Tuesday, May 24, 2011

माया

उ सँग परिचय इन्टरनेटमा भएको थियो । सामान्य साथी थिए सामान्य र्वातालापहरु भ्ौरहन्थ्यो । उ विदेशमा थियो र उनी स्वदेशमा । उनीहरुका भावनाहरु एक अर्कामा पुग्न यहि वेतारकाृे सम्बन्धले सहयोग गरिरहेको थियो ।
कहिले साहित्य अनुरागी बनेर उसले उनकोा कविता पढेको पनि रहेछ तस्वीर हेरेको रहेछ । उनीसँग मित्रता गाँस्यो अनि बीच धेरै भावनाहरु साटिए । उ नेपाल आउन लागेको रहेछ अनलाइनमा नै नम्बर छाडेको उनले भेटिन । नम्बर टिपोट गरिन । भेटने आशा र कौतुहुल्ता छायो मनमा अनि शुरु भए भेटने व्यग्रता आशाका किरणहरु छरिए ।
भेटियो कस्तो कस्तो भावना आयो मनमा एउटा रेष्टुँरामा चियाको चुस्की सँगै शुरु भयो त्यो पहिलो भेट उनको । भेटदाको खुशी र विछोडको मन भारीपन लिएर विदा गरि उनी छुट्टीन उ पनि आफनो बाटो लाग्यो पुन अनलाइन र फोन सम्पर्कमा रहने माजुरीमा । अब सम्बन्धको गति बढयो विस्तारै । भावनाहरु साटिए मनहरु साटिए भेटघाट को शुरुवात् एउटा नँया मान्छे को आगमन उनको मनमा साथी बनेर ।
दिनहरु क््रमश उनको वित्दै गयो यो साथी उनको साथी मात्र थिएन यो सम्बन्ध साथी भन्दा उचाइमा थियो शिरानमा थियो । वहारहरु आए उनको मनमा जीवनमा । दिनहरु खुशीका दिए हरेक पल जीवन बाँचे जस्तो नव यौवन जस्तो प्रेममा सर्मर्पीत गहिरो प्रेम मायाको आशक्ती मनको भाषा मिलन । हरेक पटक भेटदा मनमा पैदा हुने झन्कार । समय वितेको पत्ता नहुने भयो उनीहरुलाई । पलपल जीवको हरेक मोडहरुको ख्याल गर्दै सुख दुख पीडा बाच्दै जीवन निरन्तर उनीहरुको वग्दै गयो एउटा माया गर्ने साथ मायालु हात मायाको मन उफ उनी सम्झन्छीन काहाली लाग्छ कहिलेकाही जीवन देखी । कतै यो समय सम्बन्ध टुटने त होइन भनी हरेक पलपल डरको त्रासको छाँयामा बाँचीरहेकी हुन्थ्ाीन उनी कसैलाई गुमाउन पर्ने सम्भाव्यतामा पलपल मर्दै बाँच्छीन् मायाको आशामा उसको । एउटा आदर सर्मपण साथ कति ठुलो र गहन कुरा रहेछ मायामा बल्ल उनले बुझीन ।
यसरी जीवनका लहरहरु वित्दै गए समयका छालहरु सँग तर आँधी आउन सक्ने डर पनि थियो मायाको समुद्रमा कहिले काँहि आँधी पनि आउने गरेको थाहा थियो उनलाई । हो त्यस्तै भयो उनको मायामा आँधी आयो । तर पनि विच्चलीत भइनन् एउटा प्रेमीका उसको जीवनमा भने अर्को महिलाको र सम्बन्ध पुर्व प्रवेश बारे अनभिज्ञ उनी रहिछन् ।
त्यहि पनि उनीले सम्बन्धलाई सामान्य पारिन । उनको मनले विस्रन सकिनन् न उसले सक्यो । त्यहि पनि त्यो सम्बन्ध अगाडि बढयो । मायालाई कस्ाले रोक्ने र छेक्ने निवार्ध रुपमा उनीहरुले माया गरिरहे अनन्त सम्म । कस्तो माया थियो यो न कुनै लक्ष्य थियो न कुनै अन्त्य र शुरुवात् ।
त्यहि पनि माया गरिरहे एउटा परिधिमा रहेछ अटुट रुपमा ।उसको हरेक खुशी र सुख पीडामा उउटा मलम बनेर आएको थियो उ उनको जीवनमा । कहिले काँहि लाग्दथ्यो उनीहरु तसलिमा नसरिनको आत्मकथा प्रेम र जीवनको पात्र रुद्र र तसलिमा जस्तो प्रेमी थिए हरेक पीडामा साथ दिने । एउटा सागर थियो मायाको उनीहरुको मनमा । भेटघाट माया प्रेम परिवारको बारेमा सबै कुरा उ सँग उनले निर्वाधरुपमा भन्दथी । उनी मनदेखि यो मेरो श्रीमान् नै हो भन्ने सोच्दथीन् । तर व्यवहारमा श्रीमान्लाई गरिने कतिपय व्यवहारहरु वर्जीत थिए उनीहरुका लागी । सिन्दुर र पोते विनाका श्रीमान् श्रीमती थिए उनीहरु । मायाका जोडीहरु मायामा सीमा थियो उनीहरुमा सीमासहित माया गर्दै गए तर पनि ।
सबैलाई सबै थाहा थियो तर थाहा नपाए जस्तो गरिरहेका थिए । उनले पनि साथ दिइन् । दिनहरु वित्दै गयो । एक्कासी उनको जीवनमा परिर्वतनका मोडहरु आए । समयले कोल्टे पार्यो उनीहरु बीच दुरीका दिनहरु आए । उनीहरु टाढा भए यत्तिका समय सम्म्ा सँगै रहेका उनीहरु कसरी टाढा हुने भन्ने मनमा थियो । धेरै जटिल थियो त्यो समय उनीहरु मानसिक रुपले पनि अस्तव्यस्त भएर बाँचेका थिए कँहा कता किन एक्कासी यो निर्णयले उनको मनलाई लखेटयो । त्यहि पनि कसले के गर्न सक्ने र समयको अघि उ गयो एकान्तमा उनलाई छोडेर । अब उनको हालात के होला जो गयो उ नँया ठाउमा रमाउछ तर सँगै वितेका स्थानहरु देख्दा नि मन कहालिन्छ सम्झनाले । उनीले उसको याद कति याद गरर्यो खै तर पनि । क्षण र स्थानले जीवनमा महत्व राख्छ जीवन सँग जोडिन्छ अभ्ाु कसै सँग वितेका पलको त के वयान सम्भ्ाुदा नै मन गह्रौ भएर आयो उनको आँख्ाामा आसु छैन तर पनि मन रोयो आँशु विनाको मनको रुवाई कस्तो होला उनको त्यो उनको मनको आँशुले उसको मन फर्कन सक्दैन भन्ने थाहा थियो ।उनी एक्लोपन तिर गाँजीदै थिइन् ।
सधै रोएर उनी के गर्दथीन् उता उसको व्यवहार माया मा फरकपन आउन थालयो । अब झन् सम्बन्धमा चिसोपना आयो उनले महसुस गरिन तर पनि उ त्यस्तो नसोच्न आग्रह गर्दथ्यो । खै के थियो त्यस्तो जसको कारण उनीह्रु बीच असामान्य बन्यो ।
त्यस्तो माया गर्ने उ आज उनलाई किन फरक भयो सोच्न थालिन हरेक प्रसंगहरु सम्झीन कतै केहि गल्ती थियो कि पत्ता लागेन विना कारण सम्बन्ध चिसो भइरहयो । अब त्यहि चिसोपन टाढा हुनुको अर्को कारण बनेर आइदियो । उनी एक्ली भइन् शुन्य सरी मनभरी त्यस्तै त्यस्तै तर्कना अब केहि सोच्ने शक्ति आएन् ।
वाध्यता र विवशताको शिकार बनेर उनी आफनो जीवनमा संर्षघ गर्दै साथको कामना मनमा हृदयमा तर त्यो सम्भव नै थिएन् । त्यहि पनि उनी त्यति कठोर बन्न सक्दीन थिइन् कि सब क्षण विसे्रर अर्को जीवन रोज्ााै कदापी सक्दीन थिइन् उसले सक्छ तर उनले सकिनन् । जीवनहरु प्ारिर्वतन भए क्षणहरु भावनाहरु मनहरु । कस्तो क्षण उफ् यो जीवनको हो यहि क्षणले जीवनलाई कठोर बनाउँछ गलत या सहि निर्णयमा लान्छ ।
उनीहरु एक आपसमा नितान्त अन्जान बन्न गए । अनि त्यो साथ जीवन विलाएर गए उनीहरुको जीवनमा इतिहासको पाना बनेर ।