स्थीर छ
मौन भएर
सबै माझ
तमासा बन्दैछ
आज घण्टाघर ।
कति पीडा होलान्
ऐतिहासिक घण्टाको
त्यो शरीरमा
हरेक समयको सूचना दिनका लागी
हरेक पलपलमा ठोकिन् पर्ने वाध्यता ।
न् मलम लगाउछ
न् पीडाबोध गर्छ
कस्तो सहनशील
यो घण्टाघर
त्यैपनि कहिले एक थोपा आँसु झारदैन्
सहन्छ त्यो ठोकाइको पीडा
मौन छ
स्थीर छ
त्यो एक्लो
नितान्त एक्लो घण्टाघर ।
Monday, November 9, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment