तिम्रो अभावमा अब म
जीवन बाच्नँ सक्ने भएको छु ।
म विशवस्त छु यसमा
भन्छौ भने
आँखाबाट आसुँ समेत झर्ने छैनन् अब ।
विश्वास गर म नितान्त एक्लो,
निरस जविनव्यतित गर्न सक्छु ।
तिमीले त मलाई सधै
असहाय रुग्ण सम्झयौ
तर
विश्वास गर म कहिल्यै त्यस्तो अवस्थामा थिइन् ।
तिमीले मलाई कहिल्यै बुझेनौ मेरो रोदन सुनेनौ,
मेरो पीडा बुझेनौ
सायद तिमी मौन रहयौ ।
आखीर किन -
म तिमलिाई मेरो लाशमा रुन समेत अधिकार दिने छैन
अब कदापी दिने छैन
जसले मेरो आत्मा बुझेन
उसले मेरो चिता माथी आगो ठोस्ने अधिकार छैनर ।
ऋचा शर्मा तिवारी--------------------------
Saturday, April 12, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment