अज्ञात समूहको आक्रमणबाट घाइते भएकी धनुषाकी पत्रकार उमा सिंहको आइतबार राति मुत्यु भएको छ । सिंहलाई आइतबार १५-१६ जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएका थियो ।
स्थानीय 'रेडियो टुडे' मा कार्यरत पत्रकार सिंहको उपचारका लागि राजधानी लैजाँदै गर्दा आइतबार राति करिब १२ बजे बर्दिबासमा मृत्यु भएको हो ।
सिंहलाई सो समूहले उनको निवासमा गएर आक्रमण गरेको थिए ।
यसैबीच पत्रकार महासंघ धनुषा शाखाले आन्दोलनको घोषणा गरेको छ । हत्याको विरोधमा बिहान बसेको शाखाको बैठकले शवसहित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, त्यहाँबाट प्रसारण र प्रकाशित हुने रेडियो, पत्रपत्रिकामा उमा सिंहको समाचारबाहेक अरु बहिष्कार गर्ने निर्णय गरेको छ । शाखाले संचारकर्मीको सुरक्षा दिन नसकेको भन्दै प्रधानमन्त्री, गृहमन्त्री र संचारमन्त्रीको राजिनामासमेत माग गरेको छ ।
हत्याको विरोधमा सिंहको शवलाई नगरपरिक्रमा गराउँदै जनकपुरमा जुलुस निकालिएको छ । सिंहको शवसहित पत्रकार र नागरिक समाजका सदस्यहरू जिल्ला प्रशासन कार्यालयअडाडि धर्नामा बसेका छन् । पारिवारिक स्रोतका अनुसार सिंहको अन्त्येष्टि आजै गरिने कार्यक्रम रहेको छ ।
राजधानीबाट महासंघका सभापतिको नेतृत्वमा केन्द्रीय पदाधिकारीहरूको एक टोली पत्रकार सिंहको अन्त्येष्टिमा भाग लिन एवम् घटनाबारे बुझ्न आज मध्याह्ण जनकपुर प्रस्थान गरेको छ ।
यसैबीच पत्रकार हत्याको विरोधमा कैलालीमा पत्रकारहरुले सोमबार बिहान प्रदर्शन गरेका छन् ।
कान्तिपुरकर्मीलाई ज्यानको धम्की
सोमबार रातिनै अज्ञात समूहले कान्तिपुरकी धनुषा संवाददाता मनिका झालाई ज्यानमार्ने धम्की दिएको छ ।
मध्यरातमा उनको जनकपुर नगरपालिका-४ स्थित निवास पुगेको तीनचारजनाको समूहले झालाई यस्तो धम्की दिएको हो ।
सुतिरहेको बेला पुगेको सो समूहले उनको झ्यालसमेत फुटाइदिएको थियो । ढोकामा माटोले क्रस्चिन्ह बनाएर उनीहरू अब तेरो पालो भनेर भागेका थिए ।
झालाई पनि पत्रकार सिंहमाथि सांघातिक आक्रमण गर्ने समूहले धम्क्याएको आशंका गरिएको छ ।
राति नै घटनासम्बन्मा झाले प्रहरी र आफन्तलाई खबर गरेकी थिइन् । त्यसपछि पुगेको प्रहरी टोलीले रातभर उनको घरबाहिर सुरक्षा दिएको थियो । धनुषा प्रहरीले धम्की दिनेको खोजी भइरहेको जनाएको छ ।
source : www.ekantipur.com
Subscribe to:
Post Comments (Atom)

2 comments:
उमा सिंहको आत्माले चीर शान्ति पाओस्!
उमा सिंहको हत्यारा चाँडै नै पत्ता लगाएर कडा भन्दा कडा कारवाहि गरियोस् !!
Post a Comment