मेरो हृदयको कुनै कुनामा
तिम्रो आगमनको आभाष हुन्छ
त्यसैले त आजकल सधै
तिम्रो सुमधर यादहरु सँगै बाच्ने गर्छु ।
लाग्छ तिम्रो यादहरु सँग सँगै
मेरो जीवनमा पनि वहार आएछ
पलपल खुशीमा रम्न खोज्छु
तिम्रो खुशीमा समाहित हुन खोज्छु ।
खै किन किन आजकल
आफैमा धेरै खुशी हुन खोज्छु
तर थाहा छैन
यो खुशी क्षणिक हो िक
निरन्तर जीवनमा हुने हो
किन हो थाहा छैन
मेरो हृदयलाई आजकल अनायशै
तिम्रो जीवनमा समाहित हुन खोज्छु
तिमीलाई आफुमा समाहित गर्न खोज्छु
Sunday, November 8, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment