Saturday, November 1, 2008

तिम्रो खुशीहरुमा रम्न चाहने मनहरु

तिम्रो खुशीहरुमा रम्न चाहने मनहरु
आज एक्लोपनमा पनि रम्न सकेनन
तिम्रो खुशीहरु सँग बाच्ने सपनाहरु
आज तिमी विना पुरा हुन सकेनन् ।
मनहरु वग्छन् नदि झैं सलल
र अनि आँखाहरु रसाँउछन्
गला अवरुद्ध हुन्छन्
तिम्रो माया, स्नेह सम्झंदा
तिमी यतै कतै छौं ।
मेरो खुशीका निम्ति आफनो
जीवनका सपनाहरु विर्सेर
कति तिमी मेरो लागी बाँचेका छौं
आखीर किन ?
केवल मेरो लागी
मेरो खुशीहरुमा , मेरा आँखाहरुमा
एउटा भीखारी समानको जीवन मेरो
तिमीसँग सधैं भीख माग्दैछु ।
केवल भीख
कहिले प्रेमको
त कहिले खुशीको
अनी आफनो जीवनको निम्ती
जीवनकै भीख ।
सधै तिमी सँग माग्दैछु
अनगिन्ती वहानामा
अनगिन्ती भीखहरु
जीवनको मोडहरुमा ।

Reecha Sharma Tiwari

No comments: