सुजन के.सी., कुवेत
स्वर्णिम सपना, र केही गर्छु भन्ने चाहना बोकेर बिदेश पसेकी एक नेपाली चेलीको पीडायुक्त सत्यघटना हो यो , चितवन निवासी सुश्री सिता सापकोटाको । अहिले एक अन्जान नौ वर्ष कि फुल जस्ती छोरी छिन ।
दश वर्ष पहिले भारतको बाटो हुँदै कुवेत पुगेकी सिता सापकोटाको अनुसार उनी एक कुवेतीको घरमा काम गर्न पुग्छिन् । तर त्यो घरमा उनीसँग कुकृत्य हुन पुग्छ । उनको मालिकले उनलाई बलात्कर गरी त्यही घरमा नजर बन्ध गरी राख्छ । त्यस बलात्कर पछी उनी एउटी अबोध बालिकाको आमा बन्न पुग्छिन । बच्चा जन्मिएको तीन महिना पछी एकजना भारतीय नागरिकको सहयोगबाट त्यहाँबाट भागेर सहयोग पाउने हेतुले भारतीय दुताबासमा पुग्छिन ।तर त्यहाँबाट पनि कुनै मद्धत नहुने भएपछी उनी एक नेपाली समाजसेबिसँग गएर कुवेतको अदालतमा उजुरी गर्छिन । नौ बर्ष भयो आज सम्म पनि केस अदालतमै, लामो स्वास तान्दै वताइन, उनले । उनी एउटी अन्जान नारी भएको कारणले गर्दा न्याय नपाएको र नेपाली दुताबासले पनि कुनै किसिमको सहयोग नगरेको गुनासो पोख्छिन ।उनको भनाइ अनुसार विना कसैको सहयोग आफु एक्लै मुद्धा लडिरहेकी छिन् ।
हालै कुवेटत सरकारले गैरकानुनी तरिकाले बसोबास गरेका बिदेशी नागरिकहरुलाई घर फर्किने अवसर दिएको छ यतिवेला सिता पनि आफ्नो छोरी अर्बिधालाई साथमा लिएर नेपाल जान चाहन्छिन । कुवेतको अदालतको अनुसार छोरीलाई लिएर नेपाल जान नसक्दी रहिछन । भने अर्कोतर्फ एक्ली छोरीलाई छाडेर जान चाहदिनन् उनी ।
उनी नेपाल गएर फर्केर आउने तयारीमा छिन् तर नेपाली दुताबास साउदीको एक जना अधिकारिको भनाइ अनुसार अरब देशमा गैरकानुनी रुपले बसेको विदेशी नागरिक एकपटक घर फर्के पछि पुनः फर्किन नपाउँने हुदा उनी छक्क पर्छिन । यदि सिता नेपाल गएर र्फकन पाइनन् भने यो उदाउँन लागेको ९ वर्षको छोरीको के होला -सिता भन्छिन् - म छोरी लिएर नेपाल जान मिलेपनि कहाँ जाउ ? म एउटी अविवाहित नारीले नौ बर्षको छोरी लिएर जाँदा छरछिमेकीले के भन्लान ? अनी छोडेर जानु त कहाँ, को सँग ?म माथि अत्याचार भएको छ, मैले मेरो हक अधिकार पाउनु पर्छ भन्दै कुवेतको बाटोमा घुमी राखेकी छिन ।
कुवेतमा स्थापना भएका संघसंस्थाहरुको दायित्व छैन र यि चेलीको उद्धार तथा सहयोगको लागि ? नेपाली चेलीहरुको लागि भनि खोलएका सयौं संघसंस्थाले यिनलाई सहयोग गर्न नचाहेकै हुन त ? के यी नेपाली चेलीले आपनो अधिकार पाउलिन त ? के होला त यिनीहरुको भविष्य ?
source : www.nepalisreal.net
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment