Thursday, January 15, 2009

पत्रकार उमा सिंहको हत्याको विरोधमा राजधानीमा मौन जुलुस ।

क्रियाशील महिला पत्रकार समुह र महिला पत्रकाहरुको सञ्चारिका समुहको संयक्त आयोजनामा आज राजधानीमा जनकपुरकी टुडे पत्रिका र एफएममा कार्यरत् पत्रकार उमा सिंहको हत्याको विरोधमा मौन विरोध जुलुस निकालियो । सो कार्यक्रममा बानेश्वर एभरेष्ट होटल अगाडि देखि माइतीघर मण्डला सम्म मौन जुलुस आयोजना गरिएको थियो ।जुलुस पछि कार्यक्रम कोण सभामा परिणत भएको थियो भने उपस्थित पत्रकारहरुले मैनबत्ती बालेर सहिद पत्रकार उमा सिह प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।कार्यक्रममा पत्रकार महासघका अध्यक्ष धर्मेन्द झाले आफुले सरकार प्रति खेद व्यक्त गरेको र सरकारले पुस १३ गत गरेको हस्ताक्षर सम्झौतालाई तोडेको भन्दै आफुहरुलाई अब त्यो सम्झौता मान्य नहुने बताएका छन् । यस मद्दामा अरु मद्दा नजोडिकन यसलाई एकसुत्रिय रुपमा आफले लाने धारणा व्यक्त गर्नुभयो । त्यसै गरि मानवअधिकारकर्मी कपिल श्रेष्ठले आफुहरु यी तत्वहरुसँग आतंकित भएर दुलोमा लुक्ने बेला नभएको र आफुहरुले सरकारलाई यस विषयमा चनौती दिने र यस घटनाबाट केाहि पनि विच्चलीत नहुन आग्रह गर्नुभएको छ । त्यसैगरि सञ्चारिका समुहका कोषाध्यक्ष यशोदा तिम्सिनाले उमा सिहको हत्यारालाई अबिलम्ब पक्राउ गरि कानुनको दायरामा ल्याई कारवाही गर्नुपर्ने माग गर्नुभयो । नेपाली कागं्रेसका तफबाट बोल्दै वक्ता शोभाकर पराजुलीले अब नागरिकहरुको स्वतन्त्रता मात्र नभई अभिव्यक्ति स्वतन्त्रता मात्र नभई बाँच्न पाउने अधिकार समेत गुमाएको घारणा व्यक्त गर्नुभयो ।हिजै नेपाल पत्रकार महासंघका अध्यक्ष धमेन्द झा सहितको टोलीले सभामुख सवास नेम्वाङ्ग समक्ष यस विषय उपर ज्ञापनपत्र समेत पेश गरेका छन् । नेपाल पत्रकार महासंघले आगामी दिनहरुमा आफनो आन्दोलनका चरणहरुलाई थप अगाडि बढाउने निर्णय गरेको छ ।

No comments: