Sunday, December 28, 2008

नयाँ संविधान निर्माणमा गैह्र-आवासिय नेपालीहरुले पनि सुझाव पठाउन सक्ने

नेपाल न्यूज डटकममा प्रकाशित समाचारमा गैह्र-आवासिय नेपालीहरुले अब नयाँ संविधान निर्माणको लागि आफ्नो सुझाव पठाउन सक्ने भएको व्यहोरा उल्लेख गरिएको छ ।
उक्त समाचार अनुसार संविधान सभाको संविधान निर्माण समितिले यसका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय आईतवार गरेको थियो । उपरोक्त निर्णयानुसार ईच्छुक गैह्र आवासिय नेपालीहरुवाट प्राप्त सुझाव संकलन गर्नको लागि विभिन्न देशमा अवस्थित नेपाली नियोग तथा नेपाली दूतावासलाई जिम्मेवारी दिईएको छ । उक्त समितिले फाल्गुण १४ गतेसम्म प्राप्त भएका सुझावहरुलाई मात्र समावेश गर्ने व्यहोरा समेत उल्लेख गरेको छ ।
यसै संदर्भमा माउण्ट एभरेष्ट स्पोर्टिंग क्लव काठमाडौं कुवैत् ले पनि आफ्नो संयोजकत्वमा कुवेतमा बसोवास गर्ने सम्पूर्ण ईच्छुक महानुभावहरुको सुझाव र सल्लाह एकैसाथ संकलन गरि पठाउने अभिप्रायले सुझाव संकलन कार्य शुरु गरेको हुँदा यस क्लवको ईमेल वा वेबसाईट मार्फत आफ्नो अमूल्य सुझाव यही आगामी फाल्गुण १२ गते भित्र पठाई संविधान निर्माण कार्यमा सहभागी भईदिनुहुन यस क्लव हार्दिक अनुरोध गर्दछ । साथै ईच्छुक महानुभावहरुले आफ्नो सुझाब सिधै नेपाली दूतावास रियादमा संपर्क गरि पठाउन सक्नुहुने व्यहोरा समेत जानकारी गराउंदछौं ।

धन्यवाद ।

माउन्ट एभरेष्ट स्पोर्टइङ क्लब काठमाडौं, कुवैत्
www.kuwaitnepal.wordpress.com

No comments: