न्ावाकोट ,तारुका गा.वि.स, वडा नं ९ घर भई ,हाल वानेश्वर हाइट वस्ने केशव ढगांना ,वि.सं २०६१ म्ासिंर १७ गतेका दिन वैदेशिक रोजगारीका लागी मलेशिया तर्फ लागेका हन ,सन्दर सपना बोकर , नेपालमा जती नै प्रयास गरेता पनि उनले यहाा पैसा कमाउन नसकेको कारण ,उनी पैंसा कमाउनका लागी नेपालबाट ट्रष्ट नेपाल म्यानपावर कम्पनी को माध्यमबाट मलेशिया पगेका हन । उनले त्यहाा लोबेली फर्नीचर कम्पनीमा सिर्कमीको काम गर्ने गर्दथे ।ू शरुमा जादाा नौलो अनभव भएतापनि पहिला त्यस्तो प्रकारको काम नगरेकोले केहि अप्ठेयारो भने परेको थियो ।तर भाषाको भने कनै समस्या परेन किनभने किनभने त्यहाा हिन्दी भाषा बोल्नेहरु पनि थिए ँ। त्यहाा जाादा यहााबाट ८ घण्टा काम गर्नपर्छ र त्यसको पारिश्रमीक ७५० रिगेंट भनेता पनि उहाा गएर मैले करिब १० घण्टा जति काम गर्नपर्दथ्यो । त्यसको कारण पनि मेरो कामको समयावधिमा तोकिएन र पारिश्रमिक मा फरकपना आयो र साथै उनीहरुले पारिश्रमीक दिादा २ दिन विदा लियो भने ४ दिनको तलब काट्ने नियम थियो ।
त्यहाा कामगर्दा के के सविधा थियो भन्ने प्रश्नमा केशव भन्छन् ँ यहाा बाट जादाा धेरै सविधा देखाएता पनि त्यहाा भने केहि सविधा दिइएन , सबै फरक थियो । वीमा सविधा दिइएतापनि खै कसैले पाए जस्तो लागेन त्याहा आर्मी सिस्टम लाग गरिएको थियो । एउटा कोठामा ८,१० जना राखिन्थ्यो ,खाना बनाउने स्थानमा पानी , विजलीको सविधा थिएन ।ँ । उनी अगाडि भन्छन् ँत्याहा नेपालीको अवस्था भने राम्रो छैन ,आफलाई पनि काम गराइएको सिलसिलामा यहाा काम गर्न नआएको भएपनि हुनेथ्यो भने मनमा लाग्दथ्यो ,विशेष गरि विरामी पर्दा, यो विरानो मलकमा ँ । राजदतावासले कतिको सहयोग गर्दछ भन्ने प्रश्नमा केवश अगाडि भन्छन् ँ खै के भन्ने , यति सम्म कि कोहि नेपालीको मृत्यमा समेत हामीहरुले नै पैसा उठाएर लाश नेपाल र्फकाउने व्यवस्था गर्नपर्दथ्यो र केहि उजरी गर्न गएको खण्डमा समेत हामीहरुलाई उनीहरुले केहि वास्ता नगर्ने गर्दथ्यो ँ।ँ म्ालेशियन सरकार र नेपाल सरकार बीच अझै पनि सहयोग भएको छैन तर यहााको इजाजतपत्रवाला र उहााको रोजगारदाता बीच पब्लिक नोटरीको आधारमा अहिले सम्म साढे तीनलाख नेपालीहरु मलेशियामा वैदेशिक रोजगारीको लागी गएको श्रम विभागका वैदेशिक रोजगार विभागका सचिव कृष्ण दवाडि भन्नहन्छू
श्रम विभागको एउटा सहायक डेस्क मलेयिशामा स्थापना गर्न पहल गर्नभएको छैन भन्दा दवाडि भन्नहन्छ ँ पहल त गरेको हो तर विभिन्न कर्मचारीतन्त्र एवं अनेक किसिमको समस्याहरुका कारण हामीले त्यस कार्यलाई अगाडि बढाउन सकेका छैनौ ँ ।
सरकारी तथ्याक अनसार मलेशियामा केवल २,३,००० नेपालीहरुले श्रम गरिरहेको देखाएता पनि वास्तविकतामा भने त्यस देशमा झण्डै ३ लाख नेपालीहरु कामको खोजीमा आफनो श्रम त्यहााको श्रमबजारमा बेच्न बाध्य छन् । विगत १२ वर्षको लामो सशस्त्र द्धन्द्धका कारण नेपाली यवाहरु विदेश पलायन हन वाध्य भएका हन् । चाल आ.व मा वैदेशिक रोजगाीमा जानेहरुको संख्यामा कतार -५०५४०,मलेशिया -६५४५५ ,साउदी अरब -३२९४९, यएई -२०५१२ को संख्या रहेको छ ।
वैदेशिक रोजगारीका लागी मलेशिया जानेहरुमा भारतीय पछि नेपाली दोस्रो रुपमा पर्दछन् । वैधानिक तथा अवैधानिक रुपमा मलेशिया त्यहाा काम गर्ने नेपालीहरुको संख्या साढे तीन लाख भन्दा बढि रहेको तथ्य देखिएको छ । तर यति नै छन् भन्ने एकिन भने गर्न सकिएको छैन । कल विदेशिने नेपालीहरुमा १२ प्रतिशत भने यवाहरु म्ालेशियामा रहेका छन् । मलेशियाको जोहोबारु ,महार ,मलक्का,शाहाआलाम,सेलेगंर, क्यमरुनहाईलेण्ड ,लगंकाय,ताइपिइं ,पेनागं,जस्ता शहरहरुमा नेपालीहरुको बसोवास रहेका छन् । उनीहरु त्यहाा कम्पनीमा ,बाटोमा,निर्माण कार्यमा,बनजंगल,तरकारी तथा फलफल बगैंचा,जस्ता ठाउाहरुमा काम गर्ने गर्दछन् त्यस्तै त्यहाा कतिपय अध्ययनका लागी आएका नेपालीहरु पनि रात ीभने विभिन्न सेक्यरिटि सेन्टर ,पसलहरुमा काम गर्ने, रेष्टरेन्टहरुमा लकिछिपि काम गर्ने तर दिउासो भने कलेज जाने समेत गरेका छन् ।
म्ालेशियामा एकजना नेपालीले एक महिनामा औसतमा , करिब १०० अमेरिकी डलर कमाउने गरेको र अमेरिकी १० मिलियन डलर भन्दा बढि रेमिटेन्स त्यहााबाट नेपालमा भित्रिने ,जसले गर्दा नेपालको अर्थतन्त्रमा टेवा पगेको उल्लेख गरिएको छ । तर मलेशियामा नेपालीहरुको अवस्था ज्यादै दयनिय रहेको छ । कोहि कामदारहरुको त खाने ,वस्ने ठेगान समेत नभएको ,कसैलाई भने तोकिएको पारिश्रीमक समेत नदिइने हनाले त्याहा नेपालीहरुलाई धेरै काम गर्न ज्यादै अप्ठेरोर्े अवस्था छ ।
ँ यहााबाट जाादा नेपाली कामदारहरुलाई मलेशियन दलालले लिन विमानस्थलमा लिन नआएसम्म उनीहरु कहाा जाने के गर्ने भन्ने विलखबन्दनमा पर्ने गर्दछन् । त्यसको मख्य कारण नेपाली दलालले मलेशियन दलाललाई कमिशनवापत् पैंसा नपठाएसम्म कारखाना मालिकले कामदार लिन नपठाउने भएकोले धेरै नेपालीहरुले यस्तो समस्या झल्नपरेको देखिन्छ । यसले गर्दा नेपालीहरु अलपत्र पर्ने गर्दछन् । अर्को मख्य कारण नेपालीहरु ज्ाो कोहि वैदेशिक रोजगारको लागी जान्छन् उनहिरु पर्ण रुपमा अग्रेजी भाषाको ज्ञाता हदैनन् त्यसले गर्दा म्यानपावर र कम्पनी वीचमा के कस्तो शर्त र सम्झौता गरिएको छ र कति तलब छ , के कति सविधा छ त्यस बारे अनभिज्ञ हन्छन् । फेरी म्यानपावर कम्पनीहरुले पहिला कामदारहरुलाई एक प्रकारको सम्झौता पत्र देखाउने र त्यसमा सही गर्ने समयमा भने अर्को कम तलब को सम्झौतापत्र मा सहि गराएको हने हनाले कामदारहरु ठगिने गर्दछन् । राम्रो कम्पनी ,तलब होला भनेर जानेहरु पनि यसरी नै ठगिएका छन् ँमलेशियाबाट हालै नेपालीहरुको अवस्था बारे अध्ययन गरेर फर्केका जिफन्टका प्रवासी कमिटिका सदस्य समर थापा भन्दछन् ।
ँमलेशियामा नेपाली प्रवासीहरुलाई गर्ने व्यवहार फरक छ ,यसको कारक नै नेपालको श्रम निति र सरकार र आफैले गरेको श्रम सम्झौताको कारण नै हो । नेपाल सरकारले भने आफले ्त्याहा नेपाली कामदारहरु प्रति गरिएको भेदभावपर्ण व्यवहार र समस्या प्रति चनाखो भई उत्तरदायित्व वहन गर्न नसकेको कारण नै नेपालीहरुले त्यहाा दख पाएको जिफन्टका प्रवासी शाखा कमिटिका सदस्य समर थापा दावी गर्नहन्छ । यसै गरी कतिपय नेपाली कामदारहरुले मलेशियामा रहेको नेपाली राजदतावास प्रति असन्तष्ट व्यक्त गर्दै आएको जिफन्टका प्रवासी शाखा का सदस्य थापाले मलेशियामा ६ दिन गरेको आफनो अध्ययन को क्रममा पाएका छन् । जिफन्ट लगायत विभिन्न संघ संस्थाहरुले नेपाली राजदतावासको काम कारवाही कि्रयाशील र सरल बनाउन पर्ने करालाई सरकार साग विभिन्न समयदेखि माग गर्दै आएको तर सरकारले भने कानमा तेल हालेर बसेको र यतिका नेपाली वैदेशिक रोजगारीमा देशबाट जान्छन् तर उनीहरुको सरक्षाको लागी भने सरकारले अहिले सम्म श्रम डेस्क ,श्रम सहचारी समेत नियक्त नगरेकोले यो समस्यामा कमी नआएको पनि एक कारण भएको गनासो थापा व्यक्त गर्दछन् ।
ँहन त कामदारको लेबी काट्ने प्रकि्रया पनि एउटा समस्याको रुपमा नै रहेको छ , त्यसमा पनि फरक पर्दछ ,यहााबाट खाने,वस्ने सविधा साहले दिने भनिएता पनि त्यहाा विजली ,पानी भनेर श्रमीकको पारिश्रमीक बाट काट्ने गरेको छ ँ मलेशियाबाट काम गरी नेपाल फर्केका केशव भन्छन् ।
मलेशियामा काम गर्ने सबै नेपालीहरको अवस्था दयनिय नै छ भन्न पनि सकिन्न , त्यस्ाो त किर्तीपर मच्छेगााउका उदास श्रेष्ठको भने कथा अर्कै छ । उनी यहाा कक्षा १२ मा अध्ययन गर्दा गर्दै वैदेशिक रोजगारको लागी मलेशिया तर्फ लागेका हन् । उनले त्यहाा एउटा चाइनीज समाचारपत्र कम्पनमिा प्रेसको काम हर्ने गर्दथे । उनले त्याहा पत्रिका प्याकिग गर्ने काम गर्दथे । त्यहााकाम गर्दा उसलाई आधारभत तलब भने ५०० रिगेट मात्र दिने गरेको थियो र वस्ने सविधा भने कम्पनीले दिएता पनि उनी आफ भने भिन्दै कोठा लिएर बसेको तर पनि उनीहरुले लेबि १५० रिगंेट, विजली,पानी भनेर शल्क काट्ने गरेको बताए ।
आफ गएको एक हप्तामा त्यो कम्पनीको प्याकिग विभागको लाइन लिडरको जिम्मा दिइयो त्यसपछि आफलाई त्यस्तो कनै समस्या नभएको बताए ।
तर त्यो कम्पनमिा एकपटक त्याहाको सपरभाइजर जो मलेशियन भारत्ाीय थियो उ साग नेपाल्ाीलाई दख दिएको भनेर मैले विवाद गरे त्यस वखत मलाई अफिसबाट केहि समयको लागी सस्पेन्ड गरियो र तयो अफिस छोडेर मैले अर्को कम्पनी मा काम गर्नपर्यो । त्यहााको स्थानीय कामदारहरुले नेपालीहरुलाई कामको बोझ दिएर पीडा दिन्थे । त्यसले गर्दा नेपालीहरु ध्ोरै नै पीडीत भएको उदास भन्छन् ।
आफले बढिमा १२ घण्टा काम गरेको र र्फसदमा सामाजिक कार्यको लाग्ाी समय खर्च गर्ने गरेको बताए ।
यहााबाट जाादा २ महिना २२,२३ घण्टा सम्म काम गरे त्यसपछि मैले विहानमा सफाईको काम गरे ,त्यस कम्पनीमा अनिर्वाय रुपमा ओभरटाइम गराउन पर्दथ्यो ,त्यसबेला एकदम दख लागेकेा थियो । केहि टेनिग नलिईकन गएको भएता पनि काम सिकेर नै ३ वर्ष विताएको करा उदास श्रेष्ठले बताए ।
त्यहााबाट फर्केर आउादा आफले ४ लाख जति कमाएको र अब भने आफ फेरी वैदेशिक रोजगारको लागी इजरायल जाने विचारमा रहेको करा बताए । इजरायलमा गएर पनि जिफन्ट अन्र्तगतको प्रवासी सर्पोट समहलाइृ परिचालन एवं विस्तार गर्ने योजना रहेको र हरेक नेपालीहरु जो दखमा बााचीरहेका छन् तिनीरुहलाई उद्धार गर्ने र सक्दो सहयोग गर्ने प्रयास गर्ने योजना रहेको बताए ।
म्ालेशियामा विदेशी कामदारहरुलाई कनै रिसिभरहरुले लिन नआएको खण्डमा केहि समयसम्म डिटेन्सन् शिविरमा राखिने र यदि धेरै समय सम्म नआएमा उनीहरुलाई थाइल्याण्ड र इन्डोनेयिशयाको जगंलमा लगेर छोडने गरेको पनि खलासा भएको छ । मेलेशियाको सरकारले भिजन २०२०को लक्ष्य परा गरी मलेशियालाई पनि अमेरिका जस्तै समृद्धशाली बनाउनका लागी कामदारहरुको श्रमशोषण गरेको समेत धेरैले गनासो गरेका छन् । त्यहाा अलपत्र परेका र कम्पनीले धेरै समय सम्म लिन नआएका नेपालीहरुलाई भने एउटा डिटेन्सन शिविरमा राख्ने गरेको ,उनीहरुलाई खान,वस्न दिएता पनि धेरै समय सम्म लिन नआएमा भने त्यहि बाट थाइल्याण्ड ,इन्डोनेशियाको जगंलहरुमा लगेर छोडने गरेको तथ्य समेत नाम नवताउने शर्तमा उल्लेख गरेका छन् ।
म्ालेशियामा सरक्षा गार्ड र नेपाली
म्ालेशियन सरकारले नेपालीहरुलाई सरक्षा गार्डको लागी छनौट गर्ने भएकोले अधिक मात्रामा गोर्खा सैनिकबाट निवृत्त भएकाहरुलाई त्यहााको सरक्षागार्डमा लिने गरिएको छ । त्यस्तै मलेशियामा सरक्षागार्डको काम गरेका लक्ष्मीकान्त घिमिरे ले एक संञ्चारकर्मी साथीलाइर्ृ पठाएको पत्रमा नेपालीहरुको कथाव्यथा समावेश गरिएको थियो । जसमा त्यहाा सरक्षा गार्डको काम गर्दा आफले ओभरटाइम ६ घण्टा दिन विराएर काम गरेको र १२ घण्टा भने सधैको काम गर्ने गरि १८ घण्टा काम गर्दछन् बााकी समय भने उनले आफनो देनिक जीवनको काम गरि बिताउने र जम्मा ८ घण्टा मात्र सत्ने गरेको उल्लेख गरिएको छ । यसरी आफनो अफिसको कामको व्यस्ताको कारण उनीहरुलाई त्याहा दााया वायाा सोच्ने र्फसद समेत नभएको बताएका छन् । उनीहरुले ओभरटाइम र मासिक ज्याला गरी १६०० आरएम तथा नेपाली ३२०००जति कमाउने गरेको त्यसमा पनि खाना,फोन कार्ड बाट बचाएर मात्र करिब ११,१२ सय मात्र बच्ने गरेको र उनले सालाखाला हिसाबमा आफले ३००००० जति नेपाली बचत गर्नेृ र आफ त्यहााबाट अष्टेलिया जाने चक्कर रहेको तर त्यहााबाट जान अलि जोखिम उठाउनपर्ने र करिब १२००० आरएम लाग्नेगरेको समेत उल्ल्ोख गरेका छन् ।
उनले पत्रमा लेख्नभएको छ ,जब हामीले नेपालको म्यानपावर यरो एशिया इम्प्ााइमेन्ट सर्भिसले कान्तिपरमा प्रकाशन गरे अनसार १२५० रिगेट सेलरी को आधारमा यहाा आयौ ,हामीलाई १२५० नभएर १२०० मात्र दियो हामीले आफै म्यानपावरमा धेरै पल्ट फोन फयाक्स गर्यौ तर हन्छ दिन्छ भनेर टार्यो यता हामी कम्पनीमा भनेर आएका थियौ त्यो कम्पनीले हामीलाई अर्कै प्रोग्रेसिभ सेक्यरिटि सर्भिसेज भन्ने कम्पनीलाई बेच्यो । यो तथ्यबाट के थाहा हन्छ कि मलेशियामा पनि नेपालीकामदारहरुलाई एक कम्पनीको लागी भनेर कम्पनीमा पनि लग्ने गारिदो रहेछ भन्ने बझन सकिन्छ ।मलेशियाको क्वालालम्परको पेट्रोनाश टावरमा अवस्थित द इशेटान सपरमार्केटमा सरक्षा गार्ड र अन्य क्षेत्रमा काम गर्ने करिब १५० नेपाली छन् । मलेशियामा सरक्षा गार्डको काम गर्ने नेपालीहरुको अरु क्षेत्रमा काम गर्ने नेपालीहरुको भन्दा आर्कषक तलब र सविधा भने रहेको छ तर दख भने त उस्तै नै रहेकोछ । यति थोरै तलबमा काम गरिरहेका नेपालीहरुले कारखानामा प्रयोग हने रसायनहरुले पर्याउन सक्ने जोखिमबाट आफै बच्नपर्ने , कनै दर्घटना भएर स्वास्थ्य एवं शारीरिक समस्या देखिएमा उपचार खर्च आफैले व्यहोर्नरपर्दछ । यहाा स्वास्थ्य वीमा हने र उपचार पाउने भनिएतापनि त्याहा त्यसको ठीक उल्टो हने गरेको रहस्य खल्न आएको छ ।
तथ्यंाकमा के छ ?
नेपालबाट वैदेशिक रोजगारीको लागी मलेशियामा जाने नेपाली यवाहरुको संख्या चाल आर्थीक वर्षको पहिलो पााच महिनामा ४० प्रतिशत घटेको छ । चाल आर्थीक वर्ष २०६४र ६५ को मसिंर मसान्तसम्म नेपालबाट १९ हजार ७ सय २१ ज्ाना वैदेशिक रोजगारीका लागी मलेशिया तर्फ लागेको तथ्याक भेटिन्छ । अघिल्लो वर्षका ेसोहि अवधिमा यो संख्या ३३ हजार १ सय ६० रहेको थियो । अति कम पारिश्रमिक तथा विभिन्न लेबी काट्नाको कारण पनि पछिल्ल्ाो समयमा मलेशिया तर्फको आर्कषण घटेकोले पनि यस आवको मंसिर मसान्तसम्म मलेशियामा वैदेशिक रोजगारीको लागि जानेको संख्या ४०.२ प्रतिशतले कमी आएको तथ्य भेटिन्छ । त्यसै गरी गत आर्थीक वर्षमा नेपालबाट वैदेशिक रोजगारीको लागी गएका २ लाख ५ हजार ३३ जना मध्ये ७४ हजार २९ जना मलेशिया गएका थिए । यस वर्ष भने यो संख्या ५० प्रतिशत सम्म घटने अनमान विभागको रहेको छ । चाल आवको साउनमा ४ हजार ३ सय ५१ ,भदौमा ४ हजार ६ सय ५२,असोजमा ४ हजार ५ सय ३५,कात्तिकमा २ हजार ८ सय २०र मंसिरमा ३ हजार ३ सय ६३ जना नेपाली मलेशिया गएका थिए । तर आवको साउनमा ७ हजार ६ सय १८,भदौमा ८ हजार ८ सय ९५ ,असोजमा ६ हजार १ सय ७९ कात्तिकमा ४ हजार ८ सय र मसिंरमा ५ हजार ६ सय ६८ नेपाली वैदेशिक रोजगारीका लागी मलेशिया गएका थिए । चाल आर्थीक २००७ /०८ मा मलेशियामा काम गर्ने नेपालीको संख्या ७१हजार भएको र मलेशिया खाडी मलकपछि अर्को मलक हो जसले अधिक संख्यामा नेपाली कामदारहरुलाई कामको लागी लिने गरेको छ ।
यती ठलो संख्यामा नेेपालीहरु मलेशिया गएतापनि मलेशिया भने सरक्षित गन्तव्य नभएको रोजगारदाता कम्पनी बीच पछिल्ल्ाो समयमा विवाद देखापरिरहन ,करार अनसार तोकिएको पारिश्रमीक नपाउने जस्ता विभिन्न समस्याको कारणले त्यहाा रोजगारीको लागी जाने नेपालीको संख्या घटेको रुपमा पाइन्छ । गत वर्ष नेपालबाट वैदेशिक रोजगारीका लागी गएका मध्ये मलेशिया पहिलो क्रममा थियो । पछिल्लो पटक नेपालसरकारले कम्तीमा मासिक १ सय २५ डलर बचत हनपर्ने र सो संभव नभए विभागले स्वीकृति नदिने समेत निति लिएको छ ।
हालै काठमाडौंमा संस्था पौरखी र मलेशियामा कामगर्ने नेपाली कामदारहरु बीच एक अन्र्तकि्रयाको आयोजना भएको थियो । सोहि क्ममा मलेशियाबाट फर्कीएका नेपालीकामदारहरु र सस्था प्रतिनिधि बीच भएको अन्र्तकि्रयाको केहि अंश प्रस्तुत गरिएको छ ।
मदनकुमार राई मलेशियामा साढे तिन वर्ष देखि रोजगाररत हुनुहुन्छ र पुनः त्यहि रोजगारीमा र्फकदैं हुनुहुन्छ । उहााले मलेशियामा शुरुवातका दिनहरु कठिन भएतापनि संघर्ष निरन्तर गरेको र हाल सन्तोष जनक रहेको भनाइ राख्नु भएको थियो । आफु कार्यरत कम्पनीमा सागै काम गर्ने साथीको काम गर्दागर्दै हात भााचिए पछि कम्पनीले विना क्षतिपूर्ति र उपचार निकालिदिए पछि नेपाली कामदारहरु मिलेर उसलाई दूतावास मार्फत नेपाल र्फकन आर्थिक सहयोग दिलाएको अनुभव पनि सुनाउनु भएको थियो । नेपाली कामदारलाई समस्या पर्दा सहयोग गर्ने निकाय नभएकोले कामदारहरुले समस्याको समाधान नपाउने गरेको र नेपाली रिक्रुटिङ्ग एजेन्सीहरुको प्रतिस्पर्धा र लापरवाहीले गर्दा पहिला भन्दा अहिले अत्यन्त कम तलबमा काम गर्नु पर्ने अवस्था आएको गुनासो गर्नु भएको थियो ।
शान्ती मल्ल -मलेशियामा ६वर्षदेखि कार्यरत कामदारको श्रीमति) ः- श्री मल्ल जीले उहााको श्रीमानलाई मलेशियामा पुगे पछि नेपालमा भने अनुसारको काम र तलब नदिएको, कार्पेन्टरमा भनेर लगेको तर अर्कै किसिमको काममा लगाएको, तलब पनि कम भएकोले रकम संचिती गर्न नसकिएको , छोराछोरीको पढाई र घरखर्च धान्न मात्र पुगेको व्यथा पोख्नु भएको थियो ।
लक्ष्मी सुब्बा ः- श्री सुब्बाले आˆनो श्रीमान ७ वर्ष सम्म बहराइनमा काम गरेको बताइन् । त्यहाा काम गर्दा नेपाली लाई असाध्यै काममा खटाउने गरिएको जानकारी दिनु भयो । दैनिक १६ देखि १८ घण्टा सम्म काम गर्नु पर्ने बाध्यता भएको त्यसरी काम गरेता पनि तलब भने जति नपाइने समस्या भोग्नु परेको अनुभव सुनाउनु भयो ।
यसरी प्राय जसोको अनुभवमा नेपालदेखि नै रिक्रुटिङ्ग एजेन्सीहरुले ठगी गर्ने र विदेशमा पनि भनिए जस्तो काम, तलब र सुविधा नपाउने तथा त्यस्ता समस्याहरु समाधान हुने निकाय नहुनाले बाध्यतावश दुःख सहेर पनि काम गर्नु पर्ने अनुभव व्यक्त गर्नु भएको थियो ।
सोहि क्रममा मलेशयाका लागि नवनियुक्त राजदूत श्री ऋषिराज अधिकारी मलेशियामा कार्यरत कामदारहरुको तथ्याङ्क राख्ने कामको थालनी हुनु पर्ने र कामदारको समस्या निकासको लागि प्रतिवद्ध भएर लाग्नु पर्ने, त्यहाा सो कार्यको लागि आवश्यक साधनस्रोत र जनशक्तिको पहिचान गरेमा आगामी कार्य नीतिहरुको लागि सहयोग पुग्ने धारणा व्यक्त गर्नभएको थियो । आˆनो राजदूत नियुक्तिको लागि एग्रीमो आए लगत्तै विभिन्न स्तरको कार्यक्रममा सहभागी भएको अनुभव व्यक्त गर्नु भएको थियो । ४ लाख नेपाली कामदार रहने मलेशियाको राजदूतको कार्यभार अत्यन्त चुनौतिपूर्ण भएकोले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने कामदारहरुको हितमा रही काम गर्ने र सकेसम्म श्रमिकको समस्या हेर्ने अलग्गै विभाग बनाउने प्रयास गर्ने र यसको लागि नेपाल सरकार, मलेशियामा बसोबास गर्ने गैरआवासीय नेपाली तथा त्यहााका नागरिक समाजसाग सहयोगको लागि अपिल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहााले आफुलाई एउटा कुटनैतिक प्रतिनिधीको रुपमा नभएर एउटा आप्रवासी मजदूरको रुपमा अनुभव गरेकोले बैदेशिक रोजगारीलाई सुरक्षित र फलदायी बनाउन आˆनो क्षमताले भ्याए सम्मको प्रयास गर्ने विचार राख्नु भएको थियो । मलेशियामा भएका नेपाली संघ संस्थाहरु र सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्ने नेपाल स्थित संघसंस्थाहरु बिच अन्तरसम् बन्ध बढाएर सहकार्यको लागि पहल गरिदिन पनि नवनियुक्त राजदूतलाई आग्रह गरिएको थियो ।
सन् १९४६ को दोस्रो विश्वयुद्धको समाप्ती पछि विश्वयुद्धको क्रममा नेपालीहरु मलेशिया पुगेको र त्यहि बसोबास गर्दैआएको र हाल समय बित्दै जाादा मलेशिया नेपाली कामदारहरुको गन्तब्यको रुपमा स्थापित भएको घटनाक्रमहरुको बारेमा जानकारी दिनु भएको थियो । हाल मलेशियाले नेपालबाट कामदार जानको लागि ल्याएको नयाा नीतिले गर्दा त्यहाा जान नेपालीहरुको लागि बढि खर्चिलो हुने भएकोले यसबारे त्यहाा कुटनैतिक पहल गरिदिन राजदूत अधिकारीलाई आग्रह गरिएको थियो ।
नेपाली कामदारहरु यहााबाट जाादा सबैले स्थानीय मलाय भाषा सिकेर गएका हदैनन् ,उनीहरुलाई आफनो योग्यता अनसारको अगं्रेजी भाषा पनि त्यति नआउने भएकोले उनीहरुलाई भाषाको धेरै समस्या पर्ने देखियो । हन त नेपालीहरुलाई यहााको विमानस्थलबाट निस्केर हवाइजहाज चढेदेखि अर्को विमानस्थलमा पग्दा नै विदेशी भाषाको समस्या पर्ने गर्दछ । कतिपय सामान्य कराको समेत जानकारी नलिईकन पैंसा कमाउने भनेर त्यसै बहकिएर जाने भएकोले पनि त्यहाा पगर स्थिीती फरक पाएर पनि दख पाउने गरेको तथ्य भेटिन्छ । दलाललाइृ भने जति पैंसा दिएर केवल विदेश जानको मात्र भएपनि उनीहरु केहि नसोचीकन नै विदेश हत्तिएर जान्छन् । भाषा पनि एक प्रमख समस्या हो वैदेशिक रोजगारीका निम्ति ,रोजगारदाताको देशको भाषा जनान्दा पनि कतिपय नेपालीहरुले दख पाएका छन् र अर्को समस्या भनेको मेशिनरी सामानको प्रयोग गर्न नजान्दा पनि कतिपय नेपालीहरु दर्घटनामा पर्ने र अगंभगं समेत भएका छन् ।
मलेशियामा कार्यरत् तीन लाख नेपाली नेपालीले कम्तीमा पनि मासिक २ अर्ब रुपैया बचाउने गरेको र प्रतिव्यक्ति औसत १ सय डलर बचत हने आधारमा यो अनमान गरिएको हो । त्यहाा रहेका ८० प्रतिशत नेपालीले कमाएको रकम बैकिङ्ग प्रणाली मार्फत् घर पठाउने गरेका छन् ।
ँअरु देश हेरी मलेशिया जान अलिकम खर्च लाग्ने भएकोले न्यन वर्गका नेपालीहरु, अर्धदक्ष ,तल्लो वर्गका कामदारहरु मात्र जाने गरेको र त्यस्ता वर्गहरु म्यानपावर र दलाल मार्फत ठगिने गरेको र २०६१ साल यता अहिले सम्म यस संघमा विभिन्न देशहरु प्ाठाउने भनी ठगी गरेकाहरु विरुद्ध १५०० जति मद्दा भएको र त्यसमा करिब १९८ जति र्फछौट भईसकेकोू वैदेशिक रोजगार पिडित संघका अध्यक्ष शमशेर ब. कार्कीले बताउन भयो ।
निष्र्कष
मलेशिया नेपाली कामदारहरुको लागी श्रमको गन्तव्य भएतापनि त्याहा नेपालीहरुले भोगेको भाषीक समस्या , श्रम समस्या र सरकारको निति विपरित त्यहाा नेपालीहरुले काम गरीरहेको अवस्थाका कारण मलेशियामा नेपालीहरुको अवस्था अरु देश हेरी दयनीय नै रहेको छ । जसको कारण एक त नेपालको श्रम निति र रोजगारदाता र रोजगारवाला बीचको सम्बन्धमा भएको समस्या नै हो । नेपाल सरकार पनि तीन लाख नेपाली श्रमिकको समस्या प्रति गम्भीर र चनाखो नभएकोले पनि नेपाली कामदमरहरुले त्यहाा अझै समस्या भोग्न परेको हो । त्यसैले नेपाल सरकार र मलेशिया सरकार बीच तत्काल श्रम सम्झौता हनपर्ने देखेन्छ जसले गर्दा तीन लाख नेपालीको भविष्य सरक्षित र सनिश्चित हन सक्ने प्रवल सम्भावना रहेको छ ।
ऋचा शर्मा तिवारी
नयाा नेपाल मासिक
विशेष संम्वाददाता
Monday, December 15, 2008
Subscribe to:
Post Comments (Atom)

1 comment:
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।
Post a Comment