Thursday, November 12, 2009

उनी भन्थीन
तिम्रो हातको सिन्दुर
लगाउने मेरो
मनको रहर
रहरै भएछ ।
उनले भने
प्रिय चिन्ता नगर
म अवश्य आउनेछु
मुटुको रगतको
सिन्दुर लगाउने छु
तिम्रो त्यो सिउँदोमा ।

Wednesday, November 11, 2009

खुशी

कतै खुशी हुने प्रयासमा
आज म
विकल्पको खोजीमा
कतै भौतारीरहेको छु
सोच्छु
त्यो खुशी कतै
म भित्र त छैन भनी
अनी आफनो मनलाई खोत्लछु
त्यहि रहेछ
मेरो खुशी त
बाहिर आउने मार्ग नभेटेर
मलाई नै खोज्दै रहेछ ।

Monday, November 9, 2009

मनोभाव

विपनामा जे हुदैन
त्यहि सपनामा हुन्छ
त्यसैले विपनामा मार्ग चित्र कोरेर
तिमीले सपना देखे
विपनामा कल्पीएको
नीदमा देखेको
सपना पनि
तिम्रा पुर्ण हुन्छन् कि ?

असहज सम्बन्ध

उनीहरु वीच गहिरो सम्बन्ध थियो माया गर्दथे सर्मपण थियो मायामा धेरै माथी थिए यो जीवनमा । गम्भीर प्रकृतिको थियो उ । जीवन चाडै पचाएको मानिस झै तर लाग्दथ्यो भगवान्ले नै उनीहरुको जोडि बनाएको हो । त्यसो त धेरै वर्ष उनीहरुको मायामा बित्यो तर उनीहरु क्याम्पस पछि भेटिएनन् । ईमेल च्याटमा मात्र तर यति लामो समय सम्म यसरी माया गरे उनीहरुले कि उनीहरु सँगै नै भए जस्तो गरि । अचम्म थियो उनीहरुको सम्बन्ध । धेरै अचम्म सम्बन्धहरुको बीच असहजता थियो उनीहरुमा । त्यैपनि उनीहरु सर्मपीत थिए मायामा । जीवन चल्दै थियो आफनो रफ्तारमा उनीहरु त्यहि रफतार सँगै चल्दै थिए । विछोडको धेरै समय पछि उनी हिजो अचानक बाटोमा भेटिएकी थिई । मलिन अनुहार बोकेर हिडिरहेकि थिइन् । उसलाई लाग्यो कतै ठलो र्दुघटना नै भएको हुनुपर्छ उनको जीवनमा तर सोध्ने साहस गरेन । त्यै पनि उसको मनभरी उत्सुकता रहयो कारण जान्ने मलिनताको । सामान्य बॊॆॆॆलचाल मात्र भयो खास केहि भएन । त्यसो त आफनो मनभरी ताजा पीडा व्याप्त थियो । यही कोशिश थियो कि उनको पीडा अघि उसले आफनो पीडाहरु अनुहार बाट नझल्कीयोस् भनेर । एकदिन उनले भेटन्े अनुरोध गरिन उनको अनुरोध उसले स्वीकार गरयो । बाटोमा सामान्य बोलचाल पछि उनी पछि भेटन्े बाचाका साथ र्फकिन । तर समय वित्दै गयो उनीहरुको भेटघाट भएन । एकाएक फेरी भेटिए खुशीका पलहरु समेटिए दुवैमा तर कसलाई थाहा त्यो खुशी पीडा हुन्छ भन्ने । त्यस्तै भयो हुन पनि । सोचिन यतिका वर्ष गरेका मायाहरुबाट उनले के पाई केवल पीडा धोखा । हुन त नियती ले विछोड हुनु धोखा त होइन तर पनि उनले महसुस त्यहि गरिन । आज भेटन्े दिन थियो कतै शरहमा र भेटिए पनि उनीहरु । उसले कहि बसेर कुरा गर्न आग्रह गरे ।आग्रह स्वीकारका साथ उनीहरु कतै रोकिए र धेरै पराना स्मृतिहरु त्ााजा गर्न तर्फ लागे । स्मृतिका पल ताजा गर्ने क्रममा उनले रोकिएर सोधे ूतिमीले विहे गरयौ ू उनी अक्मक्क परिन भनीन् ू अह गरिनू तिमीले नि उनले प्रतिउत्तर गरिन उसको जवाफ आएन मौनता छायो एकछिन दवैमा एकाएक टवाल्ल परेर हेरे । उनीलाई अप्ठयारो महसुस भयो वातावरण भनिन् अब जाउ है होइन एक छिन बसौ न कति समयमा भेटेको हुन्न र लौ तिमी भन्छौ भने । किन विहे नगरेको भन्न मिल्छ कि खै भने जस्तो कोहि भेटिएन् । खोजी देउ न कोहि हुन्न र कस्तो असहज प्रश्न थियो यो तर उत्तर आएन थाहा थियो आउदैन । त्यसैले प्रश्नको उत्तर पाउने व्यग्रता थिएन उसमा । उसको मन चिसो भयो मनभरी प्रश्नले खेदन थाल्यो कसरी भन्ने भनेर । तर सकेनन् उनले बीचमै भनिन के कुरा खेलेको छ मनमा किन दोधारमा हो उनले भने होइन केहि होइन अब जाउ पनि । ल जाउ त एकछिन टाढा पुगेर रोकिन्छन् उनी मौनता चिरर्दै उसले भनयो ूमैले त विहा गरे नीू । उनी निशब्द भइन् र सुनिन मात्र ।sेहि भनिन् एकाएक आँसु झार्दै उनी अगाडि लम्किन र उ पछाडि बाट एकतमासले हेरि रहयो । उनको भावना बल्ल बुझयो ।

जीवन–मृत्यु

जीवन,
धान्नका लागि
सबैको लागि सङ्घर्ष
तिम्रो अझ विशिष्ट
सलाम छ त्यसलाई !

मूल्य,
सबैको हुन्छ
साँचेर राख
अमूल्य ती आँशुका थोपाहरु
हर्षमा पनि काम लाग्छन् !

मान्यता,
प्रेरणाको उद्गम
मान्नका लागि मात्र होइन
तोड्न पनि सक्नुपर्छ
अर्को जन्माउनका लागि !

मन,
भौतिक वा जीवशास्त्रीय अस्तित्व
मुटु कि मस्तिष्कमा ?
मनको आन्दोलनमा मनकै समर्थन
समर्पणको सफलता !

मृत्यु,
कुनै पनि बेला झ्याप्प
साझा यात्रा
शास्वत सत्य
सबको अप्रिय !

By Kedar Bhattarai

एक्लो घण्टाघर

स्थीर छ
मौन भएर
सबै माझ
तमासा बन्दैछ
आज घण्टाघर ।
कति पीडा होलान्
ऐतिहासिक घण्टाको
त्यो शरीरमा
हरेक समयको सूचना दिनका लागी
हरेक पलपलमा ठोकिन् पर्ने वाध्यता ।
न् मलम लगाउछ
न् पीडाबोध गर्छ
कस्तो सहनशील
यो घण्टाघर
त्यैपनि कहिले एक थोपा आँसु झारदैन्
सहन्छ त्यो ठोकाइको पीडा
मौन छ
स्थीर छ
त्यो एक्लो
नितान्त एक्लो घण्टाघर ।

Sunday, November 8, 2009

तिम्रो आगमन

मेरो हृदयको कुनै कुनामा
तिम्रो आगमनको आभाष हुन्छ
त्यसैले त आजकल सधै
तिम्रो सुमधर यादहरु सँगै बाच्ने गर्छु ।
लाग्छ तिम्रो यादहरु सँग सँगै
मेरो जीवनमा पनि वहार आएछ
पलपल खुशीमा रम्न खोज्छु
तिम्रो खुशीमा समाहित हुन खोज्छु ।
खै किन किन आजकल
आफैमा धेरै खुशी हुन खोज्छु
तर थाहा छैन
यो खुशी क्षणिक हो िक
निरन्तर जीवनमा हुने हो
किन हो थाहा छैन
मेरो हृदयलाई आजकल अनायशै
तिम्रो जीवनमा समाहित हुन खोज्छु
तिमीलाई आफुमा समाहित गर्न खोज्छु