Monday, November 2, 2009

कुवेतमा नेपाली पत्रकारिताको शुरुवात र नेपालकुवेत डटकमको प्रभाब

"पत्रकारिता" मानिसमा लुकेको एक कला हो जसलाई समय सापेक्ष र प्रसंगबस सहि तरिकाले बाहिर ल्याउन सकियो भने त्यसले समाजमा रहेका हरेक ब्यक्ति-ब्यक्तिमा सहि दिशाबोध गराउछ र सहि बाटो अबलम्बन गर्नमा प्रेरित गर्दछ।समाजमा रहेका वा लुकेका हरेक दुख-सुख, पिडा-बाधा, अबरोध, अबसर, घटना-दुर्घटना लगाएत हाम्रो जिबनमा प्रतक्ष तथा अप्रतक्ष रुपले सम्बन्ध राख्ने हरेक प्रकारको तत्व जसले मानिसको हाँसो अनि रोदनमा असर पार्दछ त्यसलाई सहि रुपले बाहिर ल्याउन सक्नु नै असल पत्रकारिता हो।
आज कुवेतको मरुभुमिमा कार्यरत नेपाली दाजु-भाई र दिदी-बहिनीहरुका साझा सवालहरुका बारेमा कुवेतमै रहेका सचेत नेपाली नागरिक समाज अनि संघ-संगठन लगाएत नेपालमा सम्बन्धित निकायहरुलाई घच्घच्याउनको लागि कुवेतबाट नै कलमहरु उठ्न थालेका छन।जसले प्रदेशको बसाईको क्रममा रहेका हरेक नेपालीहरुको साझा समस्याहारु र यसका समाधानका लागि अपनाउन पर्ने बाटोहरु प्रष्ट बाहिर ल्याईदिएको छ।चाहे कुवेतमा लामो समय देखि कार्यरत ब्याबसायिक हुन वा समाजसेबी, घरमा काम गर्न बाध्य खतामा हुन या कुवेतको मरुभुमिको तातो हावामा पसिना बगाउन बाध्य साधारण श्रमिक, या ब्युटिपार्लरमा कार्यरत नेपाली चेलिहरु हुन या बिभिन्न बहानामा जेलमा रहेका नेपालीहरुका बारेमा, या त यहाँ रहेका धेरै कम्पनिहरुमा कार्यरत नेपाली मेनेजरहरु वा आफ्नो कला र गला भएर पनि ठाउँ नपाएका ति कलाकारहरुको बारेमा, या त कुवेतमा रहेका एन आर एन, युनिटि लाइफ, माउन्ट एभ्रेस्ट क्लब या नयाँ नेपाल सबैका बारेमा आफ्नो कामको साथमा बचेको समयलाई सहि सदुपयोग गरि बिश्लेषण गर्नमा आज कुवेतमा रहेका सचेत नागरिकहरुको कलम चल्न थालेको छ। २१ सौं सताब्धिमा बिश्वमा भैरहेका गतिबिधिहरुलाई अहिले को अहिलेनै कम्पुटर प्रणालिबाट आफ्नो घर होस या आफिस जहाँ बसेरपनि थाहा पाउन सक्ने अनलाईन समाचारको प्रभाबले नै आज नयाँ पिँढि जो आफु भित्र रहेको कौतुहलतालाई लाई अनि आफ्नो बिचार लाई बाहिर ल्याउन चाह्न्छन उनिहरुलाई धेरै सहयोग-हौसला मिलेको छ र पत्रकारिता प्रति सबैको चासो बडेको छ।
एक पटक बितेका केहि बर्षलाई फर्केर हेर्दा कुवेतमा नेपाली पत्रकारिता साच्चै शुन्यमा थियो। जब २००४ मेइ मा म पनि आफ्नो रोजि रोटिको सुरक्षित ब्यबस्था अनि आर्थिक उपार्जनको लागि कुवेत आएको थिए त्यो समयमा आकल-झुकल मात्र कुवेतको नाम मिडियामा सुनिन्थ्यो। न कुनै संघ-संस्थाहरु सक्रिय थिए न त नेपाली-नेपाली बिच भेट-घाट अनि कुराकानि हुन्थे,सबै आफ्नो काममा ब्यस्त। मुस्किलले मालिया या फाहिलमा आफ्नो छुट्टि मनाउन जम्मा भएका १०-८ जना नेपालीहरुलाई देख्न सकिन्थ्यो।त्यति मात्र कहाँ हो र आहिलेको जस्तो नेपाली-नेपाली बिचको भेटघाट-जमघट अनि सभा सम्मेलन र कार्यक्रम हेर्न त परै जावोस नेपाली टिभि, पत्रिका वा सिडिहरुबाट पनि सायद कुवेत टाढा नै थियो होला।तर आज कुवेतको मरुभुमिमा नेपाली समाजमा र नेपाली श्रमिकहरुमा आएको परिबर्तन र नेपाली पत्रकारिता अनि जानकारि मुलक कार्यक्रम र संघ-संस्थाहरुको स्थापना साच्चैं नेपाली-नेपाली बिचको दुख-सुख अनि खुसि-रोधन बिसाउने चौतारी भएको छ। आज कुवेतमा रहेका हरेक सचेत नेपाली नागरिकहरु बिच देखिएको जागरुकताको शब्दमा ब्याख्या गर्नै सकिन्न।
केही समय पहिलामात्र कुवेतमै कार्यरत हाम्रा अग्रज अनी सार्है मेहनती पत्रकार साथीहरु राजन रिमाल,सुजन के.सी., आर. बि. बुढाथोकी लगाएत अरु केही साथीहरु र म समेतको सानो टिम बनाएर स्वच्छ अनी निश्पक्ष समाचारको साथमा मनोरन्जनात्मक अनी बिबिध खुराकहरु र भन्नै पर्दा कुवेतको मरुभुमिको बेदनाको पोको लिएर अनी कुवेतबाट नै स्वतन्त्र पत्रकारिताको लागि नेपालकुवेत डटकम ( मरुभुमिको कोशेली) को शुरुवात गरेका थियौं। शुरुका दिनहरु अली काठिन नै रहेँ तर पनि हामीहरु हिम्मत नहारिकन कुवेतमा रहेका बिभिन्न समाजसेबी, संघ-संस्था, ब्यक्ती बिशेष अनी कुवेतमा रहेका कलाकार,साधारण कामदार अनी तल्लो तह सम्म जाने कोसिश गर्यौं।र सबै कुवेतमा बस्नु हुने नेपाली समुदाय र नेपाली दिदी-बहिनी र दाजु-भाईहरुको साझा सबाललाई अगाडि ल्याउने प्रयास गरी नै रहियो।कडा मेहनत अनी हिम्मत नहारिकन सबै समुदाय संग पारीचित गर्ने-गराउने कार्य जारिनै राख्यौं र अझै हामीहरुबाट धेरै काम-कुराहरु गर्न बाँकी नै छ्न र हामी हाम्रो तर्फबाट आ-आफ्नो कलम चलाइनै रहने छौं।
यसै बिचमा कुवेतमा रहेर आफ्नो कला अनी गला भएर पनि पछाडि परेका नेपालबाट कुवेत आउन वाध्य कुवेतमा कार्यरत नेपाली कलाकारहरुलाई लिएर कुवेतको नेपाली समाज सामु नेपालकुवेत डटकम र युनिटिलाईफ मिलेर गरिएको सांस्कृतिक कार्यक्रम भब्य रुपमा समापन भयो।यस कार्यक्रमले कुवेतमा रहेका सबै दाजुभाई-दिदीबहिनीहरुको मन जित्न सफल भयो र सार्हैनै सफलताको साथ सम्पन्न भएकोमा सबै तिरबाट हामीहरुलाई बधाई आएका छन। यती मात्र होइन कुवेतमा रहेका सबै कलाकार अनी साहित्यप्रेमिहरुको जमघटबाट समिर शाक्यको संयोजकत्वमा नेपालकुवेत सास्कृतिक मंन्च गठन गरिएको छ।आज सबै तिरबाट नेपालकुवेत डटकमको अग्रसरतामा भएको कुवेतमा कार्यरत कलाकारहरुको मंन्चलाई पनि सहयोग अनी मार्गनिर्देशनको खाँचो रहेको छ।
यता धेरै बर्ष पहिला गठन गरिए पनि निस्कृय रहेको प्रबासी प्रगतिशिल पत्रकार मन्च(कुबेत)को संस्थापक अध्यक्ष आर बि बुढाथोकी को अध्यक्षतामा पुनर्गठन गरियो। यस समुहमा कुवेतमा रहेका पत्रकारहरुको ठुलो संख्यामा संलग्नता रहेको छ। हालै यस प्रबासी प्रगतिशिल पत्रकार मन्च (कुबेत) को सकृयतामा आयोजित लक्ष्मी प्रसाद देबकोटा कबिता प्रतियोगितामा प्राप्त भएको सबै कुवेतबासी साहित्यप्रेमीहरुका कबिता अनी यस संस्थाप्रती मिलेको जनलहर पनि सार्है सम्मानजनक रही आएको छ।
यती मात्रा कहाँ हो र? कुवेतमा रहेका धेरै जना पत्रकार साथीहरुले आ-आफ्नो ठाउबाट बिभिन्न बिषयमा समय सापेक्ष लेख-रचनाहरु ल्याई रहेका छन। आज सिमित २-४ जना साथिबाट शुरु भएको कुवेतमा नेपाली पत्रकारीताको ब्यापकता अनी धेरै जना साथीहरुको आत्मियताले त कुवेतबासी सबै नेपाली समुदायहरुमा खुशीको बहार ल्याएको छ।
नेपालकुवेत डटकम मार्फत आफ्नो कलम चलाऊने नयाँ-पुराना साथीहरुको सकृयाता र स्थानिय संघ-संस्था अनी ब्यक्ती बिशेषका साथमा सबै तह र तप्काबाट र नेपाल अनी विश्वभरका समाचार माध्यामबाट पाएको असिम माया अनी मार्गनिर्देशनलाई नेपाल कुवेत डटकम सदैब स्वागत गर्दछ। साथै कुवेत, ईराक, अफगानिस्थान लगाएत नेपाल र अन्य मुलुकहरुबाट पनि आ-आफ्नो बिश्लेषणात्मक लेख-रचना, समाचार, कथा-कबिता, लगाएत मानिस संग सम्बन्धित सबै खालका गतिबिधीहरु यस नेपालकुवेत डटकममा उपलब्ध गराउनुहुने हाम्रा सम्पूर्ण शुभचिन्तकहरु र सम्पूर्ण पत्रकारहरुले गर्नुभएको साथ-सहयोग अनी स्नेहालाई नेपालकुवेत डटकम हार्दिकताको साथ सम्मान गर्दछ। साथै मरुभुमिमा चल्न शुरुभएको यो हाम्रो साझा कलम कहिले पनि नरोकियोस भन्ने कामना गर्दछ।


उही परदेश बाट हरि कृष्ण न्यौपाने (घायल)harineupane_3@yahoo.comकालिका गा.बि.स. वार्ड न १ पुरानाकोट,सिन्धुपाल्चोकहाल अनकुण्डा बलाद ईराकEditor & publisherhttp://nepalkuwait.com तथासह-सचिबप्रबासी प्रगतीशिल पत्रकार मन्च(कुबेत)

No comments: