Monday, December 29, 2008

पत्रकारहरुको माग पूरा गर्न सरकार सहमत,आन्दोलन फिर्ता

काठमाडौं- सरकार र आन्दोलनरत पत्रकार महासंघबीच आज भएको वार्ता सहमतिमा पुगेको छ ।

सिंहदरबारस्थित सूचना तथा सञ्चार मन्त्रालयमा सञ्चारमन्त्री कृष्णबहादुर महराको टोली र पत्रकार महासंघको वार्ता टोलीबीच भएको वार्तामा सञ्चारकर्मी तथा सञ्चारगृहरुमा पूर्ण सुरक्षाको प्रत्याभूति दिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सदनसमक्ष जानकारी दिने, सरकारले प्रेस स्वतन्त्रताको ग्यारेन्टी दिने, सञ्चारकर्मी तथा सञ्चारगृहरुमा भएका आक्रमणका दोषीहरुलाई कारवाही गरि पीडितलाई क्षतिपूर्ति दिने लगायतका बिषयमा सरकार सहमतिमा पुगेको हो ।

महासंघले अगाडि सारेका माग पूरा गर्न सरकार सकारात्मक देखिएपछि महासंघले घोषित आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने जनाएको छ ।

source: www.janapukar.com

No comments: