Tuesday, September 15, 2009

परदेशी जीवनमा स्वदेशको चासो

मान्छेको जीवनलाई जो जसले जसरी व्याख्या दिन खाजेपनि त्यो त्यति पूर्णता समेटेको होला जस्तो लाग्दैन । मानव जीवनमा आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक अनेक कुराहरुको मिश्रण हुने हुदा त्यही अनुसारको भोगाइ संगै मान्छेको जीवन अपरिभाषित बन्न पुग्दोरहेछ । जीवनलाई गहिरो छाप पार्ने विविध पक्ष मध्ये अहं भुमिका खेल्ने तत्वहरुमध्ये राजनीतिलाई पनि टाढा राख्न सकिदैन । यसको परिवर्तितरुप संगै आम जनताको जीवनस्तरको पारो पनि तलमाथि हुनजान्छ । राजनीतिमा हुने मूल्य मान्यताको गिरावट संगै आम जनताको जीवन कष्टसाध्य र कठोर हुन पुगेको उदाहरण इतिहास देखि वर्तमानसम्म भेटिन्छ । यो कुरा थोरै मान्छे जसको पकड राज्य संयन्त्रमा पुगेको छ । उनिहरुकालागि अनुपयुक्त भएपनि धेरै मान्छेको हकमा लागू हुन्छ । त्यसमा पनि रोजीरोटीको खातिर कुम्लो बोकेर परदेश लागेका छन, श्रमजिवी वर्गको जीवन सन्दर्भमा उपयुक्त भनिएमा गलत हुदैन । लेखनीकार्यलाई केही नरम बनाउदै भन्न मन लाग्छ कि त्यही प्रतिकुल जीवनको स्वरुव अर्थात चट्टानी, खण्डहरु अनि निर्जर जीवनसंग पांैठाजोरी खेल्दै हातमुख जोड्नका लागि नै गरिएको अनवरत प्रयासमा नै प्रकृतिको स्वच्छ, निर्मल र आनन्ददायी लडडुको स्वादन गर्ने इमान्दार मान्छेको झुण्ड भेटिन्छ यही झुण्ड अर्थात आफ्नै पाखुरीको बलले आर्जित धनको कमाइले जीवन गुजारा चलाउने तर लुट, भ्रष्ट, डकैती र शोषणको धनमा विश्वास नगर्ने नै महान हुन । अनि यिनै श्रमजीवि वर्ग नै चरम भौतिकता बाट टाढा रहेर पनि आनन्दी जीवन बाँचिरहेका छन । अर्काे तर्फ धनीमानी र पूँजीपतिवर्ग जसले सामदाम दण्डभेद जसो गरेर पनि उही निमुखा जनताको रगत पसीना चुसेर धनको थुप्रो थुपारेर तनाव माथि बाँच्ने दुष्प्रयास गरेको पाइन्छ । जसको जीवन कुहिएको फर्सीको जस्तो फल्यात फुलुत भएर दुर्गन्धित भइरहेको छ । सीमितवर्गले यस्तो जीवन बाँच्ने कुचेष्ठा गर्दा नै असीमित वर्गले अनेक समस्याको जालोमा आफूलाई बाध्नु परिरहेको छ । बर्षाै पहिलेदेखि नै यस्ता सम्पन्न र विपन्नवर्ग बीचको द्धन्दात्मक खेल जारिहुँदै आएको छ । यसले कहिलेकाही संगठनात्मकरुपमा अघि बढेर क्रान्तिको रुपधारण गरिदिदा अपत्यारिलो ढंगले सत्ता उलटपलट हुन पुग्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ६२÷६३ को जनआन्दोलन र यसले ल्याएको ऐतिहासिक परिवर्तन एउटा जल्दोबल्दो उदाहरण हो । एउटा दुर्भाग्य भनौ या विडम्वना, जनताले गरेको आन्दोलनको मर्म माथि उपहास गरेर पार्टीका नेताहरु सत्ता लुछाचँुडीको घिनलाग्दो खेल देखाउन भ्याइरहेका छन । यस्तो लाग्छ कि राज्यसत्ता र राज्य भन्ने कुरा सीमित हुने खाने वर्गको हितका लागि मात्र हो । गरीव जनता अनि त्यसमा पनि जोश, जाँगर र उत्साहले भरिपूर्ण युवावर्ग जसले आफ्नो मुलुकको खातिर रगत–पसिना बगाउन तत्पर छन, तिनीहरुका लागि रोजगार मुलक उचित कार्यक्रम र योजना ल्याउने कुनै संकेत देखिदैन । बर्षेनी लाखौ युवाहरु पीडा र अनिश्चिताको कुम्लो बोकेर विवश भइ परदेश हानिन बाध्य पारिएको छ । पैसा खर्च गर्न सक्ने केही युरोप, अमेरीका छिर्लान । तर अधिकांश गरीव युवावर्ग खाडी मुलुक तर्फ ओइरिने क्रम बढदो छ । दक्ष सीप, ज्ञान र प्रशिक्षणको अभावमा अनेको हण्डर र ठक्कर खाँदै श्रम र पसिना बेच्दा पनि त्यसको उचित मुल्य पाउन नसकेको अवस्था दिन प्रतिदिन बढदो छ । प्रतिकुल अवस्था यथावत भए तापनि नेपाली युवा आफ्नो विवशता संगै परदेश लागेर खासगरी खाडी मुलुकबाट आर्जेको धन स्वदेशमा पठाएर सिंगो राज्यको आर्थिक अवस्थामा टेवा पु¥याइरहेका छन । विश्वव्यापी करणको यो पुँजीवादी अवस्थामा एक देशको श्रम र पसिना अर्कौ देशमा बेच्ने प्रणाली सहज रुपमा लिने गरेता पनि हरेक नेपाली मुटु भनांै या मनमा आफ्नो मातृभुमिमा नै केही गर्नु पर्छ भन्ने भावना हरियो दुवो फैलिए जसरी फैलिरहेको हँुदोरहेछ । खाडी मुलुकको ५५ डीग्री सेन्टिग्रेडको तातो हावा खाएर काम गर्नुमा कुन नेपालीको मन खुशी हुन्छ र ? तैपनि मुकाविला गर्न तम्तयार छन भन्ने कुरा खाडीमा आएर इमान्दारिताका साथ काम गर्ने नेपाली युवाहरुलाई हेरे पुग्छ । वास्तवमा नेपालको दलगत राजनीतिले युवावर्गलाई उत्साह र प्रोत्साहन दिलाएर स्वदेशमानै केही गर्ने आधारभुत योजना निर्माणमा आजसम्म ठोस कदम चाल्न सकेको छैन । सस्तो भाषण र नाराबाजीको भरमा उत्ताउलो ढंगको राजनीतिक खेलको कारण नै राज्यले सही मार्ग पहिल्याउन नसक्दा त्यसको प्रत्यक्ष मारमा युवावर्ग परेका छन । लोकतान्त्रिक गणतन्त्र आइसक्दा पनि त्यही अनुसार राज्यले राजनीतिक निकास पहिल्याए विकास निर्माणमा योजना र कार्यक्रम मार्फत त्यसमा युवावर्गलाई समाहित गर्न सक्ने वातावरण बन्न सकेको छैन । राजनीतिक पाटीहरु एकले अर्काे लाई तल खसाल्ने अस्वस्थ प्रतिस्पर्धामा मात्र लाग्ने तर देश भित्रको राजनीतिक संवेदनशीलता र तरलतालाई ख्याल नगर्दा यिनै पाटीहरुनै अप्रत्यक्ष रुपमा विखण्डनवादी त होइनन् भन्ने भ्रम जनतामा पर्न गएको छ । अहिले फेरि तराईलाई अलग प्रदेश बनाउने भन्ने षडयन्त्रका नाइकेहरुको हालीमुहाली बढिरहेको छ । यस्ता सवै खाले षडयन्त्रकारी तत्वहरुबाट नेपाली देशप्रेमी युवावर्ग सजग भई खवरदारी गर्नु र राजनीतिक निकासका लागि नेतृत्व वर्गलाई घच्घचाउन अति आवश्यक भइसकेको छ । भोलिको सुन्दर नेपालको खाकाकोर्ने अभिभारा आजको नेपाली युवाहरुको काँधमा नै आइपर्ने हुँदा देशको समग्र राजनीतिक उथलपुथलतर्फ सजग रहनु नेपाली युवाको अहं कत्र्तव्य हो । परदेशमा परिस्थितीवश परदेशिन पुगेका युवाले धेरै नै अनुभव, ज्ञान र सीप संगै व्यवहारिक परिपक्वता हासिल गरिसकेका हुन्छन । उनीहरुले उठाएको आवाज त्यति नै प्रभावकारी साथै व्यवहारिक हुनेछ । परदेशमा आएर दुःख गरी दुई पैसा कमाउदैमा आफ्नो दायित्व पुरा भएको यदि युवा वर्गमा भावना आउँछ भने त्यो सा¥है नै संकुचित, चेतनाहीन र निम्नकोटीको मानसिकता हो । परदेशमा दुःख गरी कमाएको धन, सीप, बुद्धि सबै थोक स्वदेशमा केही न केही गर्नमा खर्च गरियो भने परदेशमा विताएको अमूल्य समयको सार्थकता रहने छ । यसर्थ पनि देशभित्र भइरहेको राजनीतिक, आर्थिक, सामाजिक सबै क्रियाकलापमा चासो राख्नु र जायज कुराहरुको परदेशमा भएपनि संगठित रुपमा विरोध गर्नु सम्पूण परदेशी नेपालीको कत्र्तव्य हो ।
सन्तोष दाहाल, राजघाट–९,मोरङ, हाल बहराइन, फोन नं. +९७३–३९५२२४०१ (बहराइन नेपाल डटकम)

No comments: