१० बर्ष पहिले रोजगरिका लागि कुवैत् पुगेका ईलाम बन्जोनो ९ का श्री गौतम लावाती को यही २५ डिसेम्बर का दिन अचानक मृत्यु भयको छ । आफनो डिउटी गरिराखेको बेलामा अचानक चक्कर आयर बिहोस् भयकोले अस्पातल मा लगेको र अस्पतालमै उनीलाई मिर्त घोषणा गरेको कुरा उन्की धर्म पत्नी र साथी भाई ले जानकारी गरायका छन । श्री गौतम लावातिले २ बर्ष पहिला श्रीमती अंमाई मेर्बा लावाती सँग विवाहित बन्धनमा बादियर कुवैतमा बसोबास गर्दै आयको र २ महिना पहिला एउटा नबजात सिसु को जन्म भयको कुरा शाहपाटी र स्वयम अंमाई बताउछिन ।गौतमको पर्थिब शरीर अस्पातलमा भयको र श्रीमती र बच्चा सँग लगायको कपडा भन्दाअरु केही नहुनुको साथै खाना पिना को व्यव्स्था सोही बिल्डिङ मा बसोबास गर्ने नेपाली दाजु भाई ले मिलायको कुरा जानकारी हुन आएको छ । यो नेपाली चेलीको आमा छोरी र स्व्रागिय गौतम को पार्थीब शरीर लाई नेपाल पठाउनको लागि माउन्ट एभरेष्ट क्लब को साथीहरु अगाडि आएर यो समस्याको समाधान गर्ने जम्मर्को गर्नु भयको छ । यो चेलीहरुको उद्दार को लागि आर्थिक सहयोग गर्न सम्पुण नेपाली दाजुभाइ दिदी बहिनिहरुलाई आग्रह गर्दै प्रबास मा नेपाली चेलीबेटिको मद्घतको लागि भनी खोलियका बिभिन्न सँग सँस्थालाई अगाडि आयर आफुसक्दो मद्द्त गर्न बिनम्र अनुरोध गर्नु भयको छ । आदर्णीय नेपाली दाजु भाई दिदी बहिनिहरु यो चेली को मद्घत गर्नु हामीसबै नेपालीको कर्तब्य हो । नेपाली को नाताले मानबियताको नाताले यो चेलीको लागि मद्घत गर्नुहोस् मद्घत को लागि यो नम्बर मा संपर्क गर्नुहोस् ००९६५-९९२००२७८,९४०६९७३४,९९१०१४०८,६६९८३१३८, माउन्ट एभरेष्ट क्लब सँग संपर्क गर्नु हुन अनुरोध गर्दछौ .शिव राम पौडेलका साथ सुजन के सि कुवेट सिटी

No comments:
Post a Comment