपाल अनी विश्वभरका समाचार माध्यामबाट पाएको असिम माया अनी मार्गनिर्देशनलाई नेपाल कुवेत डटकम सदैब स्वागत गर्दछ। साथै कुवेत, ईराक, अफगानिस्थान लगाएत नेपाल र अन्य मुलुकहरुबाट पनि आ-आफ्नो बिश्लेषणात्मक लेख-रचना, समाचार, कथा-कबिता, लगाएत मानिस संग सम्बन्धित सबै खालका गतिबिधीहरु यस नेपालकुवेत डटकममा उपलब्ध गराउनुहुने हाम्रा सम्पूर्ण शुभचिन्तकहरु र सम्पूर्ण पत्रकारहरुले गर्नुभएको साथ-सहयोग अनी स्नेहालाई नेपालकुवेत डटकम हार्दिकताको साथ सम्मान गर्दछ। साथै मरुभुमिमा चल्न शुरुभएको यो हाम्रो साझा कलम कहिले पनि नरोकियोस भन्ने कामना गर्दछ।


उही परदेश बाट हरि कृष्ण न्यौपाने (घायल)harineupane_3@yahoo.comकालिका गा.बि.स. वार्ड न १ पुरानाकोट,सिन्धुपाल्चोकहाल अनकुण्डा बलाद ईराकEditor & publisherhttp://nepalkuwait.com तथासह-सचिबप्रबासी प्रगतीशिल पत्रकार मन्च(कुबेत)

पीत पत्रकारिताको इतिहास

विश्वमा जोसेफ पलिटजर नामका एक व्यक्तिले सन् १८८३मा द न्य योर्क बल्र्ड नामक दैनिकी अखवारको स्वामित्व खरिद गरेका थिए । त्यसैगरी अमेरिकि पत्रकारिताको अर्को एउटा नामुद हस्ति विलियम र्हस्ट ले द न्यु र्योक जर्नल नामक दैनिक अखवारको स्वामित्व खरिद गरेका थिए । १९ औ शताब्दिको अन्त्यतिर अमेरिकन पत्रकारितामा र्हस्ट को द न्ययोर्क जर्नल र पुलिटजरको द न्यु र्योक र्वोल्ड नामक यी दुई अखवारको बीचमा प्रतिस्पर्धा हुन थाल्यो । यसै परिपेक्ष्यमा सन् १८९६ को फ्रेवुअरी महिनाको एक अंकमा द न्यु र्योक वल्र्ड पुलिटजर को अखवारले त्यो बेलाको प्रसिद्ध अमेरिकि चित्रकार रिचार्ड आउट केभिटलाई आफनो अखवारमा एउटा झुत्रेझाम्रे लुगा लगाएका मगन्ते वालकको चित्र छपाएका थिए । त्यस चित्रमा पहेंलो रगंको कहि कहि प्रयोग गरिएको थियो । त्यस चित्रले गर्दा द न्यु र्योक वल्र्डको वितरणमा अलि बढि तीव्रता आएको थियो । त्यो कुरा थाहा पाएर र्हस्टले आफनो अखवारमा द न्यु र्योक जर्नलको लागी पनि उहि चित्रकार आउट केभिटलाई विभिन्न्ा चित्र कोर्न लगाएका थिए । यी चित्रहरुमा विचित्र बालकले पहेलो लुगा लगाएका थियो । यी कुराहरु यसकारण मात्र गरिएको थियो की द न्य योर्क बल्र्ड र द न्य योर्क जर्नलले आ आफना अखवारहरु बढी भन्दा बढी पाठकहरुको ध्यान सफल बनाउन सक्ने आशामा । वास्तवमा भन्ने हो भने यी प्रस्तुत घटनाहरु निरर्थक थिए त्यसै हुनाले द न्यु योर्क प्रेस नाम अर्को अखवारका सम्पादक एरभिन वार्डमानले त्यो कुरालाई येलो प्रेस या न्यु योर्क भनेर संज्ञा दिए । कालान्तरमा यहि कुरालाई पीत पत्रकारिता नामाकरण गरियो ।पीत पत्रकारिता अर्थात् पश्चिमाहरुले पहेलो रंगलाई रोगी र फोहोरी रंग मान्दछन् । पीत पत्रकारिता भन्नाले विभिन्न्ा समाचार वा विचारहरुलाई कपोकल्पीत रुपमा प्रस्तुत गर्ने पत्रकारितालाई पीत पत्रकारिता भनिन्छ यसमा विभिन्न संघसंस्था र व्यक्तित्वहरुको इज्जत र चरित्रहत्या गरिन्छ ।यसरी हेर्दा हामी के भन्न सक्छौ भने पत्रकारिताको मूल लक्ष्य विपरित कुनै पनि समाचार लेखिन वा यसको दुरुपयोग गरिनुनै पीत पत्रकारिता हो । यो एक अस्वस्थ्य प्रतिस्पर्धा र विकृत रुप हो पत्रकारिताको । विभिन्न ओहदा पदमा रहको राजनैतिक व्यक्तित्व व्यापारी आदि जस्ता विभिन्न वर्गका व्यक्तित्वहरुको बारेमा गलत आशयले समाचार लेख्ने व्यक्तिगत गाली गलौज गर्ने झुठो आरोप लगाउने अश्लिील प्रसंग निकाल्ने आफलाई मन नपर्ने मानिसलाई सताउने कुराले यो अवधारणा गलत भयो । त्यहि हुनाले यस्तो प्रसंगहरुलाई स्थान दिएकोले यसलाई पीत पत्रकारिता भनियो । हुनत यो पनि पत्रकारिताको एक रुप हो तर यस विषयमा कुनै तालिम दिइदैनन् र यो एउटा स्रैद्धान्तिक बहस मान्न पनि सकिन्छ । तर पनि यो पीत पत्रकारीता हावी भएको देखिन्छ । पीत पत्रकारीतालाईसंचार माध्यमलाई उपयोग गरेर गलत भ्रमात्मक सूचनानिहित उद्देश्य राखेर चरित्र हत्याअश्लीलनंग्न सूचना प्रवाह वा फोटो प्रकाशन गर्ने प्रचलन रहेको छ । वास्तवमा पहिला भन्ने हो भने छापा माध्यम बाट मात्र पीत पत्रकारीताको बारेमा सूचना प्रवाह हुन्थ्यो तर हाल आएर अनलाइन पत्रकारिता र विद्युतीय माध्यममा पनि यस प्रकारको गलत सूचना प्रवाह हुन्ा थालेको छ । त्यसैगरी राजनैतीकप्रकारले क्षेत्रगत हिसाबले पनि पत्रकारीता पेशा हावी भएको छ र पत्रकारहरुले आफ्नो पत्रिकामा राजनैतीक झुकाव लिएर अगाडी बढीरहेको छन् । यसलाई पनि पीत पत्रकारीतामा समेटन सक्ने हो कि भन्ने बहस को मुद्दा बन्न सक्छ । नेपालमा बि।स २००७ साल अधि पत्रकारीताको बिकास तीव्र गतिमा भएको थिएन त्यसबेलाको राज्यले सूचना प्रवाहमा नियन्त्रण गर्दथ्यो तर सत्ता पक्ष पोषण गर्दथ्यो तर बिस्तारै खूला समाजको शुरुवात भएदेखि बि।स २०४६ को हाराहारीमा पत्रकारीतामा बिकृत पत्रकारीताको उदाहरण २००२ ई।स अक्टोबर महिनामा ूजनआस्थाू टेबलोइड पत्रीकामा ूनेपालको फिल्म उद्योगको नायिका श्रीषा कार्की को नग्न तस्बीर प्रकाशन भएको कारण नायीका श्रीषा कार्कीले आत्महत्या गरेको तथ्यलाई नर्कान सकिन्न । यसरी नेपालमा पनि पीत पत्रकारिताको रुपमा व्यक्तिगत चरित्र हत्या का कारण आत्महत्या गर्न पुगेको तथ्य प्रकाशन हुने भएको छ । त्यसै गरि बेलायतकी राजकुमारी डायनालाई पनि पापारप्जीहरुले उनको व्यक्तिगत जीवनलाई अरुसग जोडेर विभिन्न माध्यम बनाएर विभिन्न्ा तथ्यहीन समाचारहरु प्रकाशन गरेर उनको व्यक्तिगत जीवनमा नै खल्ाबल पुर्याएको थिए । यसै कारण नै उनको जीवनको अन्त्य समेत भएको थियो ।यसरी पीत पत्रकारीता को कारण मानवको सार्वजनीक जीवनमा समेत नकारात्मक असर परिरहेको हुन्छ जसले मानवलाई मृत्युको मुखमा समेत धकेल्छ । हाम्रो जस्तो समाजमासंचार माध्यमछापामा प्रवाह गरिएको सूचना को विश्वास बढि गर्ने प्रचलन बढि भएकोले पीत पत्रकारीता प्रोत्साहित भएको या नेपाली पत्रकारीता बिकासको लागी अवरोधक बनेको छ । यसमा सत्ता भक्तिको कारणले गर्दा पनि व्यवसायीक गति लिन सकिरहेको छैन । यस कारणले पनि मानव जीवनको पारिवारिक विघटन हुने सामाजीक सन्तुलन सद्भाव विगार्ने जातीय विदोष फैलाउने सहअस्तित्व टुटाउने आदि जस्ता नकारात्मक असरहरु पर्दछन् । यसको कारण पत्रिकाका समाचारहरु प्रति विश्वास गुम्दै गएको छ र पत्रिका प्रति पनि विश्वास गुमेको छ । यस्ता पत्रिकामा कार्यरत् पत्रकारहरुको कामको टंुगो नहुने पत्रिका र समाचारको कारण बारम्बार आलोचित हुनुपर्ने सम्पादकलाई समेत ज्यानमार्ने धम्की गालीगलौज निन्दा गर्ने हुनाले पीत पत्रकारिता अंगालेका पत्रकारहरुको समेत विश्वास गुमेको र तथ्यहीन समाचारका कारण पत्रिकाको गुणस्तर घटेको पाइएको छ । पीत पत्रकारिताको कारण नेपालको पत्रकारिता क्षेत्र पनि आलोचित र अविश्वसनीय हुदै आएको छ । नेपालमा बहुदलीय व्यवस्था भएपनि वहुदलवादी समाजको निर्माण हुन नसकेको हरेक क्षेत्रमा अनेपक्षित ढंगले राजनितिकरण हुने गरेको छ । त्यसको नकारात्मक प्रभाव साचारमाध्यमहरुमा पनि परिरहेको छ । छापा तथा विद्यतीय साचारमाध्यमहरुले राष्टिय महत्वका गहन मुद्दाहरुलाई भन्दा तात्कालीन राजनैतिक घटनाक्रमहरुलाई विशेष महत्व दिएर सूचना प्रवाह गर्न पाइन्छ भन्ो राष्टिय चिन्ताधारी प्रतिको सजगता कमै रहन गरेको पनि टीका टीप्पणीहरु भइरहेको पाइन्छ । कतिपय सन्र्दभमा साचामाध्यमहरुले आत्मालोचित हुनुपर्ने अवस्था पनि सिर्जना भइरहेको छ । अनलाइन पत्रकारितामा पनि विभिन्न समाचारहरु तथ्यहीन रुपमा पनि प्रकाशित हुने गरेका छन् । अनलाइन पत्रकारितामा पनि पीत पत्रकारिताको र्दुगन्ध फैलिएको र धेरै अनलाइन पत्रिकाहरुले प्ानि पीत पत्रकारिताको अनुसरण गरिरहेका छन् । त्यसै गरि अधिकाशं साप्ताहिक पत्रपत्रिकाहरुबाट निष्पक्ष स्वतन्त्र र निरपेक्ष ढंगले वस्तुपरक शैलीमा समाचार र विचारको प्रवाह हुन सकेकोछैन् । खासगरी राजनैतिक द्धन्द्धको स्थिति चर्केको बेला निर्देशीत सूचना र इच्छित विचारको प्रवाहले गती लिइरहेको देखिन्छ । प्रायोजित समाचारको प्रक्षेपणको कारण समेत पत्रपत्रिका प्रभावित हुने गरेका छन् । २०४६ देखि २०६५ सालसम्म्ा पत्रपत्रिकाहरुले आफनो उत्तरदायित्वको कमी कानुनी दण्ड सजायका प्रवाधान को कमी भएकोले छाडावादी प्रवृत्तिको विकास भएको समेत देखिएको छ । पत्रकारितालाई खड्किलो बनाएर राजनितिको उच्चपदमा पुग्नेहरु पनि प्रशस्त रुपमा रहेका छन् । राजनैतिक हिसाबले चल्ने विवादमा आइरहने विषयहरु प्रकाशन गर्ने कसैको व्यक्तिगत जीवनमा आक्षेप ल्याउने आदि जस्ता समाचारहरु प्रकाशन गरेकोले नै साप्ताहिक पत्रपत्रिकालाई पीत पत्रकारिताको संज्ञा दिइएको छ । यसरी पीत पत्रकारिताको निर्मूल गर्नका लागी यस प्रकारको विषाक्त पत्रकारिता अंगालेका पत्रिकाहरुलाई सबैभन्दा प्रथम सहि प्रकारले अनुगमन तथा कारवाही गरिनुपर्दछ निति नियम कडा बनाउनु पर्ने सबै प्रकारका सयन्त्रहरु कडा भएका खण्डमा यो विषाक्त पत्रकारिताको अन्त्य हुन सक्दछ । त्यसैले समाजका यस्ता दोषीहरुलाई कानुनको दायरा भित्र ल्याउनुपर्ने र कडा कारवाही गरिनुपर्ने देखिन्छ र यसो भएमा मात्र यो पीत पत्रकारिताको समस्या हल हुन सक्ने अनुमान गर्न सकिन्छ ।

यो जीवनमा

यो जीवनमा
कतै कोहि भएर पनि
नभए जस्तो
केहि नभएता पनि
भएझै नाटक गर्नपर्ने
तर कसैलाई भने
कसैको साथ विझाएर पनि
साथै हिडन पर्ने बाध्यतामा
जीवन क्रममा
कोहि फगत बाँचीरहेका छन्
अविरल जीवनको यात्रामा
एउटा वाध्यताको सम्बन्ध ।

के भुल गरे भगवान् मैले ?

म जब आशाको दियो बाल्न खोज्छु जीवनमा
तब एक्कासि निराशाको हुरीले दियो निभाइदिन्छ
जब खुशीको बहारमा मेरो जीवन वग्न खोज्छ
तब अनायशै अधीहुरी दुख बनी आइदिन्छ
सोच्छु मलाई मात्र यो सजाय जीवनमा किन
के भुल गरे भगवान् मैले ?
बस् त्यति हो कि
मैले खुशी र सुखको जीवन
अरुले जस्तै विताउन चाहे कि
मैले मानव भएर जीवन विताउने कोशिश गरे ।
के भुल गरे भगवान् मैले ?