नेपाल पत्रकार महासंघले हिजो जनकपुरकेा टुडे एफएम र पत्रिकामा कार्यरत पत्रकार उमा सिहको हत्याको विरोधमा आज राजधानीमा विरोध र्यालीको आयोजना गरेको छ ।
उक्त र्याली रत्नपार्क , बागबजार , पतलीसडकहदै भृकटीमण्डपमा गई कोण सभामा परिणत भएको थियो ।सोहि क्रममा पत्रकार महासंघका महाचिव पोषण के.सी , पत्रकार बबिता बस्नेत , निर्मला शर्मा , संगीता लामा , तारानाथ दाहाल लगायत नेपाल पत्रकार महासंघको पदाधिकारीहरु एवं विभिन्न सञ्चारमाध्यमको पत्रकारहरुको उपस्थिती रहेको थियो ।
सो र्याली कार्यक्रम भृकटीमण्डपमा गई भेलामा परिणत भएको थियो । सो भेलामा पत्रकार वक्ताहरुले पत्रकारहरुको ज्यानको सरक्षा हुनुपर्ने ,साथै यस क्षेत्रमा महिलाहरुलाई आउन निरुत्साही गर्नका लागी यो षड्यन्त्र गरिएको महिला पत्रकारहरुले आरोप लगाएका थिए ।
पत्रकार उमा सिहंको हत्यारालाई चाँडो कारवाही गरिनुपर्ने र सरकार यस विषयमा गम्भीर नभएमा थप आन्दोलनको कार्यक्रमको घोषणा गरिने र स्थगीत आन्दोलन समेत फेरी सञ्चालन गरिने समेत चेतावनी पत्रकाहरुले दिएका छन् ।
नेपालमा महिला पत्रकार मारिएको सम्भवत यो नै पहिलो घटना हो ।
ऋचा शर्मा तिवारी
नेपाल
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment