Friday, December 24, 2010

ईराक बाट चिठ्ही आएको छ पुन्टे को ममी लाई!!

प्यारी पुन्टे कि ममी हिमाल जस्तो अटल र सिग्नध माया !!
गनी लेउदा पर्देश को जाउलो खाएको पनि ६ पुगेर ७ बर्ष लागेछ,तिमी सँग बिछोडइएको तिम्रो यो तिम्रो कालु अहिले सम्म कुसल नै छ बस्तुत: जस्का लागि बिपत्ती हरु साह्रै सुलभ छन र परि परि आउछन अर्थात जस्माथि बिपत्ती हरु खनिएका छन तिनिहरु को यस्तै पिडा हुन्छ। हिजै मात्र तिम्रो पत्र पढे पछि उतैतिर बेगिऊ की जस्तो लाग्यो ! यो माया प्रिती भने कुरा पनि कति अचम्म को हुदो रहेछ हगीं ? यो ईराक जस्तो खतरा ठाउमा बाचिएकोछ भने शायद तिम्रो माया ले बाचिएको होला! तिमी देखी टाढा बसेको तिम्रो यो कालु को त बिधी नै बैरी भएको छ र तिमी सम्म पुग्ने सारा बाटा हरु एस्ले थुनुदिएको छ यो जिन्दिगी पनि अब त खोर्सानी र सिर्कनो मध्ये एक रोज्नु लगाएको कैदी जस्तो भए को छ! तेसैले तिमीसँग बसेर, भेटेर भलाकुसारी गर्न येसले पाएको छैन। तरपनी आफ्नै दुब्लोपना, आफ्नै छातीको जलन पिडा अनी आँखा बाट बहिरहने बलिन्द्र आसुँ, मिलनप्रती को उत्सुक्ता र निस्सासिने तातो उक्छबास लाई आत्मसाथ गर्दै तिमी पनि म जस्तै बिरह को आगोमा जलिरहेकी हौली, बर्बर्ती आँखा बाट आसुँ झार्दै हौली अनी कहिले मिलन होला भनी उत्सुक भएकी हौली भन्ने सोचेर मन मनै कल्पेर बसेको छु। अनी यहाँ को खबर हुरु लाई खनि खोस्री साध्ये छैन! कहिले काही हाम्रो रेडीयो ले पनि यहाँको डर् लाग्दो खबर भन्दो हो तेती खेर तिमी मेलापात गएकीहुदी हौ अनी गाउले हुरु ले सुनाउदा होलान तेसैले यहाँको सुरक्षा को बारेमा धेरै कुरा तिमी ले लेखेको रहेछ! हुन पनि हो यहाँ को मुरुभुमी को बालुवा हुरु बंम र बारुद को आगो ले जलेर राता भएका छन् अनी बन्दुक को गोली पड्केको आवाज ले गर्दा कान नै बन्द हुन थालेको छ, बारुद,बंम पड्केको आगो र धुवा को राप ले आँखा को ज्योति पोलिएर तुवालो लागेजस्तो भएको छन! पैसाको लोभ मा परेर आफु लाई भन्दा बढी माया गर्ने मनकी रानि लाई छोडेर आइयो यहाँ बाट भागौ भने सबै नाक हुरु बन्द भएका छन! लाग्छ हामी जस्ता मेहनिती मान्छे ले आफ्नु जन्मभुमी माटोमा मा यसरी रातदिन काम गर्ने हो भने सम्भवत: सुनको खेती उब्जाउन सकिन्छ, हुन पनि हो समय ले आज कहाँ लिएर आएको छ अनी भोली कहाँ लिएर जान्छ समए र परिस्थीती ले जहाँसम्म डोराउछ तेहि सम्म पुग्नु पर्ने रहेछ! पुन्टे की "ममि" तिमी ले ईराक मा अमेरिकन आर्मी ले दिएको सुरक्षा को बापजुद पनि किन दिनहु मान्छे मरिरहन्छन ? भनेर लेखेकी रहेछौ!! बास्तमा सुरक्षा एउटा भ्रम हो येसको जति आयोजना गरे पनि यो असुरछित नै रहन्छ! ढुङगा मात्र ठोस, छ सुरिछित छ अनी धेरै दिन बाँच्न सक्छ! हाम्रो जीवन भनेको फुलेको फुल जस्तै हो हेर त फुले को गुलाब अती कोमल छ र स्पर्स हुन साथ हावाको एक झोका ले पनि उसलाई जमिन मा झार्न सक्छ! फुल येती कोमल हुन्छ कोमल ता नै उस्को आक्रसण हो, जीवन को सौन्दर्य उस्को क्षणभरतामा छ, तेसैले यो देश जति नै खतरा छ तेती नै बस्ने हिम्म्मत जागेर आउछ यहाँ बस्नु को लागि साम्न्यता हामी मुतू अर्थात मर्नु सँग डराउछौ अपरिचित छौ अपरिचित सँग जहीले पनि डर हुदोरहेछ! यो अपरिचिय डर भय बस् (मुर्तु)मर्नुको सम्स्या मा हुने बेहोसीपन हो अधीकान्स ब्यक्ती मर्नेबेलामा बेहोस हुन्छ मुर्तु मा के छ तेसको साक्षात्कार गर्न सक्दैन/ त्यसकारण मुर्तु लाई बोधपुर्बक स्योयम वरण गर्ने लाई सहिद भन्छौ किन उनी हुरु मर्नु देखि डराउदैनन साचो भने हो भने जो मर्नु देखि डराउछ तिनि हुरु कहिले पनि पूर्ण रुपले बाच्न सक्दैनन! सुरक्षा को गहिरो आकान्छा हुने हुरु जीवन को कुनै पनि जोखिम ठाउमा जान सक्दैनन,नत उनीहुरु कुनै भोज,तिर्थ,बर्त,समाहरो,मानै सोतन्त्रपुर्बक जान सक्छन न त एकान्त प्रकृति को रस लिन सक्छन् मान्छे जवानी छ तर जवानी के आएको आभास हुन्छ जान सुरु भैसकेको हुन्छ प्रेम को येत्रो उधगम, आक्र्सक छ किन भने बिबाहा जस्तो यसमा कुनै गेरेन्टि हुदैन तापनि प्रेम लाई आफुमा जिबन्त पाउछौ! बिहे प्रेम भन्दा आक्र्सक लाग्छ तर पनि बिहे ले प्रेम जति पुलक आनन्द दिन सक्दैन पुन्टे की ममी सुरक्षा ले जीवन बाच्ने भए र सस्त्र,अस्त्र,सैन्य र बल ले हुने भए राज दरबार हत्याकान्ड नै हुनेथिएन इन्दिरा गांन्दिको हत्या नै हुनेथिएन जनरल नासिर ले आफ्नै सुरक्षा कर्मीबाट मारिनु पर्ने थिएन तेसैले पुन्टे की ममी मर्ने र बाच्ने मा कुनै औचीत्यो हुदैन! हामी ले भग्वान पर्ति बिस्वास् राखनु पर्छ बिस्वास् र आस्ता बड्दै गएपछी ईच्छा,आकन्क्षा,र अभीलासा हुरु पुरा हुँदै जान्छन संसार यस्तै हो यहाँ सबैलाई सधैं सुखै सुख र सबैलाई सधैं दुखै दु:ख मिलिरहन्न। दु:ख सुख भनेको एउटै पाङ्रा का दुई किनारा झै कैले तल कैले माथि भैरहन्छन । हाम्रा पनि बिछोड र ब्यथा, पिडा का दिन अबस्य बित्नेछन र हामी दुई को मिलन अबस्य हुनेछ तेसै बेला अहिले बिछोड को बेलामा सोचेका र मन मा कल्पेका सारा कुरा लाई हामी सरद रितु को मोहक छटामा मादक चादनि रात मा पुरा गरौला।--अहिले लाई येति नै ......
उही तिम्रो अंगालोभरी को कालु
कृष्ण पोखरेल "बिवस्" मोरङ दुलरी-८

No comments: