Saturday, July 4, 2009

जीवन र साथी

नदेउ दोष अरु कसैलाई
नभन जीबन नियती रहेछ भनेर।
नसोच जीबन भोग्न पर्‍यो एक्लै भनेर
साथ दिने छ कसैले तिमीलाई खोजेर।
कसरी भन्नु एक्लो जिबन अर्थहिन भनेर
पक्कै कसैले बसेको छ तिमीलाई नै हेरेर।
नसोच मायालु टाढियो भनेर
अरुले भरिदिन सक्छ तिम्रो मन माया दिएर।
नसोच फेरी अभागी रहेछु कसैको आँखामा पराइ भएर
पूर्ण माया दिनेछ कसैले तिमीलाई मुटु भित्रै राखेर।
दु:ख र पिडा केही होइन
त्यस्तो बस्नु छ सहेर के गर्नु छ र
यो धर्ती भित्र कुवर बनेर।
जन्मिदा खेरी एक्लै नै जन्म्यौ
मर्ने नि एक्लै हो
नाङ्गै नै आयौ यो धर्ती भित्र नाङ्गै नै जाने हो।
साथी त केबल दुई दिनको लागी देख्नलाई राम्रो हो
त्यही साथी पनि बेइमानी भय धिक्कारै हुने भो।

-नेत्र प्रसाद शर्मा चापागाइ
बाग्लुङ, नेपाल

No comments: