Tuesday, December 9, 2008

घुस विना अदालति न्याय सम्वभ छ ?

के तपाई अदालती कामको शुरुवात गर्दै हुनुहन्छ ,त्यसो भए आर्थिक अवस्था कस्तो छ तपाइँको ,बलियो छ भने मुद्दा लडनुहोला नत्र कमजोर भए त मुद्दा लडने कुराको कल्पना पनि नर्गनुस् । थाहा छ तपाइलाई मुद्दा लडन त्यति सजिलो छैन, धेरै वर्षलाग्न सक्दछ मुद्दा छिन्नका लागि त्यसो त न्याय पाउनका लागि धेरै खर्च गर्नु पर्छ यहाँ । न्याय त्यति सजिलै कहाँ पाइन्छ , मोटो रकम तिर्नु पर्छ , नपत्याए नेपालको अदालतमा गएर हेर्नुहोला ।
भर्खरै मात्र मेरो एक साथीले अदालतमा मुद्दा लडन् शरुवात गरेकी छिन । सरकारी काम कहिले जाला घाम भने जस्तै ,यँहा एउटा मुद्दाको फाइल एउटा विभाग बाट अर्को विभागमा वा जिल्ला अदालबाट पुनरावेदनमा पठाउनका लागि पनि अदालतका कर्मचारीहरु ग्राहकबाट चिया खर्च पैंसा उठाएर मात्र काम गर्ने गर्दछन् । नत्र त्यो फाइल अर्को विभागमा र्सर्दैन ,अनि बुझनहोला त्यो फाइलले पैसा खोजेको छ, अनि मात्र एकछिनमा त्यो काम हुन्छ । त्यसो त वकिलहरु पनि यस्ता कार्यबाट विमुख नभएका होइनन् । उनीहरु नै आफना ग्राहकहरुलाई त्यस कार्य तर्फअग्रसर गराँउदा रहेछन् । एक जना वकिलले भने “के गर्ने यसो नगरी काम हदैन “, हुन त सुनेको छ मैले वकिल र न्यायधिश मिलेर पनि फैसला आफनो पक्षमा पार्न सक्छन् पैंसाको भरमा यो अदालत अडेको छ यँहा ।
मेरी ती साथीले विपक्षीको घरमा म्याद पठाउनका लागि म्यादवालालाई भन्न गइन ,त्यो म्यादवालाले त्यो म्याद नै हराएको बताएछन् , अनि वकिलले ग्राहकलाई म्यादवालालाई केहि खर्च दिनुस भनेर भनेछन् ,उनले सोहि अनुरुप म्यालवालालाई अदालमा नै, करिब रु ६०० मा बल्ल बल्ल मिलाएर तिरेर त्यो म्यादवालालाई विपक्षीको घरमा म्याद बुझाउन पठाएकी थिइन ।
यहाँ असहाय ,पिडित महिलाहरुलाई विभिन्न संघसस्थाहरुले सहायता गर्ने नाममा मोटो पैसा असुली गरिहरको पाइएको छ ।मेरी ती मित्रलाई एउटा नाम कहलिएको संस्थाको महिला वकिलले केवल एउटा मुद्दा को वयानको आधारमा मुद्दा लेखेको मात्र ती वकिलले रु ६००० को माग गरेकि रहिछन् ,त्यसो त उनले त्यहाँबाट मुद्दा दर्ता गरेर लडेकि पनि होइनन र केवल मुद्दा लेखाएकी मात्र रहिछ्न । उनको कमजोर आर्थीक अवस्थाको कारण बाट उनले त्यहाँ बाट मुद्दा लडिनन् । उनले कसरी ६००० पैसा लाग्यो भन्दा वकिलले त्यो त मेरो मुद्दा लेखेको रकम हो यदि तपाइलाई यहँा बाट काम गर्न मन छैन भने मलाई ६००० तिर्नुहोस् र जानुहोस भनिछन् । तर ती साथीले अहिले आएर तपाँइले यसो भन्ने पहिला किन निशुल्क हन्छ भनेर तपाइको हाकिमले भनेको भन्दा त्यो मलाई थाहा छैन तर मैले बयान लेखेको र २ वर्षेखि तपाईसँग परामर्श गरेको रकम हो भन्न पछि परिनन् । त्यसो त उनीहरु मानिसहरुको आर्थीक अवस्था हेरी हेरी रकम असुल गर्ने गर्दछन् । राजधानीमा यस्ता धेरै संघसस्थाहरु छन् जसले नेपालमा विदेशी रकम चपाएर बहस गर्छ भन्दै मोटो रकम असल्ने गर्दछन् र न्यायको नाममा असमानता र अन्याय गर्ने गर्दछन् ।
त्यसरी नेपालको अदालतले यहाँको कमजोर आर्थिक अवस्थाको मानिसहरुको शोषण गररहेको छ । अदालत त्यो ठाँउ हो जँहा वकिलको तहको व्यक्ति देखि न्यायधिशहरु समेत भष्टाचारीको रुपमा रहेका हन्छन् भने यिनीहरुले के न्याय देलान त सोच्नु पर्ने देखिन्छ ।

No comments: