Wednesday, November 5, 2008

अमेरिका को राष्ट्रपती को पद को निम्ती भएको चुनावमा बाराक ओबामा बिजयी

विश्वकै चर्चामा रहेको अमेरिकी राष्ट्रपतीय चुनावको डेमोक्रेटिक उम्मेद्वार बाराक ओबामा मुख्य प्रतिद्वन्द्वी रिपब्लिकन उम्मेद्वार जोन मेक्केनलाई हराएर राष्ट्रपति बन्न सफल हुनु भएको छ ।
इलेक्टोरल कलेजले दिएको जानकारीअनुसार ओबामाले २ सय ९७ मत ल्याउनुभएको छ भने मेक्केनले १ सय ३९ मत ल्याउनुभएको छ । ५ सय ३८ सदस्यीय इलेक्टोरल कलेजबाट कम्तीमा २ सय ७० मत प्राप्त गर्ने उम्मेद्वार विजयी हुने प्रावधान रहेको छ ।

No comments: