काठमाडौं- जनकपुरकी सञ्चारकर्मी उमा सिंहको हत्याको छानविन र हत्याराहरूमाथि कानूनी कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनलाई जारी राख्ने भएको छ।
महासंघले आज प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ। यस्तै महासंघले भोलि माघ ३ गते पेशागत सञ्जाल पापड, नागरिक समाज तथा सञ्चारकर्मी र मानव अधिकारकर्मीसँग छलफल गर्ने, ४ गते पत्रकारहरूको सुरक्षा सम्बन्धमा राजनीतिक दल, कानून व्यवसायी लगायतसँग छलफल गर्ने र माघ ५ गते देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।
यस अगाडि हिजो महासंघले संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाएको थियो। पत्रकार सिंहको हत्याबारे छानविन गरी दोषीमाथि कडाभन्दा कडा कारवाहीको माग गर्दै महासंघले सभाध्यक्ष नेम्वाङसमक्ष ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र बुझ्दै सभामुख नेम्वाङले हत्यारालाई छूट हुन नहुने भन्दै यसबारेमा आफूले प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गर्ने बताउनुभयो।
महासंघले पत्रकार सिंहको हत्या सुनियोजित र योजनावद्ध ढङ्गले भएको प्रारम्भिक अनुसन्धान र्सार्वजनिक गरेको छ। सिंहको हत्यालगत्तै जनकपुर पुगेको महासंघको ७ सदस्यीय टोलीले तयार पारेको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा पत्रकार सिंहका बाबु र दाजुलाई माओवादीले अपहरण गरेको र उनीहरूको अवस्था अझैसम्म अज्ञात रहेकोले यस घटनालाई पनि जोडेर हर्ेर्नुपर्ने जनाएको छ।
source : www.janapukar.com
Thursday, January 15, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment