Friday, October 10, 2008

दुरी बढ्यो की

आज किन आफंतले चिन्न छाडे
कतै दुरी पो बढ़यो की
मलाइ बुझ्नै गाह्रो भो
हिड्दा हिड्दै बाटोमाँ कतै गल्ती पो गरे की ॥
खै कतै उनिहरु नै बसाई सरेर धेरै टाढा पुगिसके की
म अचम्मै परे
कतै सड़कमाँ चक्काजाम भैदियो की
अझै पनी म खोज्दै छू
उनीहरुलाई कतै बाटो बिर्सियकी भनेर
तर लुक्दैछन
उनिहरु हुन सक्छ
यो अभागिलाई साथ नदिऊ भनेर
कता कता मुटु जल्छ
मनमा ब्यथा बढे जस्तो
अब खोज्न छाडी दिन्छु
मेरो मन नि छैन सस्तो॥

नेत्र प्रसाद शर्मा
बागलुंग
हाल माल्दिभ्स

Thursday, October 9, 2008

माल्दिभ्समा पहिलो पटक बहुदलीय पद्दतिको राष्ट्रपतिय चुनाब

माउमूम अब्दुल गयूम ले माल्दिभ्समा बिगत ३० बर्ष देखि लगातार शासन चलाउदै आउनु भयको छ। अहिले उहाको प्रतिदोन्दिमा अन्य ५ जना उम्मेदबारहरूले हिजो भयको चुनाबमा प्रतिस्पर्दा गरेका थिय। अहिले सम्मको परिणाम हेर्दा गयुमको प्रमुख प्रतिदोन्दिमा माल्दिभ्स डेमोक्रेसी पार्टी का महम्मद नासीद रहेका छान । अहिले सम्मको परिणाम अनुसार गयूम ले ३९.८१% अथवा ५७४९५ भोट र महम्मद नासीदले २५.४२% अथवा 36709 भोट प्राप्त गरेका छान मत गणना जरी छ। अहिले सम्म ३११ भोट बक्सहरु गनिसकियको छ भने जम्मा ८४ भोट बक्सहरु गन्न बाकि रहेको यहाको मतदान कार्यालयले जनायको छ । तर यहाँ को नियम अनुसार यदि कुनै पनी उम्मेदबारले ५०% भोट प्राप्त नगरे पुन निर्बाचन गर्ने प्राबधान छ।

Netra .P.Sharma
Maldives

(source from http://nabanetra.blogspot.com )
--

Wednesday, October 8, 2008

Gayatri Mantra

Word to Word Meaning of Gayatri Mantra II
Aum-Almighty God
Bhoor-Embodiment of vital or spiritual energy
Swah-Embodiment of Happiness
Tat-That (Indicating God)
Savitur- Bright, Luminous, like Sun
Varenyam- Supreme, Best
Bhargo- Destroyer of Sins
Devaahsaya- Divine
Dhimahi- May receive
Dheeyo- Intellect
Yo-Who
Nah -Our
Prachodayat -May inspire

mantra

II The Devi Mantra II
Ya Devi Sarva Bhutesu Maa rupena samsthita I
Ya Devi Sarva Bhutesu Shakti rupena samsthita I
Ya Devi Sarva Bhutesu Buddhi rupena samsthita I
Ya Devi Sarva Bhutesu Laxmi rupena samsthita I
Namestasyai II Namestasyai II Namestasyai II
Namo Namah II

HAPPY DASAHARA AND DIWALI 2065

I WANNA WISH EVERYONE OUT THERE INSIDE AND OUTSIDE THE COUNTRY A ESPECIAL WISHES AND PROSPERITY 2065.

REECHA SHARMA TIWARI

गैरआवासीय नेपाली संघले गैरआवासीय नेपाली दिवस मनाउंदै

गैरआवासीय नेपाली संघले प्रत्येक वर्ष अक्टोवर महिनाको उपयुक्त एक दिनमा गैरआवासीय नेपाली दिवस मनाउँदै आएको हो । गैरआवासीय नेपाली दिवस विभिन्न मुलुकमा त्यहाँको गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद र नेपालमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्णयबाट मनाइने प्रचलन छ । यो वर्ष गैरआवासीय नेपाली दिवस "स्थानीय रुपान्तरणमा गैरआवासीय नेपाली" भन्ने नाराका साथ मनाइदै छ । यो वर्ष नेपालमा हुने मूख्य कार्यक्रम २७ असोज २०६५ सोमवार तद अनुसार १३ अक्टोवर २००८ का दिन जनकपुरमा आयोजना हुदैछ । जनकपुर उद्योग वाणिज्य संघको स्थानीय आतिथ्यतामा आयोजना हुने कार्यक्रमको प्रमुख अतिथि सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यू हुनु हुने कार्यक्रम छ । यो दिन हुने गोष्ठीमा विशेष रुपमा स्थानीय रुपान्तरणमा गैरआवासीय नेपालीहरुको भूमीकामा केन्द्रीत हुनेछ । यस कार्यक्रममा नेपाल सरकारको विज्ञान तथा प्रविधि मन्त्री, स्थानीय विकास मन्त्रीका साथै विभिन्न राजनैतिक दलका युवा नेताहरुको समेत सहभागिता रहने छ । गैरआवासीय नेपाली दिवसकै अवसरमा सिराहाको कर्जन्हामा सामुदायिक परोपकारी अस्पतालको शिलान्यास र सिराहा कै बन्दीपुरमा श्री नेपाल रष्ट्रिय फूलकुमारी महतो उच्च माध्यमिक विद्यालयको उदघाटन सम्माननीय प्रधानमन्त्रीज्यूबाट हुने कार्यक्रम छ । स्मरण रहोस विद्यालयको भ्रमण निर्माण यस संघका अध्यक्ष डा. उपेन्द्र महतो को परिवारको संलग्नतामा स्थापित स्व. फूलकुमारी महतो ट्रष्ट बाट भएको हो र अस्पतालको निर्माण पनि यसै ट्रष्ट बाट हुने छ । साथै विरगंजमा यसै दिवसका उपलक्ष्यमा राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना हुँदै छ । यस्तै चितवन काठमाडौं लगायत नेपालका अन्य ठाउँमा र विश्वका विभिन्न मुलुकमा कार्यक्रम हुने छन् । साथै गैरआवासीय नेपाली संघको प्रतिनिधि मंडलले सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख लगायत विभिन्न दलका नेताहरुलाई भेट्ने र दोहोरो नागरिकता लगायत गैरआवासीय नेपालीहरु सम्बन्धमा ऐनमा आवश्यक परिमार्जनको विषयमा प्रस्तुत गर्ने छ ।गैरआवासीय नेपाली दिवसमा गैरआवासीय नेपाली संघका पदाधिकारी एवं गैरआवासीय नेपाली प्रतिनिधिहरु र २० भन्दा बढी देशका करीव ६० जना गैरआवासीय नेपालीहरुको सहभागिता रहनेछ । साथै यस क्षेत्रबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सभासदहरु एवं स्थानीय उद्योगपति, व्यापारीहरु र अन्य विशिष्ट अतिथिहरुको सहभागिता रहने छ । गैरआवासीय नेपाली दिवसको आयोजनाको सम्पूर्ण तयारी पुरा भैसकेको छ ।

source : NRNA
Reecha sharma Tiwari
Back

Monday, October 6, 2008

महिलाका कुरा ः बढि पिडित हुने वर्ग,दोहोरो मारमा महिला

नेपालका न्यायलयहरु भ्रष्ट भएको कारण आज देशका कतिपय जनताहरुले पीडा सहन वाध्य छन् । न्याय पाउनाका खातिर मानिसहरुले अनावश्यक कष्ट भोगीरहेको तथ्यहरु स्वीकारेका छन् सेवाग्राहीहरुले । आज आएर अदालत र वकिल भने पछि मानिसहरुमा अविश्वास र भ्रम पैदा हाुदै गएको पाइएको छ । एउटा मुद्दाको निम्ति सेवाग्राहीहरुले तोकिएको भन्दा अनावश्यक रुपमा आर्थीक भार सहिरहेका छन् भने अर्को तिर न्याय कहिले पाउने भने कनै टंुगो भने हुन्न । त्यसैले न्याय पाउनका लागी समय सीमा कति छ त केहि लेखाजोखा भने छैन त ?
त्यसो त अदालतमा फााटवाला देखि वकिल र न्यायधिशहरु सवै नै आर्थीक हिनामिना एवं घुसखाने प्रवृत्ती साग जोडिएका हुन्छन् भन्ने कुरा हिजोका दिनहरुमा नै सञ्चारमाध्यमबाट नै प्रमाणित भएको छ नत्र सर्वोच्च्ा अदालत जस्तो देशको ठलो न्यायलयमा सिडि प्रकरण हुने थिएनन् । त्यसैले भनिन्छ वकिलले कालोलाई सेतो र सेतोलाई कालो बनाउन सक्छ सजिलो साग । पत्यार नलाग्न सक्ला तर पनि अनुसन्धान गर्न सकिन्छ.। अदालतका वाहिरी ढोका देखि भित्री फााटवालाको भ्fmयाल् सम्म घुसको गन्ध आइनैरहेको हुन्छ । कुनै एउटा सेवाग्राहीको फौजदारी वा दिवानी मुद्दा छ भने त्यो मुद्दाको शरुवात्का क्रममा र्दता गर्ने , कागजातहरुको नक्कल फोटोकपि लिने देखि लिएर त्यो मुद्दा प्रतिवादीको घर पठाउने क्रम बाट नै रकम असुली एवं घुसको प्रचलन शुरु हुन्छ मुद्दाको किनारा नलागेसम्म्ा को प्रचलन हो य।े । तर मुद्दा कहिले किनारा लाग्छ भने एकिन हुन्न । चाहे त्यो सर्वोच्च ,पुनरावेदन, जिल्ल्ाा अदालतमा नै किन नहोस् । यसरी यदि आफुले -काम छिटो गराउनका लागी गर्ने आर्थीक सहयोग फााटवालाको भाषामा) गरेको खण्डमा भने कामहरु फटाफुट हुन्छ नत्र त्यो काम महिनौ ,हप्तौ लाग्ने वा हराएको , खोज्दै छौ फाइल आएको छैन भन्ने जस्ता नाटकिय स्वरहरु पनि सुन्न पाइन्छन् । अनि कसरी हामीले सोच्न सक्छौ त न्यायलयले न्याय दिन्छ भनेर अनी भन्न मनलाग्छ न्यायलय त जनतालाई कंगालपति बनाउने एउटा ठलो भाडो हो , यो त्यो जुवा हो जीवनको जसले एउटाको जीवन बर्बाद गरेर अर्कोलाई न्याय दिन्छ । अनि त्यस्तो न्यायको के मतलब भयो ,कति सास्ती खेप्न पर्छ न्याय पाउनका लागी ,के त्यसो हो भने गरिबले भने न्याय नै नपाउने त ,न्यायका लागी लडदा ठोकिन्छ , पछारिन्छ , के के हुन्छ लामो समय लाग्छ भनेर हतोत्साहि हुन भने हदैन् ,त्यसो हाुदा विपक्षीले कमजोर ठान्छ । यस्तो अवस्थामा मानिसहरुले न्याय पाउनका सट्टा न्याय गुमाउन पनि सक्छन् जुन कुरा होस् गर्नुपर्दछ । यसो हेर्दा यहाका अदालतहरुमा यहाा त वकिल , न्यायधिश , फााटवालाको मिलोमत्तोमा ठलो भ्रष्टाचार मौलाउदै आएको देखिएको छ ।
उदहरण जस्तै ः अस्ती भर्खर एकजना वरिष्ठ वकिलले अधिकाश न्यायलयहरुले भ्रष्टाचारीहरुलाई प्र्रश्रेय दिएको वा अग्रसर गराएको भन्ने आशय व्यक्त गर्नुभएको थियो वास्तवमा त्यो सहि थियो तर उहृााको यो सत्य वकिलहरुले नै मान्न्ा तयार भएनन् ,उहाालाई यस्तै आशय प्रकट गरेको सम्बन्धमा छ महिना वार र वेञ्चमा समेत बकालत गर्न समेत निषेध गरेको भनिएतापनि आखीर भ्रष्टाचार भएको कुरा सत्य नै भएकोले , उहााले प्रकट गरेका विचारहरुले सहमती पाएका हुन सक्ने का कारण नै उहााले फेरी बकालत गर्न पाउने हुनु भयो ।

महिलाका कुरा ः बढि पिडित हुने वर्ग,दोहोरो मारमा महिला

यदि तपााइ महिला हो भने त झन् मुश्किल पर्छ न्याय पाउनका लागी । महिलाहरुमा वाहिरी ज्ञान कम हुन्छ , अभ्fm यस्ता अदालतको प्रकियाहरु सम्बन्धी ज्ञान भने हुनु आवश्यक छ नत्र महिलाहरुलाई जे भने पनि पत्याउने भनेर अनेक जालसाजी गर्न सक्छन् त्यहााका चल्तापुर्जा कर्मचारीहरुले । त्यसबेलाका हरेक क्षणहरु निल्नु न ओकल्नुको हन्छ । महिलाहरु माथी धेरै लाञ्छाना लाग्ने सम्भावनाहरु ब्ाढछ् अनि त्यो महिलाको सामाजीक , निजि जीवनमा एकप्रकारको त्रास फैलिरहेको हुन्छ , कसले के भन्ला , के र्गला ,आदि आदि । नचाहिने कुरामा फसाएर चरित्र हत्या गर्न समेत विपक्षीहरु प्ाछि पदैनन् । त्यसै एकअर्का कसको के दोष देखाउन सकिन्छ भनेर चियोचर्चो गरेर बसेका पनि हुन्छन् । यो समय महिलाको लागी ज्यादै कष्टप्रद रहन्छ । उसको सामाजीक र निजि जीवन नै तहसनहस गर्न तत्पर रहन्छन् ,त्यसबेला अनेक लाञ्छानाहरु सुन्न्ा तयार हुनुपर्छ । त्यसैले आजका हरेक महिलाहरुले यदि कानुनी प्रकि्रयामा अल्झेको छ भने कानुन सम्बन्धी ज्ञान त ज्यादै नै आवश्यक ठानिन्छ ,जसले एउटा महिला ठगिन बाट बच्न सफल हुन्छ र आफु खरो तरिकाले मैदानमा भिडनु पर्दछ न्याय पाउनका लागी । भनिन्छ वकिलहरुबाट नै कति महिलाहरु शोषणमा परेका हुन्छन् । समय सममा दक्षिणा दिनु पर्ने उनीहरु हामीलाई न्याय दिलाउने देवता हुन कि भने जस्तो गरेर । हरेक समय उनीहरुलाई चित्त बुझाएर राख्न पर्ने देवतालाई झैं । त्यसो त अदालतमा बोल्नका लागी पनि होशीयार हुनु पर्ने रे Û फााटवालाहरु साग कसरी वोल्ने , वकिलहरु साग कसरी नापतौल गरेर वोल्ने , न्यायधिश समक्ष पेश हादा कसरी बोल्ने आदी आदी । महिलाहरुलाई कतिपय वकिलहरुले पनि ब्लाकमेल गरिरहेका समेत सुन्नमा आएको छ । त्यसैले महिलाहरुले अदालती काम कार्वाही तर्फ ज्यादै संवेदनशील हुनु जरुरी छ आजको समयमा ।यतिका समय सम्म कसैले यो विषय नउठाएको तर उहाा एकजनाले मात्र यो विषय उठाउनका मतलब के थियो त ?के ती सबै वकिलहरुले पनि त्याहि कोटामा प्रश्रय पाइरहेका थिए त ?हुन त वकिलहरु आफै नै काम छिटो होस् भन्दै घुस खवाउन सहयोग गरिरहेका पनि छन् । त्यसैले के त न्याय पाउन आफु पनि आर्थीक हिसाबले बलियो र घुस खवाउन सक्ने दरो मुटुको हुनु आवश्यक छ त ?के आफु घुसखोर विराधी हो भने न्यायलयमा नै नजाने त ?के यस समस्याको समाधान छ त ?के यो समस्या न्यायलयकबाट निर्मुल हन्छ त ?के अब सबैले सहज रुपमा न्याय पाउाछन् त ?प्रश्न अनुत्तरित तर उत्तर जटिल छ । यो विषय सोचनिय र वहस योग्य छ ।