Thursday, July 2, 2009

हराएका १२ मध्ये २ नेपालीको शव प्राप्त अन्यको अवस्था अझै अज्ञात

कुमार कार्की, रासस दोहा – २ जुलाई

३० जुनको विहान कतारको समुद्रमा दर्ुघटना परेको पानी जहाजवाट हर्राईरहेका १२ जना नेपाली मध्ये २ जनाको शव प्राप्त भएको छ भने अन्यको अवस्था अझै अज्ञात रहेको छ ।
नेपाली राजदुतावासका प्रथम सचिव रामकाजी खड्काले दिएको जानकारी अनुसार वगडा ६ महोत्तरीका शेषनाथ यादव र पाल्पा गडाकोटका तिलक वहादुर खाम्चालाई मृत अवस्थामा हमाद हस्पिटल ल्याएको जनाएका छन् , खड्काले हमाद हस्पिटलमा उनिहरुको शवको निरिक्षण पश्चात उक्त जानकारी राससलाई दिएका हुन । वाँकि रहेका गंगा वहादुर गुरुङ, लीलाराम पौडेल, मेहदी हुसेन मियाँ, अव्वास अहमद र्सइ, मानसिंह खत्री, राजीवकुमार दत्त, शंकर विष्ट, ऋषिप्रसाद शर्मा पौडेल, जयवहादुर पुन र घनश्याम सार्कीको अवस्था अझै अज्ञात रहेको छ ।
उक्त जहाज दर्ुघटनामा हर्राईरहेकाहरुको कम्पनीमा कार्यरत साथीहरुलृ आवश्यक जानकारीका लागि पहल गरिरहेको कुरा खड्काले उल्लेख गरेका छन्। विहिवार दिउसो सम्ममा वाँकि जानकारी प्राप्त हुने सम्भाव्यता व्यक्त गरेका छन् ।

No comments: