म जब आशाको दियो बाल्न खोज्छु जीवनमा
तब एक्कासि निराशाको हुरीले दियो निभाइदिन्छ
जब खुशीको बहारमा मेरो जीवन वग्न खोज्छ
तब अनायशै अधीहुरी दुख बनी आइदिन्छ
सोच्छु मलाई मात्र यो सजाय जीवनमा किन
के भुल गरे भगवान् मैले ?
बस् त्यति हो कि
मैले खुशी र सुखको जीवन
अरुले जस्तै विताउन चाहे कि
मैले मानव भएर जीवन विताउने कोशिश गरे ।
के भुल गरे भगवान् मैले ?
Monday, November 2, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment