Friday, June 4, 2010

बिदाइ

तिमी जान्छु भन्छौ
चाडै आउछु भनी बाचा गरेर
म बाटो छेक्न खोज्छु
तर तिम्रो जित हुन्छ
तिमी जान्छौ
बतास सरी
मेरो मन मुटु नै
सुन्यतामा पारेर
म नजाउ भन्छु
तर पनि वाध्यता
म अवाक तिम्रो
बिदाइमा सम्मिलित हुन्छु
अनी
भारी मन लिएर म फर्कन्छु
तिमी सँग पुनर्मिलन हुने आशामा

No comments: