wish you all a prosperous life and may wishes be true .
love nepali literature
Friday, January 2, 2009
Wednesday, December 31, 2008
आक्रमणमा चौथो दिन स्थिति तनावपूर्ण
डिसेम्बर ३०, इजरायल
इजरायल र गाजा बीचको आक्रमणको आज चौथो दिन दुवै तर्फबाट रकेटबम तथा हवाइ आक्रमण जारी छ । इजरायलले गाजाको महत्वपूर्ण भवनहरू, स्लामिक कलेजहरू र हमास बस्ने गरेका सुरक्षित स्थानहरूलाइ निशाना गर्दै हवाइ आक्रमण गरेको छ भने गाजा तर्फबाट केहि लामा दुरीका क्षेप्यास्त्र प्रयोग गरिएको छ । उक्त क्षेप्यास्त्र इजरायलको किरात मलाखी तथा दक्षिणको बेरसेवा सम्म करीव ४२ कि.मीको दुरीमा खसालिएको छ । गाजापट्टीबाट रकेटबम आक्रमणलाइ नरोकेसम्म इजरायलले आफ्नो सैनिक कारवाही जारी राख्ने इजरायली सैनिक अधिकारीले जनाएका छन् । साथै इजरायली सैनिक अधिकारीका अनुसार यो आक्रमण गाजा बिरूद्धको शुरूवात मात्र हो भनेका छन् । करीव एक हप्ता हवाइ आक्रमण गरेपछि स्थल कारवाही अगाडि बढाउने समेत जनाएका छन् ।
इजरायलमा भएको यस घटनाको चौतर्फी विरोध भैरहेको र इजरायलमा कामदार पठाउने देशहरूबाट आफ्ना कामदारहरूलाइ सुरक्षित रहन समेत आग्रह गरेका छन् । यसै क्रममा थाइ राजदुताबासले थाइ कामदारहरूलाइ कुनै पनि समयमा इजरायल छोड्न पर्ने अवस्था सिर्जना भएमा सो का लागि तयार रहन आग्रह गरेको छ ।
तर गाजापट्टीको नजीक काम गर्ने नेपाली तथा अरू विदेशी कामदारहरूको स्थितिको बारेमा कुनै पनि सरकारहरूले चासो नदेखाएको उक्त क्षेत्रमा काम गरिरहेका कामदारहरूको गुनासो छ । इजरायलले गाजाको नजीकै करीव २ कि.मी देखि करीव २० कि.मी सम्मका क्षेत्रलाइ असुरक्षित क्षेत्र घोषणा गरेको भएता पनि उक्त क्षेत्रमा हालसम्म विदेशी कामदारहरूले काम गरिरहेको पाइएको छ ।
नेपाली कामदारहरू पनि उक्त क्षेत्रमा काम गरिरहेको तर नेपाल सरकार तथा नेपाली दुतावासले अहिले सम्म कुनै जानकारी नपाएको वा कुनै सुचना नदिएको बुझिन आएको छ
Hari Manandhar
Isreal

Tuesday, December 30, 2008
श्रीमानको आसामयीक निधन पछी कुवेतमा २ महिनको छोरी पत्त्नीको बिचिल्ली
१० बर्ष पहिले रोजगरिका लागि कुवैत् पुगेका ईलाम बन्जोनो ९ का श्री गौतम लावाती को यही २५ डिसेम्बर का दिन अचानक मृत्यु भयको छ । आफनो डिउटी गरिराखेको बेलामा अचानक चक्कर आयर बिहोस् भयकोले अस्पातल मा लगेको र अस्पतालमै उनीलाई मिर्त घोषणा गरेको कुरा उन्की धर्म पत्नी र साथी भाई ले जानकारी गरायका छन । श्री गौतम लावातिले २ बर्ष पहिला श्रीमती अंमाई मेर्बा लावाती सँग विवाहित बन्धनमा बादियर कुवैतमा बसोबास गर्दै आयको र २ महिना पहिला एउटा नबजात सिसु को जन्म भयको कुरा शाहपाटी र स्वयम अंमाई बताउछिन ।गौतमको पर्थिब शरीर अस्पातलमा भयको र श्रीमती र बच्चा सँग लगायको कपडा भन्दाअरु केही नहुनुको साथै खाना पिना को व्यव्स्था सोही बिल्डिङ मा बसोबास गर्ने नेपाली दाजु भाई ले मिलायको कुरा जानकारी हुन आएको छ । यो नेपाली चेलीको आमा छोरी र स्व्रागिय गौतम को पार्थीब शरीर लाई नेपाल पठाउनको लागि माउन्ट एभरेष्ट क्लब को साथीहरु अगाडि आएर यो समस्याको समाधान गर्ने जम्मर्को गर्नु भयको छ । यो चेलीहरुको उद्दार को लागि आर्थिक सहयोग गर्न सम्पुण नेपाली दाजुभाइ दिदी बहिनिहरुलाई आग्रह गर्दै प्रबास मा नेपाली चेलीबेटिको मद्घतको लागि भनी खोलियका बिभिन्न सँग सँस्थालाई अगाडि आयर आफुसक्दो मद्द्त गर्न बिनम्र अनुरोध गर्नु भयको छ । आदर्णीय नेपाली दाजु भाई दिदी बहिनिहरु यो चेली को मद्घत गर्नु हामीसबै नेपालीको कर्तब्य हो । नेपाली को नाताले मानबियताको नाताले यो चेलीको लागि मद्घत गर्नुहोस् मद्घत को लागि यो नम्बर मा संपर्क गर्नुहोस् ००९६५-९९२००२७८,९४०६९७३४,९९१०१४०८,६६९८३१३८, माउन्ट एभरेष्ट क्लब सँग संपर्क गर्नु हुन अनुरोध गर्दछौ .शिव राम पौडेलका साथ सुजन के सि कुवेट सिटी
Monday, December 29, 2008
अनुरित्त प्रश्न
उनलाई मैले चिनेको एउटा अफिसमा हो । खै के काम विशेष म मेरो साथी राजेशलाई भेटन् गएको थिए उसको अफिसमा । उनलाई त्यहा देखे राम्री लाग्यो ,हाासे ,औपचारिकता निभाए मैले । राजेशको कोठामा गए ,गफ गरे ,तर जति गफ गरे ,आफैले विर्से ,उनको निश्चल मुहार अगाडी ठोक्किन आइरहयो । त्यो दिन त्यसै वित्यो, उसको अफिसबाट घर तिर लागे ,मन नलागीकन ,उनको लिएर ।रातभर नै अनिदो भएर सोचे मलाई यो के भयो ,किन उ प्रति यस्तो सोच । केहि होइन भनेर आफैलाई सम्झाए । तर मन मानेन किन किन उ प्रति त्यसै आत्मीयता बढयो, अपरिचितमा । मनहरु त्यसै खुशी भए । के गरुा कसो गरु को अवस्थामा थिए म ,एक कप चिया बनाए , भ्fmयाल् निर बसेर बाहिर हेर्दै चिया पिउदैरहेको थिए । एक्कासी कोहि मेरो घर तिर आए जस्तो लाग्यो , विस्तारै विस्तारै । चिन्न सकिन मैले अलि नजिक आएपछि थाहा पाए त्यो राजेशको अफिसमा देखेको केटी नै रहिछ । कहाा जान लागेकी रहिछ भनेर हेरे मैले । उनी म वस्ने घर तिर नै लम्कीरहेकी थिइन । म अलमल्ल परे कतै मेरो घरमा त आउन लागेकी हो कि भनेर तर होइन रहेछ । उसको साथी मेरो घरको बगलमा बस्ने रहिछ । सायद उसलाई भेटन आएकी होला । म ढुक्क भए । त्यस दिन उ कति बेला त्यो कोठाबाट निस्कन्छे भनेर झयालमानै कुरेर बसे म । उनी लामौ मौनता पछि उनी साथीसाग फर्केर आइन ,मेरो घर तिर हेर्दै गइन् । मलाई देखि सायद उसले थाहा पाएको हुनपर्छ म त्यो घरमा वस्छु भनेर ।म त्यसै के के सोच्न थाले । बलुकीपख म तरकारी किन्न बजार गए । जादै गर्दा उनलाई पनि देखे ,सायद साथीसाग आएकी होला । बोल्न मन लाग्यो तर बोलिन । उसले हाासेर बोल्न संकेत गरिन । तर खासै बोलचाल भएन तर उनको साथी मसाग दाई के छ खबर भनेर बोल्न थालिन । ठिकै छ भनेर उत्तर दिए । एककिसिमको चिसो भयो मन । उनलाई देखेर मन हाास्यो । उसले साथीलाई जाने हैन भनेर संकेत गरिन ,म भने उ नगए हुन्थ्यो भने सोच्दथे । तर उनी हामी गयौ है भनेर गइन । मैले अवाक् हेररिहे उनको पदचाप । उसले केहि वहानामा नजर म तिर गरी ।उसले मलाई देखि ,हाासी । म मनमनै गद्गद भए ।अब के बहानामा राजेशको अफिसमा जाने भनेर सोच्न थाले । राजेशलाई म पनि तेरो अफिसमा जागीर खान्ा पर्यो भन्न गए । उसले अचम्म्ा मानेर म प्रति हेर्यो ,मैले मौन रुपमा हो भने ,सधै कति जागीर नखाने है राजेश तेरो अफिसमा म पनि जागीर खान्छु है ?उसले केहि भन्न सकेन ,मौन भयो ।उसले सोध्यो किन के कारण हो जागीर खाने भन न ?मैले भने यतिकै वस्दा दिक्क लाग्यो त्यसैले । राजेशले केहि सोचेको थिएन तर मेरो योजना उनी थिइन ,लक्ष्य बनिन उनी ,प्राप्ती का लागी ।राजेशले मेरो करा काटन् सकेन र मलाई आफनो अफिसमा एकाउन्ट हेर्न राख्यो । त्यसै वहानामा अफिसमा एउटा पार्टी पनि भयो ,म भने उनको आगमनको पर्खाइमा थिए । उनी धेरै अबेर आइ निलो कुर्ता सलवारको पहिरहनमा ,धेरै राम्री देखिएकी थिइन उनी ।उनको साथीलाई मैले छेडेर कस्ती राम्री तिम्री साथी भनेर जिस्काए ,नजिकै थिइन उनी ,लजाइन । गाजली ती आाखाहरु म्ाानौ मलाई हेर्न नै व्यस्त थिए , म पनि तिनका नयनहरुमा भिज्न व्यस्त थिए ।आज तिम्रो परिचय एकजना साग गराउनु छ भनेर राजेशले लग्यो । मैले सोधे को हो भन न ?उसले हेर्न भेटे पछि आफै थाहा पाउछास । उ मनमनै सोच्दै थियो कतै उही त होइन । के भनेर चिनाउने भयो अब यसले भनेर डरायो । उनीहरु तिनको नजिक गए ,भन्यो आभा उ मेरो साथी म अक्मक्क परे मलाई किन चिनाएको हो खै । आभा अब देखि उ पनि हाम्रो अफिसको एकाउन्टेन्ट केहि परे उसाग सहायता लिए है । म के गर्ने के नगर्ने मा परे । मैले पनि औपेचारिकता निभाउन बोले केहि शब्दहरु ।राजेशले केहि थाहा पाए जस्तो मेरो मनको विचार र उसले हामीलाई बोल्ने वातावरण बनाएर गयो ।म के बोल्ने भनेर सोच्न थाले , तर उनी अघि भएपछि मैले मेरो मनको धेरै भावनाहरु उनी सामु पोखे ,उनले पनि कति विचाहरुमा सहमती जनाइन ,ज्यादै शिष्ट थिइन ,म मनमनै धेरै हषर्ीत थिए । एक्कासी राजेश आयो म तिर भन्यो बियर नलिएका े? मैले अह Û भने । म लिन्न , सायद आभाले थाहा पाई । म उसाग उसको परिवारको बारेमा सोध्न्ा थाले वातावरण सहज बनाउनका लागी , नजिक रहनका लागी ,अपनत्वका लागी । हामी धेरै बेर बातचीत गरिरहयौ यसै बीच राजेश आयो मलाई व्यंग्य हान्न थाल्यो र भन्यो ,थाहा छ आभा जी हाम्रो साथीलाई पनि मन मिल्ने साथी खोजीदिनहोस् न आफु जस्तै राम्री । उनी अक्क न बक्क परि के भन्ने के नभन्ने । मैले हे राजेश के भनेको तिमीले ,होइन आभा जी त्यस्तो केहि होइन भन्न थाल्यो । आखीर पोल खोल्यो राजेशले भनेर उ मनमनै भन्न थाल्यो । आभाले पनि सायद सहमती जनाएकी होला त्यसैले उ मख्ख परिरही ,राजेशको कुरा सनेर । त्यस रात पार्टी पछि म घर फर्के र उनी पनि ।पर्सीपल्ट अफिसमा गए ,उनी आएको थिइन ,मन लागेन अफिसमा बस्न ,छटपटि भयो उनलाई हेर्न मन लाग्यो ।ढिलो आइन उनी अफिस ,मैले जिस्काएर यस्तो ढिलो अफिस आउन पाइएन नि भनेर भने ।उनी झस्कीन ,पछाडि म थिए उनले थाहा पाइनन् विस्तारै पछाडि हटिन् म निर ठोकिइन् ,झंसग भइन । आखाा हेर्न पनि सकिनन् उनले ,मैले सोधे यस्तो माया लाग्छ मेरो ,उनी लाजले भागीन् । केहि बोलिन म अफिसबाट उठेर हिडे ,रमाए । राजेश मलाई अफिसमा खोज्दै रहेछ त्यस दिन ।भोलिपल्ट सर हिजो कहाा भागेको भनेर जिस्कीयो ,मैल्ेा होइन अलि सञ्चो भएन भने ,उसले केहि बोलेन । दिनभर काम गरे ,साझा अफिसबाट हिडन् लागेको थिए आभाले सर म पनि जान्ो नि भनि , मैले ल आउ न त भने ।हामी बाटोमा गफ गर्दै गयौ ।थाहा नै भएन कति चाडो प्रेम गरिएछ भनेर ।घर आयो ,विछोडको समय आयो ,मन नरमाइलो लाग्यो ,उनले सर म गए ल भनी ,मैले केहि बोल्न सकिन ,निश्ब्द हेरे उनलाई । तरकारी किन्न जाने निधो गरे र जान मात्र लागेको थिए ,उनी मेरो कोठामा आइन ,ल कहाा जान लागेको तपााइ म तपााईलाई भेटन् आएको भन्दै आई । म ए आउ न त भने ,हामी बस्यौ गफ गर्न लाग्यौ ।समय वितेको थाहा भएन ,रात परेछ ,म उसको घर सम्म छोडन गए ,भोली भेटने वाचाका साथ ।भ्ाोलीपल्ट उनी अफिस आइनन् ,मन नरमाइलो लाग्यो । काम गरेपछि उनको घर तिर गए सरासर ,उनी एक्लै बसीरहेकी थिइन् । म उनको ढोकामा जाादा उनी छक्क परि । सर याहा ?तिमी अफिस आइनौ किन रहेछ भनेर हेर्न आएको के भयो ?होइन केहि होइन ?मन लागेन अनि त्यसैले भनी उनी उठिन ,सर बस्नुहोस् न ठिकै छ भनेर उ उठयो । केहि भए मलाई भन न त भनेर मैले भने ,खास केहि छैन भन्दै उनी म नजिक आई र भनी मलाई विहा गर्नुहोस् न । म स्तब्ध भए , म खबर गर्छुनी भनेर उ उठयो त्याहाबाट र गयो ,जाने बेलामा उनले हात समाएर मलाई एक्लो नबनाउनु है भनि रोएर । मौनता छायो त्यसबेला ,तर उसले चाहेको जस्तो भयो त्यसबेला । उ मख्ख भयो । भोलिपल्ट अफिस गएर काम गर्दा प्रशन्न थियो ,राजेशले किन यस्तो हर्ष नि भन्यो ,उसले मैले विहा गर्न लागे भनेर आभाले सुन्ने गरि भन्यो । हो र को हो त्यो भाग्यमानी ह ?उसले उत्तर मा भन्यो छे एउटी परी मेरो सपनाको ,जीवनको । राजेशले ल पार्टी कसले दिने भन्न थाल्यो ,मैले पार्टी नदिइ भएन ,अफिसमा पार्टी दिए र सबैको अघि मैले आभालाई विहा गर्ने प्रस्ताव राखे ,उनी छक्क परिन् र सहमत भइन । हामी सबै प्रशन्न्ा थियौ ।त्यस पार्टी पछि केहि दिन राजेश अफिस आएन ,किन रहेछ भनेर म उसको कोठामा गए । उ थिएन ,कहाा गएछ भनेर खोजे । रात भरी नै कोठामा आएन ,डर लाग्यो कहाा गयो भनेर । रात भर उसको कोठामा नै बसे । भोलीपल्ट अफिसमा आयो राजेश । हिजो काहा गएको त भनेर सोधे ? ए एक्लो भए भनेर हिडेको ।कस्तो नमज्ज्ाा लाग्यो म थिए नि किन एक्लो भइस् ?त अब विहा गर्ने मान्छे साग के हिडने भनेर नि ।उसले केहि कुरा लुकाएको थियो भन्ने लाग्यो मलाई । मैले सोधे उसले भनेन । मलाई शंका लाग्यो के आभा उसको प्रेमिका त होइन ?उसले राजेशलाई भन्यो त पनि विहा गर न है ?राजेशले को साग ? भन्यो । मैले आभासाग भने । उ झसाग भयो कहाा म विहा गर्ने तैले मनपराएको केटि ।मैले तेरो निम्ति यति गर्न सक्दिन न त ,तैलेे मेरो लागी यति गरिस् मलाई पनि केहि गर्न दे न अब है?मनभरी पीडा बोकेर मैले राजेशलाई आभाको जिम्म्ाा लाए । आभा छक्क परिन र भनिन यो के गरेको तिमीले ? प्रश्न अनुरित्त नै रहयो ,मौनता छायो ।
ऋचा शर्मा 'अभिब्यञ्जना'
ऋचा शर्मा 'अभिब्यञ्जना'
पत्रकारहरुको माग पूरा गर्न सरकार सहमत,आन्दोलन फिर्ता
काठमाडौं- सरकार र आन्दोलनरत पत्रकार महासंघबीच आज भएको वार्ता सहमतिमा पुगेको छ ।
सिंहदरबारस्थित सूचना तथा सञ्चार मन्त्रालयमा सञ्चारमन्त्री कृष्णबहादुर महराको टोली र पत्रकार महासंघको वार्ता टोलीबीच भएको वार्तामा सञ्चारकर्मी तथा सञ्चारगृहरुमा पूर्ण सुरक्षाको प्रत्याभूति दिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सदनसमक्ष जानकारी दिने, सरकारले प्रेस स्वतन्त्रताको ग्यारेन्टी दिने, सञ्चारकर्मी तथा सञ्चारगृहरुमा भएका आक्रमणका दोषीहरुलाई कारवाही गरि पीडितलाई क्षतिपूर्ति दिने लगायतका बिषयमा सरकार सहमतिमा पुगेको हो ।
महासंघले अगाडि सारेका माग पूरा गर्न सरकार सकारात्मक देखिएपछि महासंघले घोषित आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने जनाएको छ ।
source: www.janapukar.com

Sunday, December 28, 2008
नयाँ संविधान निर्माणमा गैह्र-आवासिय नेपालीहरुले पनि सुझाव पठाउन सक्ने
नेपाल न्यूज डटकममा प्रकाशित समाचारमा गैह्र-आवासिय नेपालीहरुले अब नयाँ संविधान निर्माणको लागि आफ्नो सुझाव पठाउन सक्ने भएको व्यहोरा उल्लेख गरिएको छ ।
उक्त समाचार अनुसार संविधान सभाको संविधान निर्माण समितिले यसका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय आईतवार गरेको थियो । उपरोक्त निर्णयानुसार ईच्छुक गैह्र आवासिय नेपालीहरुवाट प्राप्त सुझाव संकलन गर्नको लागि विभिन्न देशमा अवस्थित नेपाली नियोग तथा नेपाली दूतावासलाई जिम्मेवारी दिईएको छ । उक्त समितिले फाल्गुण १४ गतेसम्म प्राप्त भएका सुझावहरुलाई मात्र समावेश गर्ने व्यहोरा समेत उल्लेख गरेको छ ।
यसै संदर्भमा माउण्ट एभरेष्ट स्पोर्टिंग क्लव काठमाडौं कुवैत् ले पनि आफ्नो संयोजकत्वमा कुवेतमा बसोवास गर्ने सम्पूर्ण ईच्छुक महानुभावहरुको सुझाव र सल्लाह एकैसाथ संकलन गरि पठाउने अभिप्रायले सुझाव संकलन कार्य शुरु गरेको हुँदा यस क्लवको ईमेल वा वेबसाईट मार्फत आफ्नो अमूल्य सुझाव यही आगामी फाल्गुण १२ गते भित्र पठाई संविधान निर्माण कार्यमा सहभागी भईदिनुहुन यस क्लव हार्दिक अनुरोध गर्दछ । साथै ईच्छुक महानुभावहरुले आफ्नो सुझाब सिधै नेपाली दूतावास रियादमा संपर्क गरि पठाउन सक्नुहुने व्यहोरा समेत जानकारी गराउंदछौं ।
धन्यवाद ।
माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब काठमाडौं, कुवैत्
www.kuwaitnepal.wordpress.com

के होला त वलात्कारमा परेकी चेलीबाट जन्मेकी बालिकाको भविष्य
सुजन के.सी., कुवेत
स्वर्णिम सपना, र केही गर्छु भन्ने चाहना बोकेर बिदेश पसेकी एक नेपाली चेलीको पीडायुक्त सत्यघटना हो यो , चितवन निवासी सुश्री सिता सापकोटाको । अहिले एक अन्जान नौ वर्ष कि फुल जस्ती छोरी छिन ।
दश वर्ष पहिले भारतको बाटो हुँदै कुवेत पुगेकी सिता सापकोटाको अनुसार उनी एक कुवेतीको घरमा काम गर्न पुग्छिन् । तर त्यो घरमा उनीसँग कुकृत्य हुन पुग्छ । उनको मालिकले उनलाई बलात्कर गरी त्यही घरमा नजर बन्ध गरी राख्छ । त्यस बलात्कर पछी उनी एउटी अबोध बालिकाको आमा बन्न पुग्छिन । बच्चा जन्मिएको तीन महिना पछी एकजना भारतीय नागरिकको सहयोगबाट त्यहाँबाट भागेर सहयोग पाउने हेतुले भारतीय दुताबासमा पुग्छिन ।तर त्यहाँबाट पनि कुनै मद्धत नहुने भएपछी उनी एक नेपाली समाजसेबिसँग गएर कुवेतको अदालतमा उजुरी गर्छिन । नौ बर्ष भयो आज सम्म पनि केस अदालतमै, लामो स्वास तान्दै वताइन, उनले । उनी एउटी अन्जान नारी भएको कारणले गर्दा न्याय नपाएको र नेपाली दुताबासले पनि कुनै किसिमको सहयोग नगरेको गुनासो पोख्छिन ।उनको भनाइ अनुसार विना कसैको सहयोग आफु एक्लै मुद्धा लडिरहेकी छिन् ।
हालै कुवेटत सरकारले गैरकानुनी तरिकाले बसोबास गरेका बिदेशी नागरिकहरुलाई घर फर्किने अवसर दिएको छ यतिवेला सिता पनि आफ्नो छोरी अर्बिधालाई साथमा लिएर नेपाल जान चाहन्छिन । कुवेतको अदालतको अनुसार छोरीलाई लिएर नेपाल जान नसक्दी रहिछन । भने अर्कोतर्फ एक्ली छोरीलाई छाडेर जान चाहदिनन् उनी ।
उनी नेपाल गएर फर्केर आउने तयारीमा छिन् तर नेपाली दुताबास साउदीको एक जना अधिकारिको भनाइ अनुसार अरब देशमा गैरकानुनी रुपले बसेको विदेशी नागरिक एकपटक घर फर्के पछि पुनः फर्किन नपाउँने हुदा उनी छक्क पर्छिन । यदि सिता नेपाल गएर र्फकन पाइनन् भने यो उदाउँन लागेको ९ वर्षको छोरीको के होला -सिता भन्छिन् - म छोरी लिएर नेपाल जान मिलेपनि कहाँ जाउ ? म एउटी अविवाहित नारीले नौ बर्षको छोरी लिएर जाँदा छरछिमेकीले के भन्लान ? अनी छोडेर जानु त कहाँ, को सँग ?म माथि अत्याचार भएको छ, मैले मेरो हक अधिकार पाउनु पर्छ भन्दै कुवेतको बाटोमा घुमी राखेकी छिन ।
कुवेतमा स्थापना भएका संघसंस्थाहरुको दायित्व छैन र यि चेलीको उद्धार तथा सहयोगको लागि ? नेपाली चेलीहरुको लागि भनि खोलएका सयौं संघसंस्थाले यिनलाई सहयोग गर्न नचाहेकै हुन त ? के यी नेपाली चेलीले आपनो अधिकार पाउलिन त ? के होला त यिनीहरुको भविष्य ?
source : www.nepalisreal.net

कुवेतमा नेपाली नारीहरुलाइ पशुको भाउ खरिद र बिक्री गरिदो रहेछ
हाम्रो देशका नारीहरुको पनि बिदेश जानी लहर निकै बढेको तथ्यांकहरुले देखाएकोछ अझ भनौं समस्याहरुले प्रष्टयाएको छ । चाहे उ शिक्षित होस् या सामान्य साक्षर । बिदेश गएर केही पैसा कमाएर स्वदेश फर्केर खुशी जिबन बिताउने सुनौलो सपना बोकेर खाडी मुलुक कुवेत नगरिमा पुगेका छ्न, धेरै त । नेपालबाट दलाल, मेनपावरसँग ठगिदै भारतको बाटो हुँदै, आफनो मातृभूमी घरपरिबार सबैलाई छोडेर खाडी मुलुक पुग्छन। त्यहाँ पुग्ना साथ दलालकोमा भेडा बाख्रा जस्तै थुनिन पुग्छ्न ।
धेरै नेपाली कामदारलाई कुवैति मालिक र त्यहाँकै लोकल मेनपावरको मान्छेले कुटपिट गरेको, कामगरेबपत तलब पनि नदिएको धेरैको गुनासो छ । म लगायत नेपाली दुताबासबाट आउनुभएको एकजना अधिकारी तथा प्रवासी नेपालीहरुको डोकुमेन्ट्री फिल्म बनाउन आएका अमेरिकि नागरिक तथा माउन्टएभरेष्ट क्लबका साथीहरु कुवेतको मेनपावरमा पुगेका थियौं । त्यो १२ तलको घरमा १५० भन्दा धेरै हाउसमेटको काम गर्ने मेनपावर रहेछ ।
त्यो मेनपावरमा यस्तो किसिमको माहौल थियो कि हामी त्यसको बारेमा सोच्न त के कल्पना पनि गर्न सक्दैनौ । त्यहाँ त एउटा नारीले अर्को नारीलाई भेडावाख्रा सरह खरिद र बिक्री गर्दा रहिछ्न । अब्राहम लिङनले अमेरिकाबाट मानव दासताको अन्त्य गरेको निकै लामो समय भएपनि खाडी मुलकुमा यी यावत रितमिाथि टेवा दिने काम अझै बाँकी रहेछ नै ।
हेर्दा हेर्दै २५ देखी ३० जना महिलालाई अघी पछी पाले बसेर मेनपावरको भित्रपटि लाइनसँग उभिएको देख्दा मलाई कता कता दसैंको बेलामा तिब्बतबाट खशी र भेडा भित्रिएको याद आउँछ । एकैछिनमा एक कुवेट साउसाउनी आए सबैलाई हेरेपछी एकजनालाई मन पराउछन् । ती महिलालाई आफ्नो घरमा कामगर्न लगेबापत मेनापावरलाई ३५० कुवेती रुपैयाँ (डिनार) दिनुपर्दो रहेछ करिव नेपाली रुपैयाँ ९५,०००।
धेरैबेरसम्म कसाहीले पशु बेचेजस्तै गरी मोलतोल भयो । ती विचरी नारीको जिन्दगी त पशुको भन्दा पनि लाचार रहेछ भन्ने मलाई लाग्यो ।अनी कुवेती साउसाउनीले घरमा काम गराउन लिएर जान्छन त्यतिमात्रै कहाँ हो र त्यसै बिच हामीले अर्को महिला को दुर्दशा देख्यौं। ति महिलालाई मेनपावरको मान्छे र कुवेती साउसाउनिले कुटपिट गरिराखेका थिए । महिला चिच्चाईचिच्याई रोइरहेकी थिइन । यो देखेर हामीले पनि बुझन कोशीस गर्यौं । ति महिला पनि यसरी नै बेचियर एक कुवेती परिवारमा पुगेकि रहिछ्न । कुवेतिको घरबाट २ महिना अघि भागेर उनलाई कुवेतीको घरमा पठाउँने म्यानपारमा समस्या लिएर आएकी रहिछिन । ति महिलाले रुदै भनिन - बिहान उज्यालो भएदेखि रातिको २,३ बजेसम्म कामगर्नु पर्ने, जती काम गरे पनि गाली गर्ने, जतिबेला पनि खाना नमिठो भयो भन्ने, आफुले खाएको जुठो खाना दिने, दिनरात काम गरी एक्छिन सुतौ भने पनि पाहिदैन किनकि ........... उनी त्यहाँ केही भन्न चाहन्छिन । बिचरा कसरी भनून यो भन्नको लागि उनीसँग शब्द छैन । धेरै समय लिएर आफनो सिर निउराउँदै रुदै भनिन, "त्यो घरमा साउको बिस्तारा पनि बन्नु पर्छ "।
सन्योगबस यो मेनपावरकि दलाल पनि नेपाली महिला नै रहिछन । त्यसैवीच ति नेपालबाट आएका अमेरिकिन नागरिकले दाँयाकोखाको अफिस मा १६,१७ बर्ष कि नेपाली केटी रुदै गरेको देखेर उनीसँग सोधे - के भयो ? उनी रुदै भन्छिन- म संग नेपालबाट आएकी साथीलाई फोन गरेको साउनिले भेटायो अनी मलाई कुटपिट गरी अफिसमा फिर्ता गर्न लिएर आयो ।
यो सुन्दा ति अमेरिकि त छक्क पर्छ्न अनी सोध्छ्न - के यहाँ फोनमा कुरा गर्न पनि पाहिदैन् ? यहाँ कानुन/पुलिश छैन ? त्यसको प्रतिउत्तर लामो समयदेखि कुवेतमा काम गर्नुहुने साथीले दिनुभयो - यहाँ घरमा काम गर्ने महिलाको लागि कानुन/पुलिश त के मानबियता पनि छैन । यो देख्दा मेरो आँखाबाट आँशु खस्यो, मुटु छियाछिया भयो मैले ति साउदीबाट आउनुभएको अधिकारी तर्फ हेरे ....... ती अधिकारी भन्नु हुन्छ "हामी जहाँ जान्छु यस्तै बियोग देख्छौ हामीले भनेको सरकारले सुन्दैन" के गर्नु । हामी सँगै जानु भएका माउन्टएवेर्सट् क्लवका साथी भन्नु हुन्छ - नारीहरुलाई बिदेश जान रोक लगाउँनु पर्दछ, बरु साग र सिस्नु खानु , फाटेको टालेको लगाउनु तर बिदेश नजानु, हामी सबै मनिलो मुख बनाएर एक अर्कोलाई हेर्दै त्यताबाट बाहिर निस्क्यौं ।
यी सब हुँदाहुँदै पनि हजारौं नेपाली विदेसिन बाध्य भएका छन् । दिनरात बलात्कृत भएका छन, काम गरेबापत पारिश्रमिक पनि पाउँदैनन् । कुवेतमा यस्ता पिडा खेपिरहेका र नेपाल फर्कन चाहने ५ सय महिलाहरुलाई नेपाली दुतावास साउदीले ट्रयावल डकुमेन्ट प्रदान गरेको छ । धन्यवाद, नेपाली दुतावास साउदी अरेविया ।
अव त देश परिवर्तनको संघारमा छ, देशले एउटा नयाँ शक्ति पाएको छ, यस अवधिमा यो नयाँ सरकारले खाडीमा रोजगारी गर्ने आम नेपालीहरुको पक्षमा वकालत गर्नेछ, वैदेशिक रोजगारका खातिर विदेसिने आम नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमाथि वैदेशिक रोजगारका नीतिनियमहरु तर्जुमा हुनेछन् । वैदेशक रोजगारमा जाने महिलाहरुको लागि गाँस वास तथा सुरक्षाको ग्यारेन्टी यो सरकारले पहल गर्नेछ । सम्बन्धित देश, एजेन्ट वा म्यानपावरहरुलाई सहज बनाउँने र एउटा नीतिनियमभित्र बाँधेर रोजगारीका अवसरहरुलाई प्रोत्साहान गर्ने ठूलो दायित्व यो सरकारको काँधमा छ ।
Sujan k.c
suajna912@yahoo.com
Kuwait

Subscribe to:
Comments (Atom)