Tuesday, December 16, 2008

सुभद्रा पन्त विष्ट संग ऋचा शर्मा तिवारीले लिएको अन्र्तवार्ताको अंश

बुबा चैलनिधि विष्ट तथा माता भवनकमारीको कोखबाट वि.स २००० साल माघ १६ गते काठमाडौको वटु टोलमा जन्मन भएको साहित्यकार श्रीमती सुभद्रा पन्त विष्ट को साहित्यीक उपनाम सुपु अकेला हो ।

आइ.ए सम्मको अध्ययन परा गरेपछि वि.ए पढदै गर्दा वि.स २०२२ साल मसिंर १७ गते सर्दशन देव पन्त संग उहांका विवाह भएको हो ।

ऋ ः साहित्यमा लाग्ने अभिरुची कसरी जाग्यो ?

सुः मैले १८ वर्षको उमेर देखि नै साहित्यमा प्रवेश गरेको हो ।मलाई यस क्षेत्रमा लाग्न प्रेरणा दिने मेरो साथी टिका शाहले भैरव अर्याललाई चिनापर्ची गराएपछि अभिरुची जागेको हो ।

ऋस् प्रथम पटक प्रकाशित रचना कुन हो र कहाा प्रकाशन भएको थियो ?

सु स्प्रथम पटक प्रकाशितथ रचना "एक मुस्कान"हो त्यस बेला म अठार वर्षको थिए र यो गोरखापत्रमा वि.सं २०१८- वि..सं २०२० सालमा प्रकाशित भएको थियो ।

ऋ स् यहााका अहिलेसम्म प्रकाशित भएका कृतिहरु कुन कुन हन् ?

सु स् वि.सं २०५८ सालमा वनिता प्रकाशन विराटनगर बाट प्रकाशन भएका कृतिहरुमा लोर्खकेको बुद्धिमानी हो यो वि.सं २०५८ मा प्रकाशित भएको हो । त्यस्तै गरि पौराणिक कथा संग्रह भाग १ र २ आफनो श्रीमान् सुर्दशन देव पन्त र छोरा सुनिल देव पन्त को सहयोगमा प्रकाशन गरेको हो । साथै विराटनगर बाट प्रकाशन हुने "वनिता साहित्यीक पारिवारिक त्रैमासिक "पत्रिकामा पनि विभिन्न लेखहरु प््राकाशन भएका छन् ।

ऋ स् यस क्षेत्रमा प्रवेश गर्नु अघि कतिको संर्घष गर्नभुयो र आजसम्म कनै परस्कार ,मानसम्म्ाान प्राप्त गर्नभएको छ कि ?

सु मलाई यस क्षेत्रमा आउन खासै संघर्ष गर्नु परेन। माइतमा छदाँ स्वतन्त्रतामे लेख्न पाइन्थ्यो भने विवाह पछि पनि पति सुर्दशन देव पन्तको पूरा सहयोगमा विभिन्न साहित्यिक रचनाहरु प्रकाशन गर्ने र संलग्न हुने सौभाग्य पाएको थिए। तर अहिले खुट्टाको समस्याले हिड्न नसक्नाको कारणले बाहिरी गतिविधिमा संलग्न नभएतापनि लेख रचनाहरु विभिन्न पत्रपत्रिकामा साथीहरु मार्फत प्रकाशन भइ नै रहेका छन्। आजसम्म यस क्षेत्रमा लागेर कुनै सम्मान पुरष्कार नपाएको हुन त आफू गहिरिएर लागेको पनि छैन। त्यसैले पाउने कुरा ने भएन। तर आजसम्म आफ्नो प्रकाशित रचनाहरु जम्मा रु। २२० पाएको तर आफ्नो भने ३५,४० हजार खर्च भएको छ।

ऋ कुन विधा बढि मनपर्छ कलम चलाउन का निम्ति ?

सु वियोगान्त र कथा, कविता बढि मनपर्छ।

ऋ आफू ओझेलमा परेजस्तो लाग्दैन, कहिलेकाँहि यहाँ सम्म आइपुग्दा ?

सु प्रथम त आफ्नो शारीरिक अवश्थाको कारण र दोस्रो त आफूले प्रचार प्रसार गर्न नपाएर र कृतिहरु पत्रपत्रिका सम्म पुर्याउन सक्ने साधनको कमिको कारण ओझेलमा परेजस्तो लाग्छ। कमिको कारण ओझेलमा परेजस्तो लाग्छ।
ऋस् साहित्यिक क्षेत्रको संलग्नता बाहेक अरु कुनै क्षेत्रमा काम गर्नुभयो ?

सु वि।स। २०१७ सालदेखि काठमाण्डौं तथा बाहिर जिल्लामा २०४५ साल सम्म गैर सरकारि विद्यालयहरुमा शिक्षण कार्यमा आफू संलग्न रहेको तथा प्रथम पटक शुल्क प्राइमेरि स्कुल तथा दिवा शिशु स्याहार सदन को संस्थापक सदस्य भई २०३८ देखि २०३९ साल सम्म कार्य गरेको तथा केहि महिना ब्रिटिस नेपाल मेडिकल ट्रष्ट विराटनगरमा अनुवादक भइ कार्य गरेको साथै श्री सरस्वती मा।वि मा शिक्षिका भइ कार्य गरेको तथा नेपाल अर्बुद रोग संघमा साधारण सदस्य भइ विभिन्न समाजसेवाको काम गरेको छु।

ऋ साहित्यिक क्षेत्रको र गृहस्थी जिवन को कसरी तालमेल मिलाउनु भयो ?

सु श्रीमान् को जागिर बाट बिभिन्न ठाउँमा सरुवा हुँदा आफूले फर्सद पाएर लेख्न थालेको र साथै घरमा सासु ससुरा ले केहि नभन्ने हुनाले सजिलै सँग लेख्न सकियो। सबै भन्दा मुख्य कुरा श्रीमान् को आत्मिय तथा अटुट सहयोगका कारण यस क्षेत्र तथा घर गृहस्थीमा निरन्तरता दिन सकेको हो।

ऋ साहित्य र शिक्षण बाहेक अन्य कुनै क्षेत्रमा कार्य गर्नु भएको छ कि ?

सु यस बाहेक मैले जिल्ला शिक्षाको परिक्षा उत्तीर्ण गरेपछि विद्यालयमा पढाउदा त्यस भित्र रहेको नेपालि स्काउटको प्रथम चरणमा स्काउट र पौष्टिक आहार र दोस्रो चरणमा द्यचयधल इध किो तालिम लिएको अनि त्सैगरि विभिन्न संचार माध्यमहरु बाट कविता वाचन गरेको थिए।

ऋ अहिले के गर्दै हुनुहुन्छ ?

सु वि।सं २०४८ साल देखि घरमा नै बसेर साहित्य सिर्जनामा लागेको छु। अझै पनि अवसर र दिएमा कविता, कथा, लेख लेख्ने विचार रहेको छ। नारी चेतनाका लेखहरु लेख्ने तर गृहस्थीको कारणले गर्दा यी कामहरु गर्न नपाएको उहाँ गुनासो पोख्नुहुन्छ्।
वनिता प्रकाशनको ँवनिताू साहित्यिक पत्रिकाको आजिवन सदस्य भएको र वि।सं २०५६ साल देखि २०६२ साल सम्म विभिन्न वाल कविता, कथाहरु लेखेको छु।

ऋ तपाँइका समकालीन साहित्यकार हरु को को हुन्रु ?

सु मेरा समकालीन साहित्यकारहरु लक्ष्मी उप्रेती, सरला चापाँगाई, वासुकी पाण्डे आदि हुनुहुन्छ। विराटनगरमा नै बढि लेख्ने गर्दथे।

ऋ तपाँइको अध्ययन कति सम्म छ ?

सु मैलें मनोविज्ञान मा आई।ए पास गरे विराटनगर बाट र बि।ए रत्न राज्य कलेजमा पढ्दै थिए। विवाह गरेपछि पढ्न छोडे तर पढ्न को लागी घरबाट कुनै रोकावट थिएन। आफैलाई पढ्न मन लागेन।

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।