नैनतालबाट फर्केर
ऋचा शर्मा तिवारी
वैदेशिक रोजगारका लागी सदरपश्चिमका जनताहरुलाई भारतको उत्तराञ्चलको नैनीताल जिल्ला एउटा प्रमुख गन्तव्य बनेर रहेको छ । नेपालको सुदुरपश्चिमक्षेत्र साग सिमाना जोडिएको यो नैनीताल जिल्लामा विगत बीस वर्ष अगाडि देखि नै रोजगारीका लागी प्रमुख आर्कषणको केन्द्र बनेको छ ।
सबै नेपाली जस्ता देखिने कुमाउ ,गढवालका पुर्खाली नेपालीहरु , सुदुरपश्चिमका नेपालीहरु सबैका अनुहार उस्तै उस्तै नेपाली झै लाग्यो तर तिनीहरुको नेपाली भएर पनि नेपाली भन्न नसकेको अवस्था पनि भेटियो ।
नैनतालमा मात्र ५ देखि १० हजारको हाराहारीमा नेपाली रहेका छन् भने अल्मोडामा ५हजार , रानीखेतमा ५हजार , गढवालमा ५ हजार जति अनुमानित नेपालीहरु रहेको जानकारी त्याहाका नेपालीहरु बतााउछ्न ।
तपाई नेपाली हो भनी सोध्दा एकजना नेपाली दाईले नेपाली भएपनि नेपाली भन्न रुचाउनभएन ,कारण सोधे मैले उाहाले नेपाली भएपनि यसरी भारतमा आएर याहा काम गर्न परकेा आफनो देेशमा काम नपाएकोले भारतीय सरकार नै राम्रो भन्न पनि पछि परेनन् ।
विशेष गरि चैत्रमा याहा काम गर्ने नेपालीहरु नेपालमा आफनो खेतीपातीको लागी जाने गरेको र मंसिरमा बाली भित्रयाएर पुःन काममा र्फकने गरेको सेती अञ्चल कैलाली जिल्लाका कामदार कन्द बहादर विष्ट बताउछन् ।
यसरी काम गर्दा उनीहरु दैनिक आठ घण्टा , भारतीय रुपैया १सय बीसको दरमा कहिले सिमेन्ट बोक्ने , रिक्सा चलाउने , कल्ल्ाी काम, डकर्मी काम , बाटो बनाउने , होटलमा काम गर्ने आदि जस्ता काम गरेर आफनो जीवन विताउछन् र पैंसा कमाउने मेलो गर्दछन् ।
कन्द .ब. विष्ट भन्छन् पाखुरा चलाए ,काम छ ,नत्रभए केहि काम पाइन्न, दुःख छ । तर आफुहरुलाई खान लाउन त्यति गाह्रो नभएको बताउछन् । जे काम पाए पनि गरिहाल्ने गरेकोले होला । रिक्सा चलाउनेको पनि क्रम अनुसार मात्र हन्छ । जे मनलाग्यो त्यहि बेला पाइन्न, माइकिगं गरेर रिक्सा नम्बर बोलाएपछि मात्र चलाउन पाउने नियम रहेको बताउछान् ।
केहि समय याहाबाट काम गरेर र्फकदा कतिपय नेपालीहरुले धेरैमा २,३ हजार भारु ब्ाोकेका हन्छन् ती सबै भारतीय सीमाना नेपालीले नै लुटने गरेको समेत गरेको तर नैनीतालमा भने नेपालीाई सुरक्षाको कुनै समस्या नभएको र केवल सीमा क्षेत्र असुरक्षित भएको उनले बताए ।
त्यसै गरि सुदुरपश्चिम घर भएका प्रेम दमाईले आफुले त्याहा वि.स २०४० साल देखि ज्याला मजदुरी , मिस्त्री आदि जस्ता काम गर्दै आएको बताए ,उनी भन्छन् घर जाादा त कमाएको पैसा त भारतीय डाकाहरुले लुटने गरेका छन् । अनी के घर जाने,कति पैसा लाने ?कमाएको पैसा खान लाउन पग्दैन अनी के बचाउने?
त्यसो त कैलालीका डबल बुढाले नैनतालमा काम गरेको ७ वर्ष भयो ,घरको आर्थीक अवस्थाले याहा आएको बताए , ३,४ महिना याहा काम गरेर आफु घर जाने , याहा विहान १० देखि बेलका ५ बजे सम्म काम गर्ने , सञ्चो विसञ्चो पनि भन्न पाइन्न , आफ तल्ल्ाीताल भन्ने ठााउमा काम गर्ने , खान लाउन पैंसा नपुग्ने बताए सके २ छाक खाने नत्र १ छाक मात्र खाने पनि गरेको र जीवन चलाएको बताए । त्यसो त ठेकेदारले विराम्ाी पर्दा पैंसा उपचारको नदिने भएकोले नेपाली साथीहरु साग सापट लिएर चलाउने गरेको पनि बताए ।
प्राय नेपाली मजदरहरुले कोठा भाडा ५सय देखि ८ सय भारु सम्म तिर्न पर्ने , कति त पैसा नभएर बाटोमा सत्ने , खाना नखाने आदि समेत गरेको थाहा हुन आयो । जे जस्तो काम पायो त्यहि गरिहाल्ने , नत्र काम नपाइने । नेपालीहरुलाई नेपाल आउदा १००० भारु लाग्ने भएकोले कतिपयले बचाएको पैंसाले गाडीमा जाने गरेको र कतिपयले पैंसा नभएर त्याहाबाट हिडेर वास वस्दै पनि नेपाल आउने समेत गरेको बताए । तर कति त बचाएको पैंसा लिएर जाादा बाटामा नै लुटिने गरेको बताए ।
त्यसो त भारतीय प्रहरीहरुले नेपालीहरुलाई नेपाल भारतको सीमाना को बाटोमा सुरक्षाको नाममा कतिपयसाग घुस लिएर समेत काम गर्ने गरेको देखियो ।अनी त यी सीमानाहरुलाई कसरी सरक्षित मान्न्ा सकिन्छ त ?
विहान १० बजे तिर म नैनीतालको किनारामा पुग्दा मैले नेपाली अनुहारको एक जमात् भेटेको थिए र बेलुका काम सकेपछि नेपाली दाजुभाइहरु सबै विभिन्न चोक चोकमा जम्म्ाा भएर बसेका थिए । मैले पुरानो बजारमा एउटा पसल अघि एक जमात् नेपाली भेटेर बोल्न खोज्दा मलाई भारतीय पसलेले यसरी कुरा नगर्न भन्यो । म अचम्म परे त्यस बारेमा सोध्दा यसरी जमात्मा पनि नाया मान्छे साग बोल्दा शंका गर्ने रहेछन् ।
त्यसैले यी नेपालीको समस्या बभ्fmने कसले हो त ?सरकारले कि त हामीले ?यो वाध्यात्मक परिस्थिति को निर्माता नेपालको गरिबी हो र बेरोजगारी ,अशिक्षा नै हो भनी किटान साथ भन्न्ा मिल्छ की ?
Friday, January 16, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment