Thursday, November 6, 2008

गजल

कहिले दिनको घाम बन्यौ कहिले रातको जुन बन्यौ
अरुले जे भनेनी मेरो लागि सुन बन्यौ

पिरव्यथा बेदनाले डसीएर घाइते हुँदा
सारा व्यथा बिर्स्याइ दिने संगीतको त्यो धुन बन्यौ

रित्तो सडक जस्तै जीवन साँच्चै अलिनो नै थियो
तिम्ले न्यानो साथ दिइ तरकारीमा नुन बन्यौ

तिमी बिना एकपल पनि बाँच्न अव सक्दिन म
मेरो नशा नशामा बग्ने तिमी तातो खुन बन्यौ

कहिले दिनको घाम बन्यौ कहिले रातको जुन बन्यौ
अरुले जे भनेनी मेरो लागि तिमी सुन बन्यौ ॥

इखालु रमेश गेलाल
खोटाङ बजार-१ खोटाङ ।

1 comment:

Ram Prasad Panta said...

तिमी बिना एकपल पनि बाँच्न अव सक्दिन म
मेरो नशा नशामा बग्ने तिमी तातो खुन बन्यौ
that a good sentence .