डिसेम्बर ३०, इजरायल
इजरायल र गाजा बीचको आक्रमणको आज चौथो दिन दुवै तर्फबाट रकेटबम तथा हवाइ आक्रमण जारी छ । इजरायलले गाजाको महत्वपूर्ण भवनहरू, स्लामिक कलेजहरू र हमास बस्ने गरेका सुरक्षित स्थानहरूलाइ निशाना गर्दै हवाइ आक्रमण गरेको छ भने गाजा तर्फबाट केहि लामा दुरीका क्षेप्यास्त्र प्रयोग गरिएको छ । उक्त क्षेप्यास्त्र इजरायलको किरात मलाखी तथा दक्षिणको बेरसेवा सम्म करीव ४२ कि.मीको दुरीमा खसालिएको छ । गाजापट्टीबाट रकेटबम आक्रमणलाइ नरोकेसम्म इजरायलले आफ्नो सैनिक कारवाही जारी राख्ने इजरायली सैनिक अधिकारीले जनाएका छन् । साथै इजरायली सैनिक अधिकारीका अनुसार यो आक्रमण गाजा बिरूद्धको शुरूवात मात्र हो भनेका छन् । करीव एक हप्ता हवाइ आक्रमण गरेपछि स्थल कारवाही अगाडि बढाउने समेत जनाएका छन् ।
इजरायलमा भएको यस घटनाको चौतर्फी विरोध भैरहेको र इजरायलमा कामदार पठाउने देशहरूबाट आफ्ना कामदारहरूलाइ सुरक्षित रहन समेत आग्रह गरेका छन् । यसै क्रममा थाइ राजदुताबासले थाइ कामदारहरूलाइ कुनै पनि समयमा इजरायल छोड्न पर्ने अवस्था सिर्जना भएमा सो का लागि तयार रहन आग्रह गरेको छ ।
तर गाजापट्टीको नजीक काम गर्ने नेपाली तथा अरू विदेशी कामदारहरूको स्थितिको बारेमा कुनै पनि सरकारहरूले चासो नदेखाएको उक्त क्षेत्रमा काम गरिरहेका कामदारहरूको गुनासो छ । इजरायलले गाजाको नजीकै करीव २ कि.मी देखि करीव २० कि.मी सम्मका क्षेत्रलाइ असुरक्षित क्षेत्र घोषणा गरेको भएता पनि उक्त क्षेत्रमा हालसम्म विदेशी कामदारहरूले काम गरिरहेको पाइएको छ ।
नेपाली कामदारहरू पनि उक्त क्षेत्रमा काम गरिरहेको तर नेपाल सरकार तथा नेपाली दुतावासले अहिले सम्म कुनै जानकारी नपाएको वा कुनै सुचना नदिएको बुझिन आएको छ
Hari Manandhar
Isreal
Wednesday, December 31, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment