वैदेशिक रोजगारका लागी २६ मेका दिन अघि नेपालबाट मलेशिया उडेका २२ युवकहरु म्ालेशियाको जलान बानटिन क्षेत्रमा अलपत्र परेका छन् । करिब ४ बटा म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीका लागी हिडेका उक्त युवकहरु मलेशियाको जलान रोडको बानटिगं भन्ने स्थानमा रहेको Flexitat company मा एक वर्षाको सम्झौता अनुरुप Sadhiskya, Kantipur ,Ideal ,Anjali Manpower company बाट कामका लागी गएको कुरा मलेशियाबाट फोन सम्र्पकमा गंगाराम आर्चायले बताउनु भयो । तर त्यँहा गएपछि उक्त कम्पनीमा नभई अर्को कम्पनीमा लगेपछि उँहाहरु अलपत्रमा परेको आफुहरुलाई जानकारी भएको बताउनु भयो । उँहा लगायत २२ जना नेपालीहरु सोहि कम्पनीमा बसेको तर सो कम्पनीमा खाने वस्ने सुविधा नभएको र एउटै कोठामा कोचिएर वस्नु परेको ज्यादै गर्मी भएको र केहि दिन देखि खान समेत नपाएको र होटलमा खानु पर्ने गुनासो गरेका छन् ।सोहि कम्पनीबाट वाहिर जान नपाउने हुनाले आफुहरुले राजदुतावासमा गई सहयोग लिन नसकेको बताउनु भयो ।
उँहाले बताए अनुसार सो कम्पनी चिनिया भएको र त्यँहा करिब ७०० नेपाली कामदारहरु रहेको तर तिनीहरुको अवस्था भने खराब भएको जानकारी समेत दिनुभयो । सो कम्पनीमा अलपत्र परेका नेपाली गंगा आर्चाय लगायत उँहाको साथीहरुलाई सहयोग गर्नका सम्पर्कका लागी फोन नं ००६०-१६२३९५२७५ गंगा आर्चायलाई सम्र्पक गर्न सक्नु हुनेछ ।
उँहाहरुले पौरखीमा फोन गरि सबैलाई यो समस्याको समाधानका लागी सहयोग एवं पहल गरिदिन अनुरोध गर्नुभएको छ ।
मलेशियामा गंगा राम आचार्य
००६० १६२३९५२७५
Reecha Sharma Tiwari
Friday, June 4, 2010
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment