Monday, December 15, 2008

मेरी कर्णाली

कर्णाली आज रोइरहेकी छे
तर सबै नेताहरु भने
आफनो पेट भर्ने दाउमा लागेका छन् ।

कर्णाली तिम्रो नामको दाउ लगाएर
आज कयौ नेताहरु
रातारात धनी भएका छन्
तर
तिमी मात्र किन गरिबी र शोषणमा
परेकी मेरी कर्णाली
किन लत्याइएकी मेरी कर्णाली
आखिर किन

तिम्रो रुपका आज खुल्लेआम सदनको
वेश्यालयमा विक्री भएका बेश्या झै
विक्री भइरहेको छ कर्णाली

सबै जना तिम्रो भाउ लगाउन
आतुर छन् राजनितिको वेश्यालयमा
तिम्रो सर्वस्व हरण गर्न
तिमीलाई निर्वस्त्र बनाउन
आतुर छन् राजनितिक बेश्यालयमा ।

मेरी कर्णाली
तिमी अब आफु बाच्ने उपाय खोज ।
अब त केहि बोल कर्णाली
मौन भएर नबस
धेरै ढिलो भइसक्यो
अब त केहि बोल ।
मेरी कर्णाली
अब त केहि बोल ।

अभिव्यञ्जना

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।