वि.स २०६३ सालमा वैदेशिक रोजगारी घरेल कामदारको रुपमा कवेत गएकी हन अनु लामा तामाङ्ग । एकजना कवेत बाट फर्कीएकी दिदिको सहायतामा रु २०,००० दिएर उनी त्यहँा काम गर्नका लागी हेटौडा भएर रक्सौल हँदै भारतको गौतमनगर पगेकी थिइन । उनी विना श्रम स्वीकृत कागजात खाडीमुलुक कवेत पुगेको र त्यँहा उनले एउटा घरमा घरेलु कामदारको रुपमा काम गर्दथीन् । त्यस भन्दा पहिला काम गरेको ठँाउमा काम गर्दा तलबहरु राम्रो सँग नदिने र काम गर्ने वातावरण पनि नभएको कारणले उनलेे त्यो पहिलाको ठाँउमा पनि काम छोडेकी थिइन् । त्यसपछि जब उनी एउटा डाक्टरको घरमा काम गर्न थालीन् ,त्यसबेला उनले त्यस घरमा भने कनै दुःख नपाएको र त्यँहाका महिला साहुले पनि उनीलाई काम राम्रो गरेको भनी धेरै केहि माया र सहयोग समेत गरेको बताइन् । तर त्यँहाका नेपाली एजेन्टहरुले भने धेरै दुःख दिएको बताइन् । त्यँहा काम गर्दा कमाएको १ लाख पैसंा एजेन्टले खाएको बताइन् । कामकै सिलसिलामा तलब नदिएको गनासो गर्दा उनलाई एजेन्टले ५,७ दिन थुनेर पिटेर पनि राखेको बताइन ् । त्यँहाका एजेन्टहरुले नेपाली महिला कामदारहरुलाई कवेती मालिकलाई बेच्ने गरेको र मालिकलेे ३५० दिनार तिरेर कामदारहरु किन्ने गरेकोले नेपाली महिलाहरुलाई नराम्रो व्यवहार गरिएको र त्यसबाट समस्या समेत भएको र त्यँहा मानव बेचविखनको व्यवसाय ज्यादै फस्टाएको र यसबाट नै धेरै समस्याहरु आरम्भ भएको बताइन् । उनले भन्ाीन त्यँहा यदि आफलाई बसेको ठाँउ मन परेन भनेर परिर्वतन गर्न परेमा ६ महिना अघि काम र्सदँ ३०० दिनार र १ वर्षा परिर्वतन गर्दा १०० दिनार तिर्न पर्ने नियम रहेको छ ।
त्यहाँ नेपाली महिलाहरुले धेरै नै दुःख पाएको कारणहरु एक त पढाइमा पनि कमी भएको र भाषा पनि नआउने ,तलब पनि नदिने र केटाहरुले लोभलालच देखाएर फसाउने गरेकोले , त्यँहाका एजेन्टहरुले महिलाहरुलाई राजदतावास को फोन नं , कुन स्थानमा छ भनेर पनि नदेखाउने गरेकोले उनीहरुले आफनो समस्या कहि पनि भन्न नसक्ने र एजेन्टहरुले आफनो पासर्पोट पनि राख्नाले नेपालबाट गएदेखि नेपाल नआएसम्म आफले कहि पनि उजरी गर्न नसक्ने र विना श्रम स्वीकृति काम गर्दा आफु राजदतावासमा समस्या भन्न जान पनि समस्या हुने गरेको र एक त त्यँहाका साहुहरुले घरबाट वाहिर पनि जान नदिनाले आफु कुन ठाँउमा रहेको भन्ने थाहा नहुने र फोन र्सर्म्पक पनि गर्न नदिने भएकोले समस्याहरु कसैलाई थाहा नहने उनले बताइन् । त्यँहाका नेपाली महिलाहरुलाई यौन शोषण वा अरु हिसंा गरेर ,हत्या गर्ने तर नेपालमा भने आफै मरेको भनी खबर गरी शवलाई प्याक गरी नेपाल पठाउने गरिन्छ । यसरी धेरै नेपाली महिलाहरुले आफनो जीवन समाप्त गरेका छन् ।
त्यँहाको प्रशासनले म्यानपावर एजेन्टलाई खोज्न आउँदो रहेछ ,त्यसैले यस्ता ठग म्यानपावर एजेन्टहरुलाई कडा कारवाही गर्नपर्ने ,किनभने त्यँहा एजेन्टहरुले नेपालीलाई समस्यामा पारेको , त्यसरी खोज्न आँउदा उनीहरुले एउटा कोठामा जमिन मनी को कोठामा केटिहरुलाई लुकाउने गरेको र प्रशासन गएपछि बल्ल महिलालाई निकाल्ने गरेको जानकारी दिइएको छ । त्यसै गरि एजेन्टले महिलाहरुले राजदतावासको नाम थाहा पाउछ भनेर ,ठेगानाहरु लेखिएको महिलाहरुको फोन डायरी च्यात्ने ,घर वाहिर जान नदिने ,कसैसँग सर्म्पर्क गर्न नदिएर भित्र पीडा भोग्न वाध्य बनाउने गर्दथे ।
आफ कुवेत बाट फर्केर आउँदा एजेन्टले दिल्ल्ाीबाट नेपाल र्फकनका लागी नक्कली टिकट दिएको हुनाले विमानस्थलमा पनि उनलाई समस्या परेको र दिनभर विमानस्थलमा परकेा राजदतावासले पनि सहयोग नगरेको , फोनमा पनि आफनो समस्या राख्दा वास्ता नगरेको र पैंसा नभएको भनी पन्छिएको र त्यँहा एउटा नेपालीले सहयोग गरि आफलाई दिल्ली ल्याउने एजेन्टलाई फोन गरि भेट्टाएर दिल्लीको एजेन्टले नै उनीलाई टिकट दिलाएर नेपाल र्फकन सहयोग गरेका थिए ।
तर यसरी नेपाल फर्के पछि भने उनलाई समस्याले छोडेन ।
उनले आफु दिल्ल्ाी बाट नेपाल आएको बसको साहु सँग २०६४ सालको फाल्गण को पहिलो हप्तामा विवाह गरिन् । तत्पश्चात् उनीहरु केहि समय सँगै वस्दै आएको थिए तर एक्कासी उसको श्रीमान्ले आफनो पहिला नै विवाह भएको बताए र पहिलो श्रीमती कँहा गएर उनीसँगको मिलोमतोमा २०६४ साउन २८ गते उनको घरको उठीवास गराए र कमाएर ल्याएको ३ लाख पनि लगेको र त्यस पछि उनको श्रीमान्ले पहिलो श्रीमती सँग मिलेर उनको सामान र गरगहना समेत लगेको कोठामा थुनेर त्यसबाट पनि उनी पीडीत भएको बताइन् । त्यस पछि उनको श्रीमान् उनको र्सर्म्पकमा नआएको र उनको बेहाल भएको र टोलछिमेक सँग सहायता मागेर आफनो जीवन गुजारेको बताइन् । त्यसो त उनको श्रीमान्ले उनलाई रु १ लाख दिन्छ भनेर अलपत्र पारेको तर अहिले सम्म नदिएको तर आज उनीहरुको आफनो केहि व्यक्तिको रहोवरमा उनलाई १५ दिनमा सो रकम दिने शर्तमा कागज गराइएको छ ।
अन्त्यमा ,
उनले भनीन् विदेशमा नेपालीहरुलाई किनेर लाने भएकोले उनीहरुलाई मेशिनको रुपमा काम गराउछन् । नेपाली एजेन्टहरुले नेपाली महिलाबाट फाइदा लिएपछि महिलाहरुलाई समस्या हुने भएकेाले त्यँहाको म्यानपावर एजेन्टलाई नै सबै भन्दा सजग बनाएर कारवाही गरेमा यो समस्या समाधान हुन्छ ।
ऋचा शर्मा तिवारी
Thursday, December 4, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment