जीवन,
धान्नका लागि
सबैको लागि सङ्घर्ष
तिम्रो अझ विशिष्ट
सलाम छ त्यसलाई !
मूल्य,
सबैको हुन्छ
साँचेर राख
अमूल्य ती आँशुका थोपाहरु
हर्षमा पनि काम लाग्छन् !
मान्यता,
प्रेरणाको उद्गम
मान्नका लागि मात्र होइन
तोड्न पनि सक्नुपर्छ
अर्को जन्माउनका लागि !
मन,
भौतिक वा जीवशास्त्रीय अस्तित्व
मुटु कि मस्तिष्कमा ?
मनको आन्दोलनमा मनकै समर्थन
समर्पणको सफलता !
मृत्यु,
कुनै पनि बेला झ्याप्प
साझा यात्रा
शास्वत सत्य
सबको अप्रिय !
By Kedar Bhattarai
Monday, November 9, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment