Wednesday, January 14, 2009

पत्रकार उमा सिंहको हत्याको सर्वत्र विरोध


काठमाडौं-जनकपुरकी पत्रकार उमा सिंह हत्याको विरोधमा आज पनि देशभर प्रदर्शन भएका छन् ।

हत्याको विरोधमा काठमाडौंमा नेपाल पत्रकार महासंघले केन्द्रीय कार्यालय, सञ्चारग्राममा आज अपरान्ह एक शोकसभाको आयोजना गरेको छ भने विभिन्न जिल्लामा हत्याको विरोधमा प्रदर्शन र शोकसभाहरू भईरहेको समाचार प्राप्त भएको छ ।

पत्रकार सिंहको हत्याको विरोधमा आज जनकपुर बन्द रहेको छ । हत्याको विरोधमा आज स्वतस्फुर्त रूपमा जनकपुर बन्द भएको हो । सुरक्षाको माग गर्दै बिद्यार्थीहरूले आज विरोध प्रदर्शन समेत गरेका थिए । पत्रकार सिंहको आज जनकपुरमा अत्येष्टी हुँदैछ । अत्येष्टी अगाडि पत्रकार सिंहको शवयात्रा भएको छ ।

शवयात्रामा सञ्चारकर्मी, मानवअधिकारकर्मी, विभिन्न पेशाकर्मीहरू, नागरिक समाज, र्सवसाधारण तथा काठमाडौंबाट गएका सञ्चारकर्मीहरूको सहभागिता रहेको छ । धनुषाका पत्रकार उमा सिंहको हत्याको विरोध गर्दै नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आव्हानमा धनकुटाका पत्रकारहरले आज हातमा कालो पट्टी बाधेर विरोध पर््रदशन र शोक व्यक्त गरेका छन ।

यस अगाडि हिजो पनि पत्रकार महासंघको आव्हानमा भएको पर््रदर्शनमा पत्रकार, मानवअधिकारवादी एवं नागरिक समाजका प्रतिनिधिले सहभागिता जनाएर घटनाको भर्त्सना गरेका छन् । नेपाल पत्रकार महासंघले राजधानीमा विरोध र्‍याली निकालेको छ । रत्नपार्कबाट शुरू गरिएको र्‍याली बागबजार, पुतलीसडक हुदै भृकुटीमण्डपमा कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै महासंघका उपाध्यक्ष गोविन्द आचार्यले पत्रकारहरू असुरक्षित भएको भन्दै सरकारले सुरक्षामा उदासिनता देखाएको बताए । उनले उमा सिंहलाई उपचारका लागि काठमाडौं ल्याउन सरकारले सहयोग नगरेको भन्दै गृहमन्त्री वामदेव गौतमको आलोचना गरे ।

रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले पत्रकारहरू असुरक्षित भएको भन्दै कलम र बन्दुक एकसाथ बोकेर हिँड्ने चेतावनी दिए । उनले उमा सिंहको हत्याबारे सुरक्षाको जिम्मेवारी लिएर बसेका प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री वामदेव गौतम र सुरक्षा प्रमुखहरूले जवाफ दिनुपर्ने बताए । पत्रकारहरूले सुरक्षाका लागि आन्दोलनमा उत्रनुपर्ने बताए । मानवअधिकारवादी पुरूषोत्तम दाहालले देशमा दण्डहीनता बढेकाले हत्याको घटना बढेको बताए ।

पत्रकारहरू असुरक्षित हुनुले सरकारको कामकारबाहीमा प्रश्न उठेको बताए । महासंघका महासचिव पोषण केसीले पत्रकार हत्याको विरोधमा देशव्यापी आन्दोलनको चेतावनी दिए ।

उनले दोषीमाथ कडा कारबाहीको माग गरे ।महासंघका पूर्व सभापतिहरू तारानाथ दाहाल र विष्णु निष्ठुरीले अपराधिलाई कारबाही गर्न नसके वर्तमान सरकारमाथि अपराधिलाई संरक्षण दिएको आरोप लाग्ने बताए । महासंघका सचिव रामजी दाहालले संचालन गरेकोकार्यक्रमलाई प्रेस चौतारीका उपाध्यक्ष गणेश बस्नेत, संचारिका समूहकी अध्यक्ष बबिता बस्नेतलगायतले सम्बोधन गरेका थिए ।

No comments: