जीवन सधैंभरी
यौटा परिक्षणको प्रकृया हो
र मन जीवनको प्रयोगशाला
उठ अहिल्यै र
मनलाई विचारको टेष्ट ट्युवमा हालीहेर
हिमशिला भै जमेको जीवनपानी बनाएर पगालीहेर
बग्न सक्छ जीवन सलल नदि भएर
आकार देउ यस्लाई लाग्न सक्छ
अर्थ फेरी जीवन भएर
धुँवा गुम्सिएको छाती
विचारको तापमा गाली हेर
पग्लिन सक्छ
जीवन चुहिएला फेरी टालीहेर
खन्याउ फेरी जीवनलाई
विचारकै टेष्ट ट्युवमा
घोल ईच्छा शक्तीको मिश्रणसंग
मात्रा थपिन सक्छ
अग्लिन सक्छ
जीवन सगरमाथा भएर
दीपक जडित
Friday, October 31, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment