Monday, November 9, 2009
असहज सम्बन्ध
उनीहरु वीच गहिरो सम्बन्ध थियो माया गर्दथे सर्मपण थियो मायामा धेरै माथी थिए यो जीवनमा । गम्भीर प्रकृतिको थियो उ । जीवन चाडै पचाएको मानिस झै तर लाग्दथ्यो भगवान्ले नै उनीहरुको जोडि बनाएको हो । त्यसो त धेरै वर्ष उनीहरुको मायामा बित्यो तर उनीहरु क्याम्पस पछि भेटिएनन् । ईमेल च्याटमा मात्र तर यति लामो समय सम्म यसरी माया गरे उनीहरुले कि उनीहरु सँगै नै भए जस्तो गरि । अचम्म थियो उनीहरुको सम्बन्ध । धेरै अचम्म सम्बन्धहरुको बीच असहजता थियो उनीहरुमा । त्यैपनि उनीहरु सर्मपीत थिए मायामा । जीवन चल्दै थियो आफनो रफ्तारमा उनीहरु त्यहि रफतार सँगै चल्दै थिए । विछोडको धेरै समय पछि उनी हिजो अचानक बाटोमा भेटिएकी थिई । मलिन अनुहार बोकेर हिडिरहेकि थिइन् । उसलाई लाग्यो कतै ठलो र्दुघटना नै भएको हुनुपर्छ उनको जीवनमा तर सोध्ने साहस गरेन । त्यै पनि उसको मनभरी उत्सुकता रहयो कारण जान्ने मलिनताको । सामान्य बॊॆॆॆलचाल मात्र भयो खास केहि भएन । त्यसो त आफनो मनभरी ताजा पीडा व्याप्त थियो । यही कोशिश थियो कि उनको पीडा अघि उसले आफनो पीडाहरु अनुहार बाट नझल्कीयोस् भनेर । एकदिन उनले भेटन्े अनुरोध गरिन उनको अनुरोध उसले स्वीकार गरयो । बाटोमा सामान्य बोलचाल पछि उनी पछि भेटन्े बाचाका साथ र्फकिन । तर समय वित्दै गयो उनीहरुको भेटघाट भएन । एकाएक फेरी भेटिए खुशीका पलहरु समेटिए दुवैमा तर कसलाई थाहा त्यो खुशी पीडा हुन्छ भन्ने । त्यस्तै भयो हुन पनि । सोचिन यतिका वर्ष गरेका मायाहरुबाट उनले के पाई केवल पीडा धोखा । हुन त नियती ले विछोड हुनु धोखा त होइन तर पनि उनले महसुस त्यहि गरिन । आज भेटन्े दिन थियो कतै शरहमा र भेटिए पनि उनीहरु । उसले कहि बसेर कुरा गर्न आग्रह गरे ।आग्रह स्वीकारका साथ उनीहरु कतै रोकिए र धेरै पराना स्मृतिहरु त्ााजा गर्न तर्फ लागे । स्मृतिका पल ताजा गर्ने क्रममा उनले रोकिएर सोधे ूतिमीले विहे गरयौ ू उनी अक्मक्क परिन भनीन् ू अह गरिनू तिमीले नि उनले प्रतिउत्तर गरिन उसको जवाफ आएन मौनता छायो एकछिन दवैमा एकाएक टवाल्ल परेर हेरे । उनीलाई अप्ठयारो महसुस भयो वातावरण भनिन् अब जाउ है होइन एक छिन बसौ न कति समयमा भेटेको हुन्न र लौ तिमी भन्छौ भने । किन विहे नगरेको भन्न मिल्छ कि खै भने जस्तो कोहि भेटिएन् । खोजी देउ न कोहि हुन्न र कस्तो असहज प्रश्न थियो यो तर उत्तर आएन थाहा थियो आउदैन । त्यसैले प्रश्नको उत्तर पाउने व्यग्रता थिएन उसमा । उसको मन चिसो भयो मनभरी प्रश्नले खेदन थाल्यो कसरी भन्ने भनेर । तर सकेनन् उनले बीचमै भनिन के कुरा खेलेको छ मनमा किन दोधारमा हो उनले भने होइन केहि होइन अब जाउ पनि । ल जाउ त एकछिन टाढा पुगेर रोकिन्छन् उनी मौनता चिरर्दै उसले भनयो ूमैले त विहा गरे नीू । उनी निशब्द भइन् र सुनिन मात्र ।sेहि भनिन् एकाएक आँसु झार्दै उनी अगाडि लम्किन र उ पछाडि बाट एकतमासले हेरि रहयो । उनको भावना बल्ल बुझयो ।
Subscribe to:
Post Comments (Atom)

1 comment:
ramro prastuti!!!!!!!!!
Post a Comment