Tuesday, December 9, 2008

एउटा जीवन म

एउटा अभिशप्त जीवन
असफल मोडहरुमा भौँतारिरहेको
तीखा काँडाहरुको घोचाइले रक्ताम्य पारेको
एउटा जीवन म ।।।
उजाडिएको र एकलासको
कैयौँ साथ बीच एक्लिएको
गतिहिन जीवन व्यतित गरिरहेको
एउटा जीवन म ।।।
अन्जान अपरिचित धमिला छाँयाहरूलाई
आफ्नै जस्तो ठान्ने यो मन
पराजित मानसिकता बोकी
लक्ष्य विहिन यात्रा गर्ने
एउटा जीवन म ।।।
मन भित्र उप्किएका घाउहरूलाई
चाहेर पनि मलम लगाउन नसकी
उल्टै व्यथा सहेर बाचेको र्घाईते
एउटा जीवन म ।।।

Reecha Sharma Tiwari

No comments: