जिवन पनि कस्तो होला आफै संग हार्नु पर्ने
मनको इच्छा लुकाएर मन भित्रै मार्नु पर्ने
कहिले होला निराशको बादलबाट मुक्ती पाउने
कलकलाउदो उमेरमा बिदेश बिदेश चार्नु पर्ने
गल्ति मेरो होकि भाग्य लेख्ने बिधाताको
आफ्नो जिबन आफ्नै पसिनाले खार्नु पर्ने
मन भित्र उब्जिएका प्रेमका भाबहरु दबाएर
आफ्नो मन बुझउन आफैले भाका सार्नु पर्ने
कलिलो उमेर चन्चल मनका उमंगहरु रोक्नलाइ
भोलि भोलि भन्दै सबैकुरा मनबाट टार्नु पर्ने
जिवन पनि कस्तो होला आफै संग हार्नु पर्ने
मनको इच्छा लुकाएर मन भित्रै मार्नु पर्ने
कृष्ण के सी "छाल"
Saturday, April 12, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment