तिम्रो अभावमा
अब म
जीवन बांच्न सक्ने भएको छु ।
म विश्वस्त छु यसमा भन्छौ
भने आँखाबाट आसुँ समेत झर्ने छैनन् अब ।
विश्वास गर
म नितान्त एक्लो,
निरस जीवन व्यतित गर्न सक्छु ।
तिमीले त मलाई सधै
असहाय रुग्ण सम्झ्यौ
तर विश्वास गर
म कहिल्यै त्यस्तो अवस्थामा थिइनं ।
तिमीले मलाई कहिल्यै बुझेनौ
मेरो रोदन सुनेनौ,
मेरो पीडा बुझेनौ
सायद तिमी मौन रहयौ ।
आखीर किन ?
म तिमीलाई मेरो लाशमा रुन समेत अधिकार दिने छैन
अब
कदापी दिने छैन
जसले मेरो आत्मा बुझेन
उसलाई मेरो चिता माथि आगो ठोस्ने अधिकार छैन ।
ऋचा शर्मा तिवारी
Friday, October 3, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment