Thursday, February 25, 2010

प्रश्न

यो एक्लोपन

यो निरवता जीवनमा

आखीर कहिले

सम्म किन खुशीहरु

मसँग टाढा टाढा भाग्छन्

किन डराउँछन्

मेरा सपनाहरु

विपना बन्नका लागी ।

आखीर किन

मेरो प्रश्न

मेरो जीवनलाई

भावना

आजकल यो मन किन किन
यस्तो सुन्य भएको
मसानघाट जस्तो चकमन्न् ।
अनी कतै
आफनै मुटुको धडकिन्
रोकिए जस्तो लाग्छ
अधेरी रातमा चिसो बतासले
मनमा छोएर गए जस्तो ।
कतै रिक्त भावनाहरु
रित्तो आशाहरु
आँसुहरु पनि सुकेका
थाम्न नसकेका
यी वग्रेल्ती पीडाहरु
मृत आशाहरु
खण्डहर सपनाहरु ।