रोजगारीका लागि इजरायल एक कमाइको केन्द्रविन्दू बनेको करिब दशक भैसकेको छ । इजरायलमा कामको प्रकृति भन्दा पनि यहाँको कमाइका हिसावले नेपालीहरू यसप्रति खिचिरहेको यथार्थता छ । कमाइ वास्तवमा नै छ तर जति नेपालमा म्यानपावर कम्पनिलाइ लगानि गरिन्छ त्यो अति महँगो छ । अनि इजरायली राजदूतबाट इजरायलमा लाग्ने शुल्कको बारेका स्पष्ट पारिएता पनि नेपालमा शुल्क घटाइने कुरा त परै जावोस् विपरीत शुल्क बढाइदै छ । नेपालका म्यानपावर कम्पनीहरूले इजरायलका म्यानपावर कम्पनीहरूसँग नै बढी भन्दा बढी शुल्क तिर्न समेत राजी भएका छन् । अहिले इजरायलको तेल अभिभ शहरमा दलाली गर्ने नेपाली तथा इजरायली म्यानपावरका एजेन्ट भनाउँदाहरू नेपाली किनबेचमा तछाँडमछाँड गर्दैछन् । अहिले तेल अभिभको मानवबेचा बजार नेपाली तथा इजरायली दलालहरूको सँगम थलो बनेको छ । अहिले नेपाली बजार पुनः बन्द हुदै गरेका कारण इजरायली दलालहरू पनि एक भन्दा एक पैसा बढाउदैछन् । त्यस्तै नेपाली दलालहरू पनि के कम समयको सदुपयोग गर्न र एक भन्दा एकले कमाउने तरखरमा जुटेकाछन् । इजरायली दलालहरूले रोजगारदातासँग बाटै कमिशन लिने भएता पनि उनीहरूले एकजनाको भिषालाइ महिलाको लागि ५५०० अमेरिकन डलर भन्दा बढी र पुरूषका लागि ७००० अमेरिकन डलर भन्दा बढी डलरमा बेच्ने गरेको यथार्थता सबैमा सर्वविदित भएकै कुरा हो । तर इजरायलमा भिषा निकाल्न इजरायली सरकारले लिने जम्मा खर्च ८०० अमेरिकन डलर मात्र हो । यहाँ दलाली काम गर्दै रहेका नेपाली एजेन्टहरूले यी भिषालाइ नेपालसम्म पठाउने संवाहकका रूपमा काम गर्छन् र त्यसवापत कम्तिमा १००० अमेरिकन डलर लिने गरेको पाइन्छ । यसर्थ नेपालसम्म एउटा भिषा पुग्नका लागि कम्तिमा महिलाहरूका लागि ५००० अमेरिकन डलरदेखि झन्डै ६५०० अमेरिकन डलरसम्म र पुरूषहरूका लागि ८००० अमरिकन डलर देखि १०००० अमेरिकन डलरसम्म लिने गरेकाछन । अझैपनि यसबारे कुनै कदम अगाडि नबढाइए यसको मुल्य द्रूतगतिमा बढ्ने कुरामाथि शंका गर्नै ठाउँ नरहला भन्न सकिदैन । अहिले नेपालमा एक महिला बराबर ५.५ लाख देखि ६ लाखसम्म र एक पुरूष बराबर ७ देखि ८ लाख सम्म असुल्ने गरेका छन् । त्यसैले यसमाथि मध्यनजर राख्नुहुन नेपाल सरकार लगायत यससँग सम्बन्धित परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, श्रम विभाग, श्रम कार्यालय, तथा सम्पूर्ण सम्बन्धित मानव अधिकारवादी सँधसँस्थाहरूको ध्यानाकर्षण गराउनु पर्ने देखिन्छ । यदि समयमा नै यस प्रति कदम नचालिएमा यो दलाली पेशाले नेपाल र नेपाली माथि नै प्रश्नचिन्ह खडा नगर्ला भन्न सकिदैन । किनकी उदाहरणका लागि यहाँ अवगत गराउनु पर्दा सोही भिषा फिलिपिनीहरूका लागि मात्र ३५०० अमेरिकन डलरमा उपलब्ध थियो र एक फिलिपिनीले मात्र ३५०० अमेरिकन डलर तिरेर इजरायलसम्मको यात्रा तय गर्ने हुनाले इजरायलमा फिलिपिनी दलालहरू फिलिपिनी कामदार ल्याउन बन्द गरि नेपाली कामदारहरूका लागि कसरत गरेकाछन् ।
Unknown writer
Subscribe to:
Post Comments (Atom)

1 comment:
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।
Post a Comment